प्रधानमन्त्री देउवा र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता – विश्व सम्मेलनमा निम्ता

नयाँ कुरा, मंगलबार ,काठमाडौं ,

गैर आवसीय नेपाली संघ (एनआरएनए)का प्रतिनिधिले मंगलबार प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विधेयकका सम्बन्धमा ध्यानाकर्षण गराएका छन् ।

एनआरएनए अध्यक्ष कुमार पन्तको अगुवाइमा भएको भेटमा पन्तले महामारीको पछिल्लो विषम अवस्थामा विदेशमा रहेका नेपाली श्रमिकहरुको उद्धार, नेपाल ल्याइएका श्रमिकहरुको पुर्नस्थापना लगायतका विषयमा नेपाल सरकारले यथाशक्य छिटो राहतमुखी कार्यक्रम ल्याउन आग्रह पनि गरेका छन् ।

No description available.

सोही क्रममा एनआरएनए प्रतिनिधि मण्डलले आगामी अक्टोबरमा हुने १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनमा प्रधानमन्त्री देउवालाई प्रमुख आतिथ्यताका लागि पनि आमन्त्रण पनि गरेको छ । भेटका क्रममा प्रधानमन्त्री देउवाले यथाशक्य छिटो नागरिकता लगायत, ब्रिटिस गोर्खाको समस्या समाधान, नेपाली श्रमिकको लागि राहतमुखी कार्यक्रम लगायतमा सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

Please follow and like us: