गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको नबौ महाधिबेशनका लागि कोषाध्यक्ष पदमा सोबित परीयारले उम्मेदवारी घोषणा

नयाँ कुरा,शुक्रबार ,आम्स्ट्रडम

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको नबौ महाधिबेशनका लागि कोषाध्यक्ष पदमा सोबित परीयारले  उम्मेदवारी घोषणा गरेका छन ।
परीयार  लामो समय देखी नेदरल्याण्डसमा बिभिन्न सामाजिक राजनीतिक सस्थामा सिकेको सामाजिक सिपलाई एन आर एन ए को सस्थामा बसी युबा ,खेलकुद ,बिधार्थी तथा बालबालिका लागि सस्थाले छुटाएका धेरै कामहरु लाई अझ सशक्त र  संघ सस्थाहरुमा हुने आर्थिक अनियमितता लाई  पारदर्शिता गर्दै सस्थाले सस्थागत बिकासका योजनामा सहयोग गर्ने प्रतिबद्दता साथ उम्मेद्दवार घोषणा गरेको बताउनु भएको छ ।

May be an image of Sk Pariyar and text

 

अपिल जस्ताको त्यस्तै-

आदरणिय नेदरल्यान्दबासी सम्पुर्ण आमा बुवा , दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक नमस्कार ,

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदको नवौं राष्ट्रिय महाधिबेशन ११ जुलाई २०२१ मा सम्पन्न हुन् गैरहेको यँहाहरु सबैलाई अवगत नै छ ! बिगत लामो समय सामाजिक अभियानमा सहभागी हुदै गर्दा यो बदलिएको समयकोगति, परिवेश, समाजकको आम मनोविज्ञान, समाजको अपेक्षा र चाहनालाई नजिकबाट अनुभूत हुने अवसर पनि प्राप्त गरेको छु ।संघको आर्थिक पारदर्शिता मेरो पहिलो प्राथमिकता हुने छ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद नेदरल्याण्डसको समपूर्ण नेपाली एकजुट भएर लाग्नु पर्ने मा बिभाजन, टूट फूट नैराश्यता मनमुटाब हूनू दुखद हो । जुन आम अपेक्षा र चाहना बिपरीत छ गैरआवासीय नेपाली संघ, हाम्रो अधिकार र पहिचानसँग जोडिएको छ । यसको भूमिका, मर्म र गरिमा बनाइ राख्न, आधारभूत तहसम्म संजाल विस्तार गरेर ,सबैको सहभागितामूलक प्रतिनिधित्व र गतिशील नेतृत्व बिना सम्भव छैन यसर्थ यो अभियानलाई सांझा अबधारणा सहित २०२१ -२०२३ कार्यकालका को लागि कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु । ब्यक्ति प्रशंशा भन्दा पनि संस्थाको हीत र आम नेदरल्याण्डस बासि नेपालीहरूको ईच्छा चाहाना लागि मध्यनजर गर्दै सम्पूर्ण अग्रजहरु,बुदिजीबी आत्मिय मित्रहरु र आदरणीय सम्पूर्ण दाजुभाई तथा दिदिबहिनीहरुलाइ सहयोग,साथ र समर्थनको निम्ती विनम्रतापूर्बक हार्दिक अपिल अनूरोध गर्दछु ।

गैर आवासिय नेपाली संघ नेदर्ल्यान्द्सको गरिमा एक इट्टा थप्ने अबसरको रुपमा यहाँहरुले मलाई सामाजिक काम गर्ने सुनौलो अबसर प्रदान गर्नु हुने छ भन्ने कुरामा म विश्वस्त छु ।नेदरल्यान्डसमा नयाँ तथा लामो समय देखी स्थापित समाजका विवेशशिल नेपालीहरुले बनाएका समरचनाहारुलाई मैले मेरो बिबेकले समाजको हितको लागि काम गर्ने छु । यस अभियान निमार्णको लागि हरेक सदस्यहरुले विवेकपुर्ण निर्णय लिनु हुनेछ भन्ने मैले विस्वास लिएको छु । सर्बसहमत तथा निर्वाचन प्रकिया मा आएको जुनसुकै निर्णयहरुलाई मैले जनमतका रुपमा स्वीकार गर्ने छु । पुन यहाँहरुको सहयोग सल्लाहा साथै सस्थाले स्थापित गरेका सामाजिक कार्यहरुलाई मुल मन्त्र ग्रहण गर्दै भाबी योजना यहाँहरु सँगै बनाउने प्रतिबद्धता गर्दछु ।
सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदी बहिनीहरुको माया ममता पाइनै रहेको अनुभुती गर्दै तपाईंहरुको सहयोग र साथको ठुलो अपेक्षा राख्दै आगामी कार्यकाल २०२१ – २३ का लागी कोषाध्यक्ष पदको उम्मेदवार पदमा तपाँइहरुको अमुल्य सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । साथै म विश्वस्त पनि छु कि यहाँहरुको अमुल्य अभिमत विवेकपुर्ण , स्वतन्त्र मेरो पक्षमा हुनेछ ।

सोबित परीयार

कोषाध्यक्ष पदको उम्मेद्दवार
गैर आवासीय नेपाली संघ नेदरल्यान्द्स
(२०२१-२०२३)

Please follow and like us: