नेपाली जनसम्पर्क समितिको सदस्यता विधानको धारा ४ (१२) अनुसार बितरण गर्ने

नयाँ कुरा,आईतबार ,चितवन ,
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा सभापतिको निजी निवास, वुढानिलकण्ठमा शनिबार सम्पन्न भयो ।
प्रेस विज्ञप्ति जस्ताको त्यस्तै –
श्रावण ३०, २०७८
प्रेस विज्ञप्ति
मिति २०७८ श्रावण २८ देखि शुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा सभापतिको निजी निवास, वुढानिलकण्ठमा आज सम्पन्न भयो । महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा प्रस्तुत गर्नु भएको प्रस्तावहरु बैठकले सर्वसम्मतिले पारित गरेको छ—
(१) नेपाली कांग्रेस १४ औं महाधिवेशनको संशोधित कार्यतालिका देहाय बमोजिम रहेको छ—
(क) गाउँ नगर वडा अधिवेशन– २०७८ भाद्र १८ गते
(ख) गाउँ नगरपालिका अधिवेशन– २०७८ भाद्र २७ गते
(ग) प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७८ असोज १ गते
(घ) प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७८ असोज ५ गते
(ङ) एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७८ असोज १० गते
(च) प्रदेश अधिवेशन– २०७८ कात्र्तिक १०, ११ र १२ गते
(छ) केन्द्रीय महाधिवेशन ः २०७८ मंसिर ९, १०, ११, १२ र १३ गते, काठमाडौं
(२) पार्टीका उपसभापति एवं अन्य राजनीतिक दल समायोजन समितिका संयोजक विमलेन्द्र निधिले प्रस्तुत गर्नु भएको प्रतिवेदन बैठकले पारित गरेको छ ।
(३) केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले प्रस्तुत गर्नु भएको प्रतिवेदन बैठकले पारित गरेको छ । उक्त प्रतिवेदनमा उल्लेखित निर्णय गर्न बाँकी रहेका कार्य पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकले भाद्र २ गते भित्र सहमतिमा टुङ्गो लगाई भाद्र ३ गते केन्द्रीय सभापतिलाई बुझाउने निर्णय गरेको छ ।
(४) सबै तहको अधिवेशन र प्रतिनिधित्वको अनुसूची सम्बन्धी व्यवस्था समेतको निर्वाचन निर्देशिका केन्द्रीय कार्यसमितिको बैठकबाट प्राप्त सुझावलाई समेत ध्यानमा राखी निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको परामर्शमा सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले भाद्र १ गते सहमतिमा टुङ्गो लगाई भाद्र २ गतेभित्र सभापतिलाई बुझाउने गरी निर्वाचन निर्देशिका बैठकबाट पारित गरेको छ ।
(५) पार्टीको १४ औं महाधिवेशनका लागि गाउँ÷नगर÷उपमहानगर र महानगरपालिकाको कार्यसमितिको सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधिबाट हुन पाउने, सभापति बाहेकको कार्यसमितिका पदाधिकारी र सदस्यको उम्मेदवार क्रियाशील सदस्य पनि हुन सक्ने र गाउँ÷नगर÷उपमहानगर÷महानगरपालिका कार्यसमितिमा मतदाता वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था गर्ने ।
(६) अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्वका सन्दर्भमा विधान र नियमावलीमा गरिएको पालिकाका क्रियाशील सदस्यहरुले निर्वाचित गर्ने भनी उल्लेखित गरिएका पदहरुको निर्वाचन वडा सभापति र क्षेत्रीय प्रतिनिधिले गर्ने ।
(७) विधानको धारा ८ (१) (क) र धारा ९ (१) (ख) मा उल्लेख गरिएको क्रमशः “गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण नेपाली कांग्रेसका क्रियाशील सदस्य गाउँपालिका अधिवेशनका र नगर÷उपमहानगर÷महानगरपालिका क्षेत्र भित्रका नेपाली कांग्रेसका क्रियाशील सदस्य नगरपालिका अधिवेशनका सदस्य” भनिएकोमा “गाउँपालिका क्षेत्रभित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि” भनी संशोधन गर्ने।
उपरोक्त अनुसारका विधानमा गरिएका संशोधन पार्टीको आगामी महाधिवेशनबाट अनुमोदन गरिनेछ ।
(८) विदेश स्थित जनसम्पर्क समितिका सम्बन्धमा—
(क) विदेशस्थित नेपाली जनसम्पर्क समितिको सदस्यता सम्बन्धी नेपाली कांग्रेसको विधानको धारा ४ (१२) मा गरिएको व्यवस्थामा, “नेपाली जनसम्पर्क समितिको सदस्यता” थप गर्ने ।
(ख) विदेशस्थित नेपाली जनसम्पर्क समितिको गठन र प्रतिनिधित्व सम्बन्धी नेपाली कांग्रेसको विधानको धारा १४ मा गरिएको व्यवस्थामा देहाय बमोजिम संशोधन गर्ने ः
(१) नेपाली जनसम्पर्क समिति कार्यसमितिको अध्यक्ष निर्वाचित हुन पार्टी विधान एवं नियमावली बमोजिम नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेको नेपाली नागरिक हुनु पर्नेछ,
(२) नेपाली जनसम्पर्क समिति कार्यसमितिको अध्यक्ष वाहेक अन्य पदाधिकारी र सदस्यहरु नेपाली कांग्रेसको क्रियाशील सदस्यता वा जनसम्पर्क समितिको सदस्यता प्राप्त गरेको व्यक्तिहरुमध्येबाट निर्वाचित÷मनोनित हुन सक्नेछन् ।
(३) पार्टी विधान र नियमावली अनुसार नेपाली जनसम्पर्क समितिबाट पार्टीको महाधिवेशन प्रतिनिधि निर्वाचित हुनका लागि नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेको नेपाली नागरिक हुनु पर्नेछ ।
उपरोक्त अनुसारका विधानमा गरिएका संशोधन पार्टीको आगामी महाधिवेशनबाट अनुमोदन गरिनेछ ।
(९) नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ५(३)(ख)(३) मा नेपाली जनसम्पर्क समिति मकाउ र साइप्रसबाट नयाँ क्रियाशील सदस्यता शुल्क वापत अमेरिकी डलर तीस र नविकरण शुल्क वापत नियम ५ (३) (ङ) बमोजिम अमेरिकी डलर पन्ध्र बुझाउनु पर्ने व्यवस्था भएकोमा, नेपाली जनसम्पर्क समिति, मकाउ र साइप्रसले नयाँ सदस्यता शुल्क वापत अमेरिकी डलर पन्ध्र र नविकरण शुल्क वापत नयाँ सदस्यता शुल्कको आधा रकम दाखिला गर्नु पर्ने गरी नियमावलीको उक्त प्रावधानलाई संशोधन गर्ने ।
(१०) ‘नेपाली जनसम्पर्क समितिको सदस्यको सदस्यता शुल्क’ नेपाली कांग्रेसको क्रियाशील सदस्यता शुल्क सरह हुनेछ ।
(११) पार्टीको विधान र नियमावली अनुसारको आवश्यक प्रक्रिया पु¥याई क्रियाशील सदस्यताको नामावलीको सूची, सदस्यता शुल्क, सहयोग रकम (लेवी), कार्यसमितिको निर्णय प्रतिलिपी लगायत आवश्यक विवरण बुझाएका नेपाली जनसम्पर्क समिति भारत, दक्षिण कोरिया, पोल्याण्ड, नर्वे, मकाउको क्रियाशील सदस्यता स्वीकृत गर्ने ।
नेपाली जनसम्पर्क समिति हङकङको क्रियाशील सदस्यता यस अघि नै स्वीकृत गरी पठाइएकोमा त्यसलाई अनुमोदन गर्ने ।
(१२) म्याद समाप्त भएका पार्टी आवद्ध भ्रातृ संघहरु— नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ्ग संघ र नेपाल ठाकुर समाजको पदावधी समाप्त भएको मितिले ६ महिना थप गर्ने ।
(१३) अन्य राजनीतिक दल समायोजन समितिका संयोजक एवं उपसभापति विमलेन्द्र निधि र समितिका सदस्यहरु तथा केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखक र समितिका सदस्यहरुले सफलतापूर्वक कार्यसम्पन्न गर्नु भएकोमा यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
शोक प्रस्ताव ः
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व आमन्त्रित सदस्य, कास्कीका महासमिति सदस्य एवं नेपाल टे«ड युनियन कांग्रेसका पूर्व वरिष्ठ उपाध्यक्ष रामजी कुँवरको असार २१ गते; नेपाली कांग्रेस सुर्खेतका पूर्व सभापति, संविधानसभा सदस्य एवं पूर्व सूचना तथा संचार राज्य मन्त्री तप्तबहादुर विष्टको असार ६ गते; नेपाली कांग्रेस दैलेखका पूर्व सभापति जगतजंग थापाको असार २१ गते; दार्चुलाका पूर्व सांसद अकबरबहादुर सिंहको श्रावण १५ गते; नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सचिव भीमसेन घिमिरेको श्रावण ११ गते; नेपाली कांग्रेस जिल्ला कार्यसमिति बझाङका सदस्य एवं दलित आयोगका पूर्व सदस्य पदम स्नेहीको असार ९ गते; नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्यहरु— मोरङका गंगाबहादुर रायमाझीको श्रावण ६ गते; मोरङका लोकबहादुर थापाको श्रावण १६ गते र झापाका पुण्यप्रसाद पौडेलको श्रावण २ गते; नेपाली कांग्रेस जिल्ला कार्यसमिति संखुवासभाका आमन्त्रित सदस्य विजयराज शाक्यको श्रावण १५ गते; नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालिकोटका सदस्य एवं महिला शाखा प्रमुख लक्ष्मी शाहीको असार १८ गते; नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकका सभापति विकाश लामाको आमा काली तामाङको असार ६ गते; नेपाली कांग्रेस गुल्मीका सक्रिय व्यक्तित्व एवं गुल्मीदरवार गाउँपालिका अध्यक्ष अशोककुमार थापाको असार ३० गते; सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्ष कृष्णप्रसाद वर्माको असार १९ गते; नेपाली कांग्रेस संखुवासभाका महासमिति सदस्य ज्ञानबहादुर कार्कीकी धर्मपत्नी एवं पार्टीका क्रियाशील सदस्य नैनामाया कार्कीको असार ३० गते; नेपाली जनसम्पर्क समिति मलेशियाका कोषाध्यक्ष जनकबहादुर बमको असार ३१ गते; नेपाली कांग्रेस बाजुराका सदस्य विनोदकुमार गिरीको श्रावण २९ गते; प्रजातन्त्र सेनानी धनकुटाका डम्बरजंग लिम्वुको श्रावण १९ गते र कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १४ का सक्रिय व्यक्तित्व रामचन्द्र के.सी. को निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।
नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँहरुको आत्माको चिर शान्तिको कामना साथ एक मिनेट मौन धारण गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति यो बैठक गहिरो समवेदना प्रकट गर्दछ ।
बैठकमा धारणा व्यक्त
आजको बैठकमा केन्द्रीय सदस्यहरु— डा. नारायण खड्का, मानबहादुर विश्वकर्मा, एन.पी. साउँद, भीष्मराज आङ्दम्वे, सुरेन्द्रराज पाण्डे, बीरबहादुर बलायर, अमृत अर्याल, विष्णुविक्रम थापा, डा. टि.एन. योगी र आमन्त्रित केन्द्रीय सदस्यहरु— कुमार खड्का र दिलिप राईले आ–आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।
जय नेपाल !
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
Please follow and like us: