गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको नबौ महाधिबेशनका लागि आई सि सि पदमा टिका राम सापकोटाले उम्मेदवारी घोषणा

 

नयाँ कुरा,शनिबार ,आम्स्ट्रडम,

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको नबौ महाधिबेशनका लागि आई सि सि पदमा टिका राम सापकोटाले उम्मेदवारी घोषणा गरेका छन ।
सापकोटा नेदरल्याण्डसमा बिभिन्न सामाजिक राजनीतिक सस्थामा लामो समय देखी निरन्तर लागि रहनु भएको छ । समाजको सामाजिक काम गर्दा सिकेको सामाजिक सिपलाई एन आर एन ए को सस्थामा बसी युबा ,खेलकुद ,बिधार्थी ,
ब्यबसायी तथा बालबालिका लागि धेरै कामहरु लाई अझ सशक्त र पारदर्शिता गर्दै सस्थाले सस्थागत बिकासका योजनामा सहयोग गर्ने प्रतिबद्दता साथ उम्मेद्दवार घोषणा गरेको बताउनु भएको छ ।

 

 

 

 

May be an image of Tikaram Sapkota, standing and text that says 'NRNA ONETHERLA गैह आवसीय नेपाली संघ नेदरल्याण्डको ९ औ महाधिवेशन आई.सि.सि आई सि. ૨0૨9-૨૦૨३ का उम्मेदवार श्री टिकाराम सापकोटा लाई अत्याधिक बहुमतले विजयी गराऔ) एक पटककी नेपाली, सधैकी नेपाली'

 

अपिल जस्ताको त्यस्तै-

म र मेरो होइन हामी र हाम्रो समाज ,
शसक्त,गतिसील ,संस्थागत र समाबेशी NRNA हाम्रो अभियान !!!
सम्पुर्ण नेदरल्याण्डस् बासी नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा हार्दिक नमस्कार ,
यति वेला हाम्रो समजलाई चुनाबि माहोलमा धकल्ने जर्वरजस्त कोशिस गरिएको छ I समाजका केही जिम्मेवार व्यक्तित्वहरुले सेन्टिमेन्टल बल्याकमिलिङ गर्दै बिभिन्न खाले भ्रम सृजना गर्ने जमर्को गरी रहेका छन् I केहि स्वार्थ समूह तेस्कै अघि -पछि होला। तर हामीले निकै सम्मेमित भई बिगतमा भन्दा अझ सभ्य , कम भन्दा कम विवाद र समाजलाई अधिकतम एकता राख्ने प्रयत्न जारी राखेका छौ। यस पटक हाम्रै प्रयासले “राजनैतिक विवाद छैन “। हार्दिकता साथ सम्पूर्ण नेपाली संस्थाहरु अघि बढेका छन्। सबैले हाम्रो यो प्रयासमा जोडदार साथ दिंदा बल्ल बल्ल कोरोना बाट निस्कदै गरेका सबैलाई बिना तनाब नयाँ नेत्रित्वो सहजै छान्न सक्ने अवस्था बन्ने छ।
म होइन हामी भन्ने भावनाको विकास गरौ , हामी नेदरल्याडस् मा रहेका सबै सँग नजिकवाट जोडीएका छौ र एकजुट नेपाली समाज निर्माण गर्न चाहन्छौं I तर ” कसरी ” हामी त्यस्ता विविध नेपाली डायस्पोराको नेतृत्व गर्छौ | त्यो विश्वस हामी यहाँहरुलाई दिलाउन चाहन्छौ I
हामी सम्पुर्ण नेदरल्याण्डवासी नेपाली समुदायलाई आग्रह गर्न चाहन्छौ I हामी किन फरक छौ ? हामी के कुरामा फरक छौ ? हामी कसरी मिन्नता राख्छौ ? आदी विषयहरु यहाँहरुले नेतृत्व छनोट प्रक्रियामा सकृय सहभागीता जनाई हाम्रोलाई हैन राम्रो लाई नेतृत्व प्रधान गरी एक पटक हामीलाई प्ररीक्षण गरीदिनु हुन हार्दिक अनुरोध गर्दछौ l
म होईन हामी
टिकाराम सापकोटा
आई.सी.सी. उम्मेद्वार ( ICC )
गैर आवसीय नेपाली संघ नेदरल्याण्डस्
Please follow and like us: