नेदरल्याण्डसको नबौ महाधिबेशन निर्वाचन सम्योजक फडिन्द्र पन्त लाई अध्यक्ष श्रीराम कंडेलले बिहिबार राति ब्रखास्त गर्नु भएको छ

 

नयाँ कुरा,शुक्रबार,आम्स्ट्रडम

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको नबौ महाधिबेशन निर्वाचन सम्योजक फडिन्द्र पन्त लाई अध्यक्ष श्रीराम कंडेलले बिहिबार राति  ब्रखास्त गर्नु भएको जनाईएको छ ।

निर्वाचन समितिले निर्वाचन प्रकृयामा  गरेका कामहरु प्रति  असन्तुस्त भएको बिहिबार सामाजिक सन्जाल फेसबुकमा लाइभ बाट सार्बजनिक गर्नु भएको थियो । निर्वाचन समिति लाई कंडेलले बिशेष अधिकार प्रयोग गरि एकल रुपमा ब्रखास्त गर्नु भएको बुझिएको छ ।

पछील्लो बिबादित निर्वाचन अन्योलता लाई सहजिकरण गर्न कार्यसमितिको बैठक आज शुक्रबार ३ बजेका लागि डाकिएको छ । सर्बसाधारण पन्जिकृत  सदस्यहरुले अझै पनि मिलेर तोकिएकै मिती ११ जुलाई मा निर्वाचन समपन्न गर्नु पर्ने बताएका छन ।

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको नबौ महाधिबेशनका लागि परेका ३६ उम्मेद्दवार मध्य १६ जना उम्मेदवारहरुको निबेदन प्रमाणीकरण गरी बिहिबार राति निर्वाचन समितिले निर्बिरोध प्रकाशित गरेको छ भने केहि पदमा उम्मेदवार खालि रहेको जनाएको छ । खालि पदहरुमा निर्वाचन गर्ने भनेतापनि कसरि गर्ने भन्ने अन्योलमा देखिन्छ ।

 

निर्वाचन समितिले प्रकाशित गरेका निर्बिरोध तालिका जस्ताको त्यस्तै

 

No photo description available.No photo description available.

Please follow and like us: