एन आर एन ए नेदरल्यान्डसको निर्वाचन नजिकिदै गर्दा श्रीराम कंडेलले निर्वाचन सम्योजकलाई खारेज गर्न सक्ने चेतावानि किन ?

नयाँ कुरा,बिहिबार ,आम्स्ट्रडम

गैर आवासिय नेपालि संघ नेदरल्यान्डसको नबौ महाधिबेशन निर्वाचन प्रकृया प्रति उम्मेदवारहरुका पक्ष बिपक्षमा जुहारि सामाजिक सन्जालमा छरपस्ट देखन पाइन्छ ।

यि जुहारि हेर्दा सुन्दा कुनै उपलब्धिमुलक भने छैनन एक अर्का लाई घोच पेच बाहेक अरु शृजनात्मक सन्देश केहि छैनन । बुधाबर राति निर्वाचन समितिले उम्मेदवारहरुको प्रमाणिकरण नामावालि प्रकाशन भए लग्त्तै पदम बहादुर क्षेत्री पक्षले निर्वाचन निस्पक्ष धाधलिरहित हुने कुरामा आशन्का ब्यक्त गरेका छन ।

एन आर एन ए नेदरल्यान्डसका अध्यक्षले सामाजिक सन्जालमा आज सार्बजनिक लाइभ मार्फत निर्वाचन समितिलाई साझ ९ बजे सम्म निर्वाचन निमावलि निर्वाचन आचार सम्हिता सच्चाएर नयाँ शिरा बाट निर्वाचन पुन सुरुवात गर्न गराउन अलटिमेटम दिएका छन ।

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको नबौ महाधिबेशनका लागि परेका ३६ उम्मेद्दवार मध्य १६ जना उम्मेदवारहरुको  निबेदन बुधबार राति निर्वाचन समितिले प्रमाणीकरण गरी प्रकाशित गरेको थियो ।

निर्वाचन यहि कार्य योजनानुसार अगाडि बढेमा आज राति नौ बजे स्वत खारेजि गरि निर्वाचन समिति बाट अथवा नयाँ ब्यक्तिलाई बाहिर बाट निर्वाचन आयुक्त नियुक्ति गर्ने धम्किपूर्ण शब्द प्रहार गरेका छन ।

https://www.facebook.com/srikandel/videos/488969215533538

 

अध्यक्ष श्रीराम कंडेलले आज सामाजिक सन्जालमा दिएको सन्देश प्रति अध्यक्षका अर्का प्रत्यासि मिम पुर्जाले ( बरिष्ट उपाध्यक्ष ) आपत्ति जनाएका छन । निर्वाचन प्रकृयामा गैइसकेकोले समितिले अब निर्वाचन समितिलाई सहयोग गर्दै सहाकार्यमा तोकिएको समयमै ११ जुलाई मा निर्वाचन गरिनु पर्ने नत्र बर्तमान कार्यसमितिका बहुमत सदस्यहरुले अध्यक्ष बिरुद्द अबिस्वासको मत पेश गर्ने चेतावानि दिएका छन ।

सामाजिक सन्जालमा जुहारि चलिरहेको छ भने निर्वाचन समितिले ५०५ पन्जिकृत सदस्यहरुको नामावालि सार्बजनिक गर्दै निर्वाचन तोकिएकै मिती ११ जुलाई मै हुने भएकाले निर्वाचनमा सब्य र भब्य सहभागिताका लाई आबहावान गरेको छ ।

Please follow and like us: