दोर्ण रिजालले एन् आर एन ए नेदरल्याण्डसको नबौ महाधिबेशनका लागि उपाध्यक्ष पदमा उम्मेदवारी

 

नयाँ कुरा,सोमबार ,आम्स्ट्रडम

दोर्ण रिजालले गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको नबौ महाधिबेशनका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन ।

रिजाल लामो समय देखी नेदरल्याण्डसमा पत्रकारिता पेशामा आबद्ध छन । नयाँ कुरा डट कमका सम्पादक   http://nayaakuraa.com/blog/aboutus  तथा पत्रकार महा संघ युरोपका बर्तमान महा सचिब हुन । रिजाल बिभिन्न सामाजिक संघ सस्था, तथा एन आर एन नेदरल्यान्डसको पूर्व सचिब र बर्तमान सदस्य पनि हुन ।

रिजाल संघको गतिबिधी सँग पारीचित सालीन सरल स्वभाबको ब्यक्ती हुन । रिजाल बिभिन्न सामाजिक राजनीतिक सस्थामा बसेर सिकेको सामाजिक सिपलाई एन आर एन ए को सस्थामा बसी।

May be an image of 2 people and text that says 'NRNA NOGNETHERLANDS AssO dopali नेपालीका लागि नेपाली गैर आवासीय नेवाली संघ नेदरल्याणइसको औ महाधिवेशनका उपाध्यक्ष उम्मेदवार VOTE जुलाई ११, २०२१ श्री द्रोण रिजाल लाई अत्याधिक बहुमतले विजयी गराओ। 0684511049 49 51 10'

अझ केही नयाँ कार्य गर्ने उद्देस्यका साथ सस्थाले सस्थागत बिकासका लियका योजना मा तथा केही नयाँ योजनाका लिएर आएको बताएका छन रिजालले आफु सँग भएको ज्ञान सिप यो समाजको हितका लागि सहयोग गर्ने प्रतिबद्दता साथ उम्मेद्दवार घोषणा गरेको बताउनु भएको छ ।

उपाध्यक्ष रिजालका मूख्य प्रतिवद्धताहरु यसप्रकार हुनेछन :

१. एनआरएन नेदरल्यान्ड्सलाई सबै नेपालीहरुको पहुँचको साझा तथा सर्व-सहभागितामूलक संगठन बनाउन पहल गर्ने।
२. नेदरल्याण्ड्समा बसोबास गर्नुहुने सबै नेपालीहरुको सामाजिक हित संरक्षण र अभिवृद्धिका लागि कार्य गर्ने।
३. मातृभूमि नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन बिकास र प्रवर्द्धनमा सहयोग पुर्याउने खालका अभियानमा आफू र आफ्नो क्षेत्रबाट पूर्ण रुपमा सहयोग गर्ने ।
४. संस्थागत नीतिनिर्माणमा अन्य संघ संस्थाहरुसंग सहकार्यका लागि अग्रसर हुने र त्यसका लागि प्रोत्साहित गर्ने ।
५. विविध कार्यहरूद्वारा हाम्रा वालवालिकाहरु र युवा समुदायमा यस संस्थाप्रति आकर्षण पैदा गर्ने र यस संस्थाप्रति मोह र आफनत्व अभिवृद्धि गराउने।
६.. एनआरएनए नेदरल्याण्डसलाई एउटा विशुद्ध साझा संगठनको रुपमा बिकसित गर्ने।

Please follow and like us: