नयाँ कुरा,शुक्रबार ,आम्स्ट्रडम
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको नबौ महाधिबेशनका लागि सह कोषाध्यक्ष पदमा रेखा घिमिरे अधिकारीले उम्मेदवारी घोषणा गरेकी छन ।
घिमिरे लामो समय देखी नेदरल्याण्डसमा ब्यवसायका साथ साथै बिभिन्न सामाजिक राजनीतिक सस्थामा सिकेको सामाजिक सिपलाई एन आर एन ए को सस्थामा बसी अझ आर्थिक पारदर्शिता गर्दै सस्थाले सस्थागत बिकासका योजनामा सहयोग गर्ने प्रतिबद्दता साथ उम्मेद्दवार घोषणा गरेको बताउनु भएको छ ।
अपिल जस्ताको त्यस्तै-
आदरणिय नेदरल्यान्दबासी सम्पुर्ण आमा बुवा , दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक नमस्कार !
११ जुलाईमा २०२१ मा एनआरएनएन नेदर्ल्यान्द्सको नबौ महाधिबेशन संपन्न हुन गैइरहेको यहाँहरुलाई अवगत नै छ। संस्थाहरुमा सामाजिक सहभागिता , योगदान र अनुभवका आधारमा मैले एन आर एन ए नेदरल्यान्द्सको २०२१-२०२३ कार्यकालका लागि सह -कोषाध्यक्ष पदको उम्मेदवार पदमा उम्मेदवारी दर्ता गराएको छु । गैर आवासिय नेपाली संघ नेदर्ल्यान्द्सको गरिमा एक इट्टा थप्ने अबसरको रुपमा यहाँहरुले मलाई सामाजिक काम गर्ने सुनौलो अबसर प्रदान गर्नु हुने छ भन्ने कुरामा म विश्वस्त छु ।नेदरल्यान्डसमा नयाँ तथा लामो समय देखी स्थापित समाजका विवेशशिल नेपालीहरुले बनाएका समरचनाहारुलाई मैले मेरो बिबेकले समाजको हितको लागि काम गर्ने छु । यस अभियान निमार्णको लागि हरेक सदस्यहरुले विवेकपुर्ण निर्णय लिनु हुनेछ भन्ने मैले विस्वास लिएको छु । सर्बसहमत तथा निर्वाचन प्रकिया मा आएको जुनसुकै निर्णयहरुलाई मैले जनमतका रुपमा स्वीकार गर्ने छु । पुन यहाँहरुको सहयोग सल्लाहा साथै सस्थाले स्थापित गरेका सामाजिक कार्यहरुलाई मुल मन्त्र ग्रहण गर्दै भाबी योजना यहाँहरु सँगै बनाउने प्रतिबद्धता गर्दछु ।
सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदी बहिनीहरुको माया ममता पाइनै रहेको अनुभुती गर्दै तपाईंहरुको सहयोग र साथको ठुलो अपेक्षा राख्दै आगामी कार्यकाल २०२१ – २३ का लागी सह -कोषाध्यक्ष पदको उम्मेदवार पदमा तपाँइहरुको अमुल्य सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । साथै म विश्वस्त पनि छु कि यहाँहरुको अमुल्य अभिमत विवेकपुर्ण , स्वतन्त्र मेरो पक्षमा हुनेछ ।
रेखा घिमिरे अधिकरी
सह -कोषाध्याक्ष पदको उम्मेद्दवार
गैर आवासीय नेपाली संघ नेदरल्यान्द्स
(२०२१-२०२३)