गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको अध्यक्ष पदमा म्याग्दिका मिम पुर्जाले उम्मेदवारी घोषणा

नयाँ कुरा,शुक्रबार ,आम्स्ट्रडम

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको  नबौ महाधिबेशनका  लागि अध्यक्षमा म्याग्दिका मिम पुर्जाले  उम्मेदवारी घोषणा गरेका छन ।

युबा ब्यबसायि पुर्जाले  “एनआरएनमा नयाँ मार्ग नयाँ उर्जा, एक पटकलाई मिम पुर्जा” भन्दै प्रचार प्रसारमा लागेका छन ।

पुर्जाले  लामो समय देखी बिभिन्न  सामाजिक संघ सस्थाहरुमा सकृय भूमिका निर्वाह गरी सकेका छन । एन आर एन ए  नेदरल्याण्ड्सको पूर्व कोषाध्यक्ष (२०१७-२०१९ )पदमा आर्थिक पारदर्शिता ,निषपक्षता र स्पस्टताका साथ सफल कार्यकालको जिम्मेवारी पुरा गरेको दाबी गर्छन् ।
२०१९-२०२१ एन आर एन ए नेदरल्याडसको बर्तमान बरिष्ठ उपाध्यक्ष पदमा रही सस्थामा भईइरहेका,भैसकेका र गर्न सक्ने सामाजिक कार्यहरुको अध्ययन पनि निरन्तर रुपमा नजिकै बाट गरिरहेको बताउछन ।
मोना नेदरल्याडसको पूर्व महा सचिब ,मोना अन्तरराष्ट्रिय केन्द्रिय महासचिब र मोना अन्तरराष्ट्रिय केन्द्रिय बर्तमान बरिस्ठ उपाध्यक्ष ,नेदरल्याण्डस जन सम्पर्क समितिको कार्य समिती सदस्य रही यो समाजको सेवा पनि गरी सकेको बताउछन ।

प्रवासमा रहदा आफुले आर्जन गरेको सामाजिक राजनैतिक अनुभबलाई प्रवासको ब्यस्त समय लाई ब्यबस्थित गर्दै  गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको अध्यक्ष पदमा उमेद्दवारी बिशेष रुपमा लिईएको छ । पुर्जा भन्छन मेरो सरल स्वभाब, सामाजिक कामको अनुभब लाई ब्यबस्थित गर्दै  सामाजिक काम गर्ने अबसरका लागि ५०५ पन्जिकृत सदस्यहरुले  मतदान गरि बिजय गराउन घोषणा पत्र मार्फत अपिल गरेका छन ।

May be an image of Mim Purja and text

अपिल जस्ताको त्यस्तै-
गैर आवासीय नेपाली संघ नैदरल्याण्डसको अध्यक्षमा उम्मेद्वारी घोषणा !!!
“एनआरएनमा नयाँ मार्ग नयाँ उर्जा, एक पटकलाई मिम पुर्जा”
समआदरणिय नैदरल्याण्डवासी सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा नमस्कार,
एनआरएनए नैदरल्याण्डको आगामी अधिवेसन ११ जुलाईमा हुन गैरहेको यहाँहरु सवैलाई सर्ववितिै छ । अग्रजहरु र सकल नेपाली समुदायले संस्थालाई पुर्याउनु भएको योगदानलाई उच्च सम्मान गर्दछु । यद्यपी धेरै कुरा भएका छन् तरपनि धेरै कुरा गर्नु पर्ने पनि भएको हामी सवैले महसुस गरेको विषय हो ।
एनआरएन नेदरल्याण्डलाई कुनै दल विषेश, समुह विषेश, क्षेत्र विषेश र जातिय विषेश भन्दा पनि सवै गैर आवासीय नेपालीहरुको अपनत्व महसुस गर्न सक्ने एनआरएन बन्न सकेको छैन । यस संस्थालाई कुनै एक अमुक समुहले यो या त्यो तरिकाबाट आफ्नो अनुकुल प्रयोग भै रहेको नेपाली सुमदायको गम्भिर चिन्ता र चित्त दुखाईको विषय बनेको छ । यो प्रवृतिको अन्त्य पनि मेरो ध्येय हो ।
गैर आवासीय नेपाली संघको नेतृत्व गर्नु भएका पुर्व अध्यक्षज्यूहरु, एनआरएनए आइसीसी सदस्यहरु र विभिन्न क्षेत्रिय, सामुदायिक र राजनैतिक आधारित संस्थाहरु, र समाजका अग्रज समाजसेवीहरु र स्वतन्त्र व्यक्तिहरुको विशुद्ध सामाजिक एनआरएन बनाउनको लागि मेरो नेतृत्वलाई समर्थन रहेको उहाँहरुको सहयोग र सद्भाव र विश्वासमा उम्मेद्वारी घोषण गरेको यहाँहरुलाई सहर्ष जानकारी गराउन चाहान्छु ।
विभिन्न पेशामा विषेशज्ञता हाँसिल गरेका, सवै समुदाय, क्षेत्र समेत्दै समाजमा केहि गर्ने इच्छ्या र क्षमता राख्ने मित्रहरुलाई संलग्न गराई समावेसी समुह बनाउने र आगामी २ वर्षका लागि विशिष्ट लक्ष्यहरु र एनआरएनए नैदरल्याण्ड्सले गर्न सक्ने दिर्घकालिन योजनाका केही आधाभुत एजेण्डा सहित केहि दिनमा कार्ययोजना र समुह घोषणा गर्ने छौं ।
आगामी २१ २३ का लागि मैले मेरो नेतृत्वलाई निर्विवाद देखेको छु । र सर्वसहमतिमा कार्यसमिति र कार्ययोजना बनाउनका लागि सवैमा विनम्र अनुरोध गर्दछु । यद्यपी अन्य मित्रहरुको संस्था प्रति केहि गर्छु भन्ने भावानालाई पनि सम्मान गर्दछु । हामीले जानेको लोकतन्त्र पनि यहि हो । आम सहमति हुन नसकेमा लोकतान्त्रिक पद्धतिलाई अवलम्बन गर्दै निश्पक्ष निर्वाचनबाट नेतृत्व चयन गर्ने प्रकृयालाई पनि सहज स्वीकार गर्दछु ।
आम समुदायको विश्वास रहेमा नेतृत्व गर्दै संस्थालाई एउटा उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्दछु । प्रतिकुल नतिजा आए पनि गुण र दोषको आधारमा आउने नेतृत्वलाई सहयोग र आलोचना गर्ने नै छु ।
अन्तमा “एनआरएनमा नयाँ मार्ग नयाँ उर्जा, एक पटकलाई मिम पुर्जा” भन्दै आम नेपाली समुदायलाई सहयोगको लागि हार्दिक अनुरोध गर्दछु ।
मिम पुर्जा
अध्यक्षको प्रत्यासी
गैर आवासीय नेपाली संघ नैदरल्याण्ड
Please follow and like us: