गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको नबौ महाधिबेशनका लागि सदस्य पदमा बिबेक बास्तोलाले उम्मेदवारी घोषणा

नयाँ कुरा,शुक्रबार ,आम्स्ट्रडम

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको नबौ महाधिबेशनका लागि सदस्य पदमा बिबेक बास्तोलाले उम्मेदवारी घोषणा गरेका छन ।
बास्तोला  लामो समय देखी नेदरल्याण्डसमा बिभिन्न सामाजिक राजनीतिक सस्थामा सिकेको सामाजिक सिपलाई एन आर एन ए को सस्थामा बसी युबा ,खेलकुद ,बिधार्थी तथा बालबालिका लागि सस्थाले छुटाएका धेरै कामहरु लाई अझ सशक्त र पारदर्शिता गर्दै सस्थाले सस्थागत बिकासका योजनामा सहयोग गर्ने प्रतिबद्दता साथ उम्मेद्दवार घोषणा गरेको बताउनु भएको छ ।

 

May be an image of 1 person, standing and text

 

अपिल जस्ताको त्यस्तै-

 

आदरणिय नेदरल्यान्दबासी सम्पुर्ण आमा बुवा , दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक नमस्कार !
११ जुलाईमा २०२१ मा एनआरएनएन नेदर्ल्यान्द्सको नबौ महाधिबेशन संपन्न हुन गैइरहेको यहाँहरुलाई अवगत नै छ। संस्थाहरुमा सामाजिक सहभागिता , योगदान र अनुभवका आधारमा मैले एन आर एन ए नेदरल्यान्द्सको २०२१-२०२३ कार्यकालका लागि सदस्य पदको उम्मेदवार पदमा उम्मेदवारी दर्ता गराएको छु ।

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको नबौ महाधिबेशनका लागि सदस्य पदमा म बिबेक बास्तोला उम्मेदवारी घोषणा गरेको छु ।
म लामो समय देखी नेदरल्याण्डसमा बिभिन्न सामाजिक राजनीतिक सस्थाले गरेका सामाजिक सिपलाई अझ ससक्त रुपमा एन आर एन ए को सस्थामा बसी युबा ,खेलकुद ,बिधार्थी तथा बालबालिका लागि सस्थाले छुटाएका धेरै कामहरु लाई अझ सशक्त र पारदर्शिता गर्दै सस्थाले सस्थागत बिकासका योजनामा सहयोग गर्ने प्रतिबद्दता साथ उम्मेद्दवार घोषणा गरेको बताउनु भएको छ ।

गैर आवासिय नेपाली संघ नेदर्ल्यान्द्सको गरिमा एक इट्टा थप्ने अबसरको रुपमा यहाँहरुले मलाई सामाजिक काम गर्ने सुनौलो अबसर प्रदान गर्नु हुने छ भन्ने कुरामा म विश्वस्त छु ।नेदरल्यान्डसमा नयाँ तथा लामो समय देखी स्थापित समाजका विवेशशिल नेपालीहरुले बनाएका समरचनाहारुलाई मैले मेरो बिबेकले समाजको हितको लागि काम गर्ने छु । यस अभियान निमार्णको लागि हरेक सदस्यहरुले विवेकपुर्ण निर्णय लिनु हुनेछ भन्ने मैले विस्वास लिएको छु । सर्बसहमत तथा निर्वाचन प्रकिया मा आएको जुनसुकै निर्णयहरुलाई मैले जनमतका रुपमा स्वीकार गर्ने छु । पुन यहाँहरुको सहयोग सल्लाहा साथै सस्थाले स्थापित गरेका सामाजिक कार्यहरुलाई मुल मन्त्र ग्रहण गर्दै भाबी योजना यहाँहरु सँगै बनाउने प्रतिबद्धता गर्दछु ।
सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदी बहिनीहरुको माया ममता पाइनै रहेको अनुभुती गर्दै तपाईंहरुको सहयोग र साथको ठुलो अपेक्षा राख्दै आगामी कार्यकाल २०२१ – २३ का लागी सदस्य पदको उम्मेदवार पदमा तपाँइहरुको अमुल्य सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । साथै म विश्वस्त पनि छु कि यहाँहरुको अमुल्य अभिमत विवेकपुर्ण , स्वतन्त्र मेरो पक्षमा हुनेछ ।

बिबेक बास्तोला

सदस्य पदको उम्मेद्दवार
गैर आवासीय नेपाली संघ नेदरल्यान्द्स
(२०२१-२०२३)

Please follow and like us: