नयाँ कुरा,शुक्रबार ,आम्स्ट्रडम
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको नबौ महाधिबेशनका लागि सदस्य पदमा दिनेश अर्यालले उम्मेदवारी घोषणा गरेका छन ।
अर्याल लामो समय देखी नेदरल्याण्डसमा बिभिन्न सामाजिक राजनीतिक सस्थामा सिकेको सामाजिक सिपलाई एन आर एन ए को सस्थामा बसी युबा ,खेलकुद ,बिधार्थी तथा बालबालिका लागि सस्थाले छुटाएका धेरै कामहरु लाई अझ सशक्त र पारदर्शिता गर्दै सस्थाले सस्थागत बिकासका योजनामा सहयोग गर्ने प्रतिबद्दता साथ उम्मेद्दवार घोषणा गरेको बताउनु भएको छ ।
अपिल जस्ताको त्यस्तै-
आदरणिय नेदरल्यान्दबासी सम्पुर्ण आमा बुवा , दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक नमस्कार !
११ जुलाईमा २०२१ मा एनआरएनएन नेदर्ल्यान्द्सको नबौ महाधिबेशन संपन्न हुन गैइरहेको यहाँहरुलाई अवगत नै छ। संस्थाहरुमा सामाजिक सहभागिता , योगदान र अनुभवका आधारमा मैले एन आर एन ए नेदरल्यान्द्सको २०२१-२०२३ कार्यकालका लागि सदस्य पदको उम्मेदवार पदमा उम्मेदवारी दर्ता गराएको छु ।
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको नबौ महाधिबेशनका लागि सदस्य पदमा म दिनेश अर्याल उम्मेदवारी घोषणा गरेको छु ।
म लामो समय देखी नेदरल्याण्डसमा बिभिन्न सामाजिक राजनीतिक सस्थाले गरेका सामाजिक सिपलाई अझ ससक्त रुपमा एन आर एन ए को सस्थामा बसी युबा ,खेलकुद ,बिधार्थी तथा बालबालिका लागि सस्थाले छुटाएका धेरै कामहरु लाई अझ सशक्त र पारदर्शिता गर्दै सस्थाले सस्थागत बिकासका योजनामा सहयोग गर्ने प्रतिबद्दता साथ उम्मेद्दवार घोषणा गरेको बताउनु भएको छ ।
गैर आवासिय नेपाली संघ नेदर्ल्यान्द्सको गरिमा एक इट्टा थप्ने अबसरको रुपमा यहाँहरुले मलाई सामाजिक काम गर्ने सुनौलो अबसर प्रदान गर्नु हुने छ भन्ने कुरामा म विश्वस्त छु ।नेदरल्यान्डसमा नयाँ तथा लामो समय देखी स्थापित समाजका विवेशशिल नेपालीहरुले बनाएका समरचनाहारुलाई मैले मेरो बिबेकले समाजको हितको लागि काम गर्ने छु । यस अभियान निमार्णको लागि हरेक सदस्यहरुले विवेकपुर्ण निर्णय लिनु हुनेछ भन्ने मैले विस्वास लिएको छु । सर्बसहमत तथा निर्वाचन प्रकिया मा आएको जुनसुकै निर्णयहरुलाई मैले जनमतका रुपमा स्वीकार गर्ने छु । पुन यहाँहरुको सहयोग सल्लाहा साथै सस्थाले स्थापित गरेका सामाजिक कार्यहरुलाई मुल मन्त्र ग्रहण गर्दै भाबी योजना यहाँहरु सँगै बनाउने प्रतिबद्धता गर्दछु ।
सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदी बहिनीहरुको माया ममता पाइनै रहेको अनुभुती गर्दै तपाईंहरुको सहयोग र साथको ठुलो अपेक्षा राख्दै आगामी कार्यकाल २०२१ – २३ का लागी सदस्य पदको उम्मेदवार पदमा तपाँइहरुको अमुल्य सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । साथै म विश्वस्त पनि छु कि यहाँहरुको अमुल्य अभिमत विवेकपुर्ण , स्वतन्त्र मेरो पक्षमा हुनेछ ।
दिनेश अर्याल
सदस्य पदको उम्मेद्दवार
गैर आवासीय नेपाली संघ नेदरल्यान्द्स
(२०२१-२०२३)