गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको नबौ महाधिबेशनका लागि अमिर गुरुङले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा

नयाँ कुरा,शुक्रबार ,आम्स्ट्रडम

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको नबौ महाधिबेशनका लागि उपाध्यक्ष पदमा अमिर गुरुङले उम्मेदवारी घोषणा गरेका छन ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको २०१९-२०२१ को कार्य समितीमा युबा सम्योजक रही कामको ज्ञान सिप सक्ने अबसरले आगामी कार्यकालमा अझ सस्थागत बिकासका लागि लाग्ने प्रण साथ चुनाबी मैदानमा उत्रिएका छन ।

May be an image of Amir Gurung and text that says 'NRNA गैर आवासीय नेपाली संघ नेदरल्याण्डस्को ९ औ महाधिबेशन उपाध्यक्ष २०२१-२०२३ उमेदबार श्री अमीर गुरुड लाइ अत्यधिक बहुमत ले बिजयी गराऊ!!'

 

अपिल जस्ताको त्यस्तै-

नेदरल्याण्ड्सबासि आदरणीय सम्पुर्ण आमा बुवा , दाजुभाई तथा दिदीबहिनीहरुमा सादर नमस्कार ,

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदको नवौं राष्ट्रिय महाधिबेशन ११ जुलाई २०२१ मा सम्पन्न हुन् गैरहेको यँहाहरु सबैलाई अवगत नै छ । बिगत लामो समय अमिर गुरुङ सामाजिक अभियानमा सहभागी हुदै गर्दा यो बदलिएको समयकोगति, परिवेश, समाजकको आम मनोविज्ञान, समाजको अपेक्षा र चाहनालाई नजिकबाट अनुभूत हुने अवसर पनि प्राप्त गरेको छु ।संघको कार्य योजना मेरो पहिलो प्राथमिकता हुने छ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद नेदरल्याण्डसको समपूर्ण नेपाली एकजुट भएर लाग्नु पर्ने मा बिभाजन, टूट फूट नैराश्यता मनमुटाब हूनू दुखद हो । जुन आम अपेक्षा र चाहना बिपरीत छ गैरआवासीय नेपाली संघ, हाम्रो अधिकार र पहिचानसँग जोडिएको छ । यसको भूमिका, मर्म र गरिमा बनाइ राख्न, आधारभूत तहसम्म संजाल विस्तार गरेर ,सबैको सहभागितामूलक प्रतिनिधित्व र गतिशील नेतृत्व बिना सम्भव छैन यसर्थ यो अभियानलाई सांझा अबधारणा सहित २०२१ -२०२३ कार्यकालका को लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको २०१९-२०२१ को कार्य समितीमा युबा सम्योजक रही कामको ज्ञान सिप सक्ने अबसरले आगामी कार्यकालमा अझ सस्थागत बिकासका लागि लाग्ने प्रण गरेको छु ।
यो समाजमा ब्यक्ति प्रशंशा भन्दा पनि संस्थाको हीत र आम नेदरल्याण्डस बासि नेपालीहरूको ईच्छा चाहाना लागि मध्यनजर गर्दै सम्पूर्ण अग्रजहरु,बुदिजीबी आत्मिय मित्रहरु र आदरणीय सम्पूर्ण दाजुभाई तथा दिदिबहिनीहरुलाइ सहयोग,साथ र समर्थनको निम्ती विनम्रतापूर्बक हार्दिक अपिल अनूरोध गर्दछु ।

नयाँ तथा लामो समय देखी स्थापित सामाजिक सास्कृतिक बिध्यार्थी ब्यवसाय संघ सस्था तथा समाजका विवेशशिल नेपालीहरुले बनाएका समरचनाहारुलाई मैले मेरो बिबेकले समाजको बृहत्तर हितका लागि काम गर्ने छु । संघले सुरुवात गरेको महत्व- आकान्क्षी परियोजना प्राथमिकताका साथ अगाडि बदाउने छु । यस अभियान निमार्णको लागि हरेक पंजिकृत सदस्यहरुले सरल स्वाभाबको बोलेर लेखेर भन्दा अझ बढी व्यबहारमा प्रस्तुत गर्न छु यि कुराहरु पुरा गर्न यहाँहरुले मेरा लागि विवेकपुर्ण निर्णय लिनु हुनेछ भन्ने मैले विस्वास लिएको छु । सर्बसहमत तथा निर्वाचन प्रकिया लाई लोकतान्त्रिक अभ्यासको रुपमा आएको जुनसुकै निर्णयहरुलाई मैले जनमतका रुपमा स्वीकार गर्ने छु । पुन यहाँहरुको सहयोग सल्लाहको अपेक्षा पनि गरेको छु । साथै सस्थाले स्थापित गरेका सामाजिक कार्यहरुलाई मुल मन्त्र ग्रहण गर्दै भाबी योजनाहरु “नेपालीका लागि नेपाली” सस्थाको नारा अनुसारनै यहाँहरु सँगै बनाउने प्रतिबद्धता गर्दछु । धन्यवाद

अमिर गुरुङ

उपाध्यक्ष  पदको उम्मेदवार

गैर आवासीय नेपाली संघ नेदरल्यान्द्स
(२०२१-२०२३)

Please follow and like us: