एन आर एन ए यूरोप महिला संयोजकमा बर्षा खडकाले उम्मेदवारी घोषणा

नयाँ कुरा, शनिबार ,चितवन,

नेदरल्यान्डस लाई लामो समयदेखी कर्मथलो बनाएकी बर्षा खडकाले २०२१-२०२३ कार्यकालका लागि युरोप महिला सम्योजकमा उम्मेदवारी घोषणा गरेकी छन ।
एन आर एन ए को अभियानमा लामो समय देखी काम गर्दै आएकी खडका नेदरल्यान्डसको निबर्तमान महिला उपाध्यक्ष, नेपाल म्यूजिक फाउण्डेसन नेदरल्यान्डसको अध्यक्ष ,नेपाली सिनेमा क्षेत्रमा लामो समय मोडेलको भूमिका साथै युरोप मा नेपाली कला सस्कृतिको प्रचार प्रसार तथा इनासको बर्तमान सल्लाहकारको भूमिकामा रही सामाजिक कामले खारिएकी अनुभबी एक सामाजिक अभियान्ता हुन ।

नेदरल्यान्डस लाई लामो समयदेखी कर्मथलो बनाएकी स्वदेश तथा बिदेशमा बस्ने नेपालीहरुको सुख दु:खमा,नेपाली कला र सस्कृति प्रचार प्रसारको अग्रपन्क्तीमा सहयोगी एक सामाजिक ब्यक्तित्व बर्षा खडकाको उम्मेद्बारीको चर्चाले सामाजिक सन्जालमा प्रचार प्रसार सुरु भईसकेको छ्। दसौं विश्व सम्मेलन  काठमाण्डुमा कात्तिक ६–८ मा (अक्टुबर महिनामा) हुने छ ।
एन आर एन एका अभियानताहरु सँग छलफलमा रहेकाले छिट्टै बिशेष योजना सहित उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेको हाम्रा सम्बाददाता सँगको कुराकानीमा बताउनु भएको छ ।

Please follow and like us: