एन आर एन ए नेदरल्यान्डसको नबौ महाधिबेशनका लागि १७ जना निर्बिरोध

 

नयाँ कुरा,शनिबार ,आम्स्ट्रडम,

गैर आवासिय नेपालि संघ नेदरल्यान्डसको नबौ महाधिबेशन निर्वाचन समितिले १९ पदका लागि मागेको उमेद्दवारि मा १८ जनाको मात्र आबेदन परेको छ ।
जसमा युबा समयोजक बाहेक १७ जना निर्बिरोध भएका छन । कार्यसमिति पुर्ण हुन २ जना सदस्यहरुको लागि आबेदन नै नपरेको जनाईएको छ। आधिकारिक रुपमा ११ तारिक आईतबार संघको महाधिबेशनमा घोषणा गरिने निर्वाचन समितिले जनाएको छ ।

 

१७ जना निर्बिरोध नामवालि सहित

१- आई सि सि- टिकाराम सापकोटा
२- अध्यक्ष- मिम बहादुर पुर्जा
३- बरिस्ठ उपाध्यक्ष- बिस्णु पोखरेल
४- उपाध्यक्ष- खेम लाल सापकोटा
५-उपाध्यक्ष- अमिर गुरुङ
६- महिला उपाध्यक्ष- सिता सापकोटा
७- महा सचिब- सिता कुमारी क्षेत्री
८- सह सचिब -पेमा लामा
९ – कोषाध्यक्ष- सुशिला बानिया
१०– सह कोषाध्यक्ष- नन्दा राई
११- साउथ हल्यान्द सम्योजक- राजेन्द्र कुमार शर्मा
१२- नर्थ हल्यान्द सम्योजक- सुरेश श्रेस्ठ
१३- लिम्बर्ग सम्योजक- सुवास पराजुलि
१४- महिला सम्योजक- चन्दना खडका
१५- सदस्य- बालकृष्ण थापा
१६- सदस्य -बिबेक बास्तोला
१७- सदस्य -दिनेश अर्याल

२ जना निर्वाचन हुन बाकि नामवालि सहित

 

– युबा सम्योजक- बिकास पोखरेल
– युबा सम्योजक- निरज गुरुङ

 

युबा समयोजकमा मात्र चुनाब होला कि एकले अर्को उम्मेदवार लाई स्विकार गरि निर्बिरोध घोषणा होला आईतबार नै कुर्नु पर्ने भएको छ  ?

 

गैर आवासिय नेपालि संघ नेदरल्यान्डसको नबौ महाधिबेशन निर्वाचन समितिले २८ जुन देखि ३० जुन सम्म निर्वाचन समितिमा दर्ता भएका मध्य १६ जनाको उम्मेदवारी मात्रा योग्य ठहर गरेको थियो । बाँकी ५ पदहरुका लागि पुन १० जुन शनिबार उम्मेदवारी दिनको १ बजे सम्म खुल्ला गरेको थियो । जसमा उपाध्यक्ष -१, महासचिब -१ ,सह सचिब -१ को मात्र उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । २ बाँकी सदस्य पदमा उम्मेदवारी नै न परेको जनाएको छ ।

पहिलो पटकमा ३६ जनाको निर्वाचन समितिमा परेका उम्मेदवारिहरुका १६ जना बाहेक अरु निबेदनहरु निर्वाचन नियमावली ,निर्वाचन आचारसम्हिता बिपरित रहेकाले अयोग्य ठहर गरेको थियो ।

एन आर एन ए नेदरल्यान्डसको नबौ महाधिबेशनका क्रममा ५०५ पन्जिकृत सदस्यहरु दुई धुर्बिकरण मा बाडिएका छन। निर्वाचनमा देखिएका दुई धुर्बिकरण मध्य मिम बहादुर पुर्जा धार बाट १७ जना निर्बिरोध भएका छन भने पदम बहादुर क्षेत्री धार बाट युबा समयोजकमा मात्र उम्मेदवारको आबेदन योग्य ठहर भएको छ।

 

समाजमा आईतबार महाधिबेशन होला कि ? न होला ? एक समुहले बहिस्कार नै गर्ला कि ?

यो समाजका बरिस्ठ अगुवाहरुले अझै पनि नया मोडलको कुनै सहमति गरेर बिस्व भरि छरिएर रहेका गैर आवासिय नेपालिहरुलाई छुट्टै नया शृजनात्मक सन्देश दिने प्रयास गरिरहेको जानाकारि आएको छ प्रयास कति सफल हुन्छ भोलि सम्म कुर्नु पर्ने हुन्छ।

पन्जिकृत सदस्यहरुले यो समाज मिलेरै जान पर्ने सकारात्मक सल्लाहा सुझाब अनि प्रकृतिकृया सामाजिक सन्जालमा धुर्बिकरण नहुन आग्रह गरेका छन।

अझै पनि समाज मिलेर जाने कुरामा निर्वाचन समितिले सहजिकण गर्ने बताएको छ । निर्वाचन समितिले युबा बालबालिका बिभिन्न संघ संगठनहरुका राय सल्लाहा सुझाब अनुसार नै निर्वाचन प्रकृया लाई निस्पक्ष धाधलीरहित लोकतान्त्रिक प्रणालीको मान्यता तथा निर्वाचन लाई स्वच्छ सुद्धिकरण गर्ने प्रयास गरेको जनाएको छ ।

शनिबार निर्वाचन आयुक्त पन्तले नेदरल्यान्डस तथा युरोपियन क्षेत्रमा अनलाईन तथा छापामाध्यममा काम गर्ने पत्रकारहरुलाई पत्रकार सम्मेलन गरि बजारमा आएका निर्वाचन सम्बन्धित केहि अफबाहहरुलाई सम्बोधन गर्ने प्रयास पनि गर्नु भएको थियो।

Please follow and like us: