नेदरल्यान्डसको एन आर एन ए निर्वाचन समितीले ११ जुनमा निर्वाचन घोषणा होला त ?

 

नयाँ कुरा,शनिबार ,आम्स्ट्रडम

गैर आवासिय नेपालि संघ नेदरल्यान्डसको नबौ महाधिबेशन निर्वाचन समितिले रिक्त पदहरुमा पुन उम्मेदवारी शनिबार दिनको १ बजे सम्म ईच्छुक पन्जिकृत सदस्यहरुलाई अबहावान गरेको छ ।

एन आर एन ए नेदरल्यान्डसका अध्यक्षले सामाजिक सन्जालमा सार्बजनिक लाइभ मार्फत निर्वाचन समितिलाई बिहीवार साझ ९ बजे सम्म निर्वाचन निमावलि निर्वाचन आचार सम्हिता सच्चाएर नयाँ शिरा बाट निर्वाचन पुर्न सुरुवात गर्न गराउन अलटिमेटम दिएका छन । निर्वाचन समिती बिधी बिधानअनुसार काम भईइरहेको भन्दै निर्वाचन प्रकृया निरन्तर गरिरहेको छ ।

अध्यक्ष श्रीराम कंडेलले कार्यसमितिमा आन्तरिक रुपमा बिहीवार राती नै निर्वाचन समिती बिधटन गरेको  जानकारी गरेका थिय । बिघटन गरेको सुचना सार्वजनिक भए लगत्तै कार्यसमितिमा एक किसिमको धुर्बिकरण भएको छ । कार्यसमितीका बहुमत सदस्यहरुले अध्यक्ष श्रीराम कंडेल लाई समितिको बैठकमा उपस्थिती जनाउन माग गरेका थिय । शुक्रबार बोलाईएको बैठक स्थगित गरी शनिबार बोलाईएको जानकारी प्राप्त भएको छ ।

 

निर्वाचन समितिले आफ्नो कामलाई निरतरता दिएको छ । समिति बिधि बिधान अनुसार ११ जुन आईतबार अधिबेशन समपन्न गर्ने गरि तयारि गएको जनाएको छ ।

 

गैर आवासिय नेपालि संघ नेदरल्यान्डसको नबौ महाधिबेशन निर्वाचन समितिले रिक्त पदहरुमा पुन उम्मेदवारी शनिबार दिनको १ बजे सम्म ईच्छुक पन्जिकृत सदस्यहरुलाई अबहावान गरेको छ ।

निर्वाचन समितिले २८ जुन देखि ३० जुन साझ ५ बजे सम्म इच्छुक ५०५ पन्जिकृत सदस्यहरु बाट पहिलो पटक उम्मेद्बवारी माग गरेको थियो । ३६ जनाको निर्वाचन समितिमा परेका उम्मेदवारिहरुका १६ जना बाहेक अरु निबेदनहरु निर्वाचन नियमावली ,निर्वाचन आचारसम्हिता बिपरित रहेकाले अयोग्य ठहर गरेको थियो ।

 

निर्वाचन समितिको सुचना जस्ताको त्यस्तै

 

निर्वाचन समितिको सुचना-
________________________
निर्वाचन समितिले प्रथम पटक मागेको मनोनयन अनुसार परेका उम्मेदवारी र ति उम्मेदवारीहरु उपर परेका दाबी विरोध र निर्वाचन आचार संहिता विपरित परेका मनोनयनहरु उपर छानविन हुंदा निम्न लिखित पदहरुमा परेका मनोनयन खारेजि भएको हुनाले पु:न मनोनयन माग गरिएको छ।
समय : भोलि सनिबार जुलाई १० , २०२१ , १३:०० ( दिनको एक बजे सम्म ) सम्म Email (अनलाइनबाट) मात्र आबेदन दिन सकिने छ।
नोट : कुनै पनि कुरा जानकारी चाहिएमा सम्पर्क गर्न सक्नुहुने छ।
नोट : कुनै पनि कुरा जानकारी चाहिएमा सम्पर्क गर्न सक्नुहुने छ।
उपाध्यक्ष – १ पद
महासचिव – १ पद
सचिव – १ पद
सदस्यहरु – २ पद
१- निर्वाचन आचार संहिताले निर्दिस्ट गरेको विधि विधान अनुसार रित पुराएर आफ्नो उम्मेद्दवारी मनोयन दर्ता गर्नु हुन इच्छुक पंजिकृत सदस्यहरुलाई अनुरोध गरिन्छ।
२- पहिले मनोनयन गरिसक्नु भएका तर रित नपुगेर वदर भएका मनोनयनकर्ताहरुले पु:न सोहि पदमा मनोनयन दर्ता गर्न चाहेमा पु:न उम्मेदवारी शुल्क लाग्ने छैन।
३- आफ्नो मनोननय निर्वाचन समितिको इमेल ( ec.nrnanl.21@gmail.com) मा बुझाउनु पर्नेछ।
४- उम्मेद्वारी शुल्क एनआरएन नेदरल्याण्डसको तल उल्लेखित बैंक खातामा जम्मा गर्नु पर्नेछ।
खाताको नाम: Non-Resident Nepali Association
एकान्ट नम्बर: NL95ABNA0455518513
उम्मेदवारी शुल्क
उपाध्यक्ष – ६००
महासचिव – ६००
सचिव – ४००
सदस्य – २००
Please follow and like us: