गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको नबौ महाधिबेशनका लागि साउथ होल्यान्ड क्षेत्रिय संयोजक पदमा सञ्जय श्रेष्ठले उम्मेदवारी घोषणा

 

 

नयाँ कुरा,शनिबार ,आम्स्ट्रडम,

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको नबौ महाधिबेशनका लागि साउथ होल्यान्ड क्षेत्रिय संयोजक पदमा सञ्जय श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन ।
श्रेष्ठ नेदरल्याण्डसमा उच्च शिक्षा अध्ययन सकी स्थानिय राजनीतिमा होमिएका एक नेपाली युबा हुन । पारिवारिक बातावरणले उनलाई बिभिन्न सामाजिक राजनीतिक सस्थामा प्रत्यक्ष अप्रत्यक्ष नेपाली संघ सस्था सँग आबध छन ।

आफुले अध्ययन गरेको बिषय राजनीतिशास्त स्थानिय राजनीति बाट सिकेको सामाजिक सिपलाई एन आर एन ए को सस्थामा बसी युबा ,खेलकुद, बिधार्थी ,ब्यबसायी तथा बालबालिका लागि धेरै कामहरु लाई अझ सशक्त र पारदर्शिता गर्दै सस्थाले सस्थागत बिकासका योजनामा सहयोग गर्ने प्रतिबद्दता साथ उम्मेद्दवार घोषणा गरेको बताउनु भएको छ ।

 

 

 

May be an image of 1 person and text

 

 

अपिल जस्ताको त्यस्तै-

 

“शिक्षित युवाको सहभागिता ,आजको आवस्यकता “

गैर आवासिय नेपाली संघ, नेदरल्याण्ड्सको शाख जोगाउने प्रमुख जिम्मेवारी हामी शिक्षित युवाहरुको कांधमा आईसकेको छ।एन आर एन ए लाई बर्षौं देखी आफ्नै खल्तिको पेवा बनाउने र शिक्षित युवाहरुलाई यस संघ प्रती नै घृणा पैदा गराउदै संघको गरिमालाई अधोगतीमा धकेलदै रमाई रहने केही कठित बुद्दिजिवी पात्रहरुका हर्कत आजै देखी बन्द गरिने छ।

आदरणिय नेदरल्याण्ड्स बासी नेपाली बुवा आमा दाजु भाई दिदी बहिनीहरु, राजनीतिक शास्त्रमा विश्व कै एक उत्कृष्ट मानिने लाइडेन युनिभरसिटी बाट ग्रयाजुएट भएर नेदरल्याण्ड्सको राष्ट्रिय राजनितीमा सहभागी भईसकेको छु । गैर आवाशिय नेपाली संघको नयाँ युबाहरुले साख जोगाउने यस अभियानमा उपस्थिती जनाउदै संघलाइ गतिसिल बनाउन समेत सुरुवात गरेको छु। त्यसैले मैले गैर आवाशिय नेपाली संघ , नेदरल्याण्ड्सको साउथ होल्यान्ड क्षेत्रिय संयोजकमा उम्मेदवारी दिएको छु।
यहाँहरुको स्वतन्त्र अमुल्य मतले मलाई बिजयी गराउनु हुनेछ भन्ने पूर्ण विश्वाश सहित उम्मेद्द्वारी दिएको छु ।

 

सञ्जय श्रेष्ठ

 

साउथ होल्यान्ड क्षेत्रिय संयोजक पदको उम्मेद्दवार
गैर आवासीय नेपाली संघ नेदरल्यान्द्स
(२०२१-२०२३)

Please follow and like us: