गैर आवासिय नेपाली संघ नेदरल्याण्डसको नबौ महाधिबेशन निर्धारित मितिमा हुने कुरामा आशन्का ?

 

नयाँ कुरा,बुधबार ,आम्स्ट्रडम

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको नबौ महाधिबेशन ११ जुलाईका दिन निर्धारित तालिकामै निर्वाचन हुने कुरामा अन्योल शृजना भएको छ। संघले ११ जुलाईमा निर्धारित अधिबेशन सम्पन्न गर्ला कि समय परिवर्तन गर्ला ? निर्वाचन समितिले उम्मेदवारहरुको नामावाली प्रकाशन गर्नमा गरेको ढिलाईले समाजमा अन्योल शृजना भएको छ ।

निर्वाचन समितिले २८ जुन देखि ३० जुन साझ ५ बजे सम्म इच्छुक ५०५ पन्जिकृत सदस्यहरु बाट उम्मेद्बवारी माग गरेको थियो । ३६ जनाको निर्वाचन समितिमा परेका उम्मेदवारिहरुका केही निबेदनहरु निर्वाचन नियमावली ,निर्वाचन आचारसम्हिता बिपरित रहेको जानकारी प्राप्त भएको छ ।

निर्वाचन समितिले उम्मेदवारहरुका निबेदन प्रकृयामा प्रकृयागत धेरै त्रुटी फेला पारेकोले सबै निबेदनहरु निर्वाचन नियमावली ,निर्वाचन आचारसम्हिता अनुसार प्रकाशन गर्न समितिमा बिभिन्न कोण बाट छलफल भईरहेको बुझिएको छ ।

उम्मेदवार दर्ता प्रकृयामा पनि केही अनियमितता रहेको बुझ्नमा आएको छ । आगामी प्रकृयाका लागि समितिमा गहिरो अध्ययन भईरहेको बिषेश सुत्र बाट जानकारी प्राप्त भएको छ ।
उम्मेदवारहरुको नामावाली प्रमाणिकरण तथा नामावाली प्रकाशनमा ढिलाई भएकाले निर्वाचन प्रचार प्रसार
तथा निर्वाचन होला कि ? नहोला ? बुधवार बिहान सम्म अन्योल शृजना भएको छ ।

 

निर्वाचन समितिले प्रकाशित सुचना जस्ताको त्यस्तै –

निर्बाचन समितिको सुचना अपडेट तथा अनुरोध :
_________________________________________
गैर-आवासीय नेपाली संघ, नेदरल्याण्डसका आदरणीय पंजीकृत सदस्यज्यूहरु तथा विभिन्न पदहरुमा उम्मेदवारी दर्ता गराउनु भएका उम्मेदवारज्यूहरु ,
निर्वाचन समितिद्वारा उम्मेदवारहरुको अन्तिम नामावली सम्बन्धमा :
निर्वाचन समितिको पूर्ण बैठकबाट अन्तिम नामावली सहितिको तालिका सार्वजनिक गर्नु प्रकृयागत एवं परिपक्क हुने हुँदा सोका लागि केहि ढिलाई भएको हो।
हिजो ६ जुलाई साँझ निर्वाचन समितिको बैठकपछि निर्बाचन समितिले निम्न कुराहरुमा जारी गरिएको अचार-संहिता सबै उमेरदवार हरुको हकमा समान रुपमा लगाउने नियमपुर्बक र नीतिगत निर्णय गरेको छ।
१. रित नपुगेका र शंकास्पद उम्मेदवारीहरुको बारेमा: आफ्नो उम्मेदवारीलाई निर्वाचन समितिले तोकेको रित पुर्याउने कर्तव्य र जिम्मेवारी स्वंय उम्मेदराको हुनेहुँदा निर्बाचन समितिको जारी निर्देशिका तथा आचार-संहिता अनुरुप नै अन्तिम निर्णय हुने गरि निर्बाचन समितिले बैठक बाट निर्णय गरेकोले तथ्य सहित उमेर्दवारी दार्ता लिस्ट निकाल्ने तयारी भैरहेको छ।
२- निर्वाचनको निस्पक्षता कायम गर्नको लागी र निर्वाचनमा हुन सक्ने संभावित धांधलीहरु रोक्नको लागी निर्वाचन समितिले आचार संहितालाई लागु गर्नु पर्नेछ।
३- निर्वाचन आचार संहिता, र निस्पक्ष निर्वाचनका आधारभुत मुल्य र मान्यताहरुको उल्लंघनका भैरहेको कुरामा निर्वाचन समितिमा परेका उजुरिहरुमा निर्वाचन समितिको गंभिर ध्यान आकर्षण भएको छ।
४- निर्वाचनको आचारसंहितालाई इमान्दारीका साथ पालान गर्नु गराउनु हुन निर्वाचन समिति सम्पुर्ण सरोकारवालाहरु संग हार्दिन अनुरोध गर्दछ।
नोट :
आज उम्म्दवारहरुको नामावली तथ्य र कारण सहित प्रकाशित गरिने व्यहोरा सबैमा जानकारी गराइन्छ।
आज राति ८ देखि ११ बजे बिचमा निर्बाचन समिति संग सम्पूर्ण दार्ता भएका उमेरदवार हरुले फेसबुक रूम मा अनलाइन प्रतक्ष जानकारी लिन सक्ने जानकारी गरिन्छ।
सहकार्य र धैर्यताको लागि सबैमा हार्दिक धन्यवाद ।

 

 

 

Please follow and like us: