नेपाली कांग्रेसले १४ औ महाधिवेशनको नयाँ कार्यतालिका, सार्बजनिक

नयाँ कुरा,शनिबार ,चितवन ,

नेपाली कांग्रेसले १४ औं महाधिवेशन आगामी मंसिरमा गर्ने गरी नयाँ कार्यतालिका सार्बजनिक गरेको छ ।

आज शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले मंसिर ९–१३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने र त्यसअघि नै सबै तहका अधिवेशन गरिसक्ने कार्यतालिका बनाएको छ ।

कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले महाधिवेशनको नयाँ कार्यतालिकाबारे निर्णय भएको बताएका छन् ।

क्रियाशील सदस्यता विवादका कारण कांग्रेस महाधिवेशन सरेको छ ।

नयाँ कार्यतालिका अनुसार क्रियाशील सदस्यताको अन्तिम नामावली भदौ २ गते बुझाइने छ ।

यस्तो छ कार्यतालिका –

१. क्रियाशील सदस्यको अन्तिम नामावली   बुझाउने – २०७८ भदौ २ गते

२. निर्वाचन निर्देशिका बुझाउने – २०७८ भदौ २ गते

३. वडा अधिवेशन – २०७८ भदौ १८ गते

४. गाउँ/नगरपालिका – २०७८ भदौ २७ गते

५. प्रदेश क्षेत्र क/ख – २०७८ असोज १ गते

६. संघीय निर्वाचन क्षेत्र – २०७८ असोज ५ गते

७. जिल्ला अधिवेशन – २०७८ असोज १० गते

८. प्रदेश अधिवेशन – २०७८ कात्तिक १०–१२ गते

९. केन्द्रीय महाधिवेशन – २०७८ मंसिर ९–१३ गते

Please follow and like us: