गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको नबौ महाधिबेशनका लागि सचिब पदमा पेमा लामाले उम्मेदवारी घोषणा

 

नयाँ कुरा,शुक्रबार ,आम्स्ट्रडम

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको नबौ महाधिबेशनका लागि सचिब पदमा पेमा लामाले उम्मेदवारी घोषणा गरेका छन ।

लामाले एन आर एन ए सबै नेपाली अट्ने साझा र समाबेसी संस्था हुनु पर्छ र बनाउन आफु लागि पर्ने बाताएका छन । लामा स्पस्ट खुल्ला धारण राख्ने व्यक्ति , सबैलाई समान सम्मान व्यवहार गर्ने र लोकतन्त्रमा विश्वास गर्ने व्यक्ति भएको बताउछन ।

लामा एन आर एन ए संस्थामा आउनुको मुल उद्धेश्य, संस्थाम सुधार ल्याउनु , आम नेपालीको विश्वास जित्दै संस्था प्रति माया जगाउनु , नेपाल र नेपालीको सेवा गर्नु , युवाहरुको सिप, शिक्षा, र अनुभब नेपाल सम्म पुर्याउने प्रयत्न गर्दै नेपालको बिकासमा मद्घत गर्नु, नेपालीहरुको धर्म, पहिचान र संस्कारको जगेर्ना गर्ने योजना सहित सचिब पदमा उम्मेद्द्वारी दर्ता गराएका छन ।

प्रवासमा रहदा आफुले आर्जन गरेको सामाजिक राजनैतिक अनुभबलाई प्रवासको ब्यस्त समय लाई ब्यबस्थित गर्दै सचिब पदमा उमेद्दवारी बिशेष रुपमा लिईएको छ । लामा भन्छन मेरो सरल स्वभाब सामाजिक अनुभब लाई समपूर्ण पन्जिकृत सदस्यहरुलाइ बिजय गराउन घोषणा पत्र मार्फत अपिल गरेका छन ।

 

 

 

May be an image of Pema Lama and text

आदरणीय नेदरल्याण्डबासी नेपाली दाजु भाई तथा दिदीबहिनीहरु सर्बप्रथम म पेमा लामाको तर्फबाट यहाँहरु सबैलाई सादर नमस्कार।

म नेदरल्याण्ड आएको लगभग ५ बर्षमा लाग्दैछ । यसै क्रममा यहाँ हुँदा या नेपाल हुँदा देखिनै विभिन्न सामाजिक कार्यहरुमा सक्रिय हुँदै आएको छु। सामाजिक काम एउटा नसा जस्तो हुँदो रहेछ भनौ या आदत नै, म यो क्षेत्र बाट टाढा हुनै सकेन बरु झन झन रुचि बढ़दै पो गयो। आफ्नो मातृभूमि देखि टाढा भएपछि त झन् आफ्नो भाषा र संस्कार प्रति पनि उतिनै माया मोह बढ्दै गयो। भनिन्छ नि जुन चिज या बस्तुको महत्व बढ्दै जान्छ, जब आफु देखि टाढा हुन्छ। यस्तै – यस्तै कुराहरुले पिरोलेको कारणले म लगायत सम्पूर्ण तामांग साथीहरु मिलेर तामांग समाज नेदरल्याण्डको स्थापना गरियो र आफ्नो भाषा , पहिचान र संस्कारको प्यास मेटाईयो। यो एउटा उदहारण मात्रै हो , यहाँ र नेपालमा हुँदा विभिन्न सामाजिक कार्यहरुमा संग्लग्न जनाउंदै , विभिन्न प्रोजेक्टहरु स्थापना गरियो, अपांग- सुस्त मनस्थितिहरुलाई गृहबासको स्थपना देखि, शिक्षा,स्वास्थ्य,महिला ससक्तिकरण कार्यक्रमहरु धेरैमा काम गरेको छु र निरन्तर पनि गर्दै छु। पेशागत भन्नु पर्दा म फर्मासेउटिकल क्षेत्रमा कार्यरत छुI

एक नेपाली पटकको नेपाली सधैको नेपाली भन्ने नारा यतिकै निस्केको होइन। यसमा धेरै मातृभूमि र नेपालप्रति भावनात्मक कुरा जोडेको छ। फलस्वरुप गैरअबसिय नेपाली संघको उत्पन्न हुन गएको कुरा यहाँहरु सबैलाई अवगत नै छ। यो संस्था पनि यत्तिकै क्षणिक भरमा स्थापना भएको होइन हाम्रो अग्रजहरुको धेरै अथक मिहेनत र प्रयासले भएको हो। म नौलो हुं ,गैरअवासिय नेपाली संघ बारेमा कुरा गर्दा तर यस भित्र को अर्थ , उद्देस्य र मातृभूमि प्रतिको माया र स्नेहलाई अनुभूति गर्ने हो भने मलाई आफ्नै सानो घर जस्तो लाग्छ र म सबैलाई यो संस्थाको सदस्य बन्नु हुन हार्दिक अनुरोध गर्छु । म यहि सानो घरमा बसी आफूभन्दा सानोलाई माया र सदभाब र अग्रजलाइ आदर दिएर सन्तपूर्ण गैरअवासिय जिबन बिताउन चाहन्छु तसर्थ हामी सबै मिलेर बसौं, एकले अर्कालाई सहयोग गर्दै अगाडी बढौं,आफुले जानेको कुरा अरुलाई सिकाउँ र नजानेको कुरा सिकौं एन आर एन ए सस्था (घर) लाइ माया गरौँ ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदको नवौं राष्ट्रिय महाधिबेशन ११ जुलाई २०२१ मा सम्पन्न हुँदै छ र मैलेपनि आफ्नो उम्मेदारी सचिब पदमा घोषणा गरेको छु। NRNA सबै नेपालीको साझा संस्था हो र हुनु पर्छ। कसैले आफु अनुकुल बनाउन प्रयास गर्ला तर त्यस्तो सोचले दिर्घकालिन रुपमा काम गर्दैन। तसर्थ एन आर एन ए सबै नेपाली अट्ने साझा र समाबेसी संस्था हुनु पर्छ र बनाउनु पर्छ। म एकदम खुल्ला धारण राख्ने व्यक्ति , सबैलाई सम्मान व्यवहार गर्नु पर्छ र लोकतन्त्रमा विश्वास गर्ने व्यक्ति हुं । मेरो यस संस्थामा आउनुको मुल उद्धेश्य, संस्थाम सुधार ल्याउनु , आम नेपालीको विश्वास जित्दै संस्था प्रति माया जगाउनु , नेपाल र नेपालीको सेवा गर्नु , युवाहरुको सिप, शिक्षा, र अनुभब नेपाल सम्म पुर्याउने प्रयत्न गर्दै नेपालको बिकाश गर्नु, नेपालीहरुको धर्म, पहिचान र संस्कारको जगेर्ना गर्नु। मलाई लाग्छ येही आउने (२१/२३) को कार्यकालको लागि मलाई यहांहरुले भोट दिइ भारी मतकासाथ सचिब पदमा बिजय गराउनु हुनेछ भन्ने विश्वास गरेको छु। धन्यबाद।।

भवदिय,
पेमा लामा
सचिब पदको प्रत्यासी
(२०२१-२०२३ )

Please follow and like us: