बादर बनेर प्रदर्शनमा उत्रिनेलाई तह लगाउन सरकारले कुकुर परिचालन गर्नु पर्ने नेबि संघ नेता शाहको सुझाव

नयाँ कुरा ,बिहीवार-  साउन ५,काठमाडौं

सत्तारुड दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेता अनुराग शाहले बादरको भेषमा प्रदर्सनमा उत्रिएका पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिका समर्थक लाई तह लगाउन सरकारले नेपाल प्रहरी भन्दा पनि काठमाडौंका भुसिया कुकुरहरु परिचालन गर्नु पर्ने सुझाव दिएका छन।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेर बहादुर देउवालाई बिश्वासको मत दिएको विरोधमा युवा संघ नेपालका कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेपछि नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेता अनुराग शाहले मंगलबार सामाजिक संजाल मार्फत नेपाल सरकारलाई यस्तो सुझाव दिएका हुन।

May be an image of 12 people, people standing and outdoors

Please follow and like us: