नेदरल्याण्डसको नबौ महाधिबेशनका लागि परेका ३६ उम्मेद्दवार मध्य १६ जना उम्मेदवारहरुको निबेदन प्रमाणीकरण

नयाँ कुरा,बिहिबार ,आम्स्ट्रडम

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको नबौ महाधिबेशनका लागि परेका ३६ उम्मेद्दवार मध्य १६ जना उम्मेदवारहरुको निबेदन प्रमाणीकरण गरी प्रकाशित गरेको छ ।

बाँकी उम्मेददारहरुले निर्वाचन नियमावालीको रित नपुर्याएकोले उम्मेदवारी अस्विकृत गरिएको जनाईएको छ  भने बाँकी अस्विकृत पदहरुका लागि पुन उम्मेद्दवार माग गर्नु पर्ने देखिन्छ ।

निर्वाचन समितिले उम्मेदवारहरुको उम्मेदवारी प्रकृयामा समर्थक प्रस्तापक र हस्ताक्षर गर्ने ब्यक्तीहरुका बारेमा निर्वाचन आचारसम्हिता पालना नभएको पाईेएकोले सन्कास्पद अन्य बिषयहरुलाई लामो छलफल गरि निस्क्रष पुगेको जनाएको छ ।

नामावाली प्रकाशनमा गरेको ढिलाईले समाजमा एक किसिमको अन्योल शृजना भएको थियो ।

निर्वाचन समितिले २८ जुन देखि ३० जुन साझ ५ बजे सम्म इच्छुक ५०५ पन्जिकृत सदस्यहरु बाट उम्मेद्बवारी माग गरेको थियो । ३६ जनाको निर्वाचन समितिमा परेका उम्मेदवारिहरुका केही निबेदनहरु निर्वाचन नियमावली ,निर्वाचन आचारसम्हिता बिपरित पाइएकोले निर्धारित समयमा उम्मेदवारी नामावाली घोषणामा ढिलाई भएको बताएको छ ।

समितिले निस्पक्ष,स्वतन्त्र ,धाधलीरहित निर्वाचन गराउने काममा कुनै ब्यक्ती समुहलाई लाभ हुने गरि काम नगर्ने र नगराउने प्रतिबद्धता पनि गरेको छ । बिकसित देशमा बसोवास गरेर मात्र सब्य नभइने तर निर्वाचनको प्रकृया व्यबहारमा निस्पक्ष रुपमा सम्पन्न गरि नयाँ सम्रचना स्थापित गरेर देखाउने अठोट रहेको निर्वाचन सम्योजक फडिन्द्र पन्तले हाम्रा समबाददाता सँगको कुराकानीमा बताएका छन । नबौ महाधिबेशन लाई स्वच्छ निस्पक्ष बनाउन लागि पर्ने तर कसैको लोभ लाभ र प्रलोभनमा पारी कसै सँग कुनै गलत सम्झौता नगर्ने निर्वाचन समितिले बताएको छ ।

निर्वाचन समितिमा परेका उम्मेदवारहरुका निबेदन प्रकृयामा प्रकृयागत धेरै त्रुटी फेला पारेकोले सबै निबेदनहरु निर्वाचन नियमावली ,निर्वाचन आचारसम्हिता अनुसार प्रकाशन गर्न समितिमा बिभिन्न कोण बाट छलफल पस्चात ढिला गरि निस्पक्ष रुपमा प्रकाशित गरिएको बताईएको छ ।

निर्वाचन समितिले उम्मेदवारी अनलाईन तथा समपर्क कार्यालयमा स्वयमा उपास्थित भएर दिन सक्ने ब्यबस्था गरेको थियो ।

१६ जना प्रमाणित गरिएका पद र नामावालि सहित

 

१- आई सि सि- टिकाराम सापकोटा
२- अध्यक्ष- मिम पुर्जा
३- बरिस्ठ उपाध्यक्ष- बिस्णु पोखरेल
४- उपाध्यक्ष- खेम लाल सापकोटा
५- महिला उपाध्यक्ष- सिता सापकोटा
६ – कोषाध्यक्ष- सुशिला बानिया
७ – सह कोषाध्यक्ष- नन्दा राई
८- साउथ हल्यान्द सम्योजक- राजेन्द्र कुमार शर्मा
९- नर्थ हल्यान्द सम्योजक- सुरेश श्रेस्ठ
१०- लिम्बर्ग सम्योजक- सुवास पराजुलि
११- महिला सम्योजक- चन्दना खडका
१२- युबा सम्योजक- बिकास पोखरेल
१३- युबा सम्योजक- निरज गुरुङ
१४- सदस्य- बालकृष्ण थापा
१५- सदस्य -बिबेक बास्तोला
१६- सदस्य -दिनेश अर्याल

निर्वाचनलाई प्रभाबित पार्ने लक्ष्यले सदस्यता नबिकरणमा केही ब्यक्ती समुहहरुले एकै बैक बाट दर्जनौ सदस्यहरुको शुल्क एन आर एन ए नेदरल्यान्डसको खातामा पठाएको सार्वजनिक भईसकेको छ । उम्मेदवार दर्ता तथा निर्वाचन प्रकृयामा पनि केही ब्यक्ती समुहहरुले अनियमितता न गरोस भन्ने विश्वाशका साथ अचार सम्हितानुसार नै निर्वाचन प्रकृयाको काम भईरहेको र हुने बताईेएको छ ।

निर्वाचन समितिले बिदेशमा रहेका युबाहरुको बुद्धि,सिप,ज्ञान, बिज्ञहरुको सल्लाहा सुझाब र निर्वाचन समितिको बिबेकअनुसार निर्वाचनमा आवश्यक सामान्य सुद्धीकरणको सुरुवात गरिएको छ । यो सुरुवातीको शुद्धिकरण भएकाले केही ब्यक्ती समुहको दबाद र प्रतिकुल हुने गरि काम कुनै पनि हालतमा नहुने बताईएको छ । केही ब्यक्ती समुहलाई पक्कै ठुलै असर हुने गरि निर्वाचनको प्रकृयाको काम भईइरहेको देखन सकिन्छ ।

नबौ माहाधिबेशनलाई बिशेष चासोका साथ कुटनितिक पाराले केही ब्यक्ती समुहहरुले निर्वाचन लाई आफुअनुकुल हुने गरि काम नभएमा धाधली भएको आरोप लगाई निर्वाचन बहिस्कार गर्न सक्ने कुराहरुमा समाजका सचेत नागरिकहरुले चिया गफमा लामो छलफल अनी चासो लिएको पाईेएको छ ।

निर्वाचन समितिमा बिबाद

निर्वाचन समितिमा ५ जना मध्य २ जनाले प्रकृयालाई असन्तुस्ट मत जाहेर गर्दै टिप्पणी गरेका छन । निर्वाचन प्रणाली अन्तरास्ट्रिय मापडण्ड अनुसार हुनु पर्ने मत राखेको बुझिएको छ । निर्वाचन आचार सम्हितामा नयाँ बुदा छलफल नै नगरि कार्यसमिती सल्लाहाकार ,समरक्षक ,बर्तमान एन आर एन ए कार्यसमिती कुनै पनि निर्वाचन गतिबिधी मा सहभागी हुन न पाउने नयाँ बुदा घुसाइएको  छ ।  कार्यसमिती सल्लाहाकार ,समरक्षक ,बर्तमान एन आर एन ए कार्यसमितीहरुको प्रत्यक्ष सहभागीता रहेकाले निर्वाचन नियमावालि बिपरित हुन गएको हो । यो बुदा उम्मेदवारको हकमा लागु नहुने जानाईेएको छ ।

Please follow and like us: