गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको महासचिब पदमा बागलुङकी सिता कुमारी क्षेत्रीको घोषणा

नयाँ कुरा,शुक्रबार ,आम्स्ट्रडम,

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको महासचिब पदमा बागलुङमा लामो समय शिक्षण पेशा सामाजिक संघ सस्थाहरुमा रहदा आफुले आर्जन गरेको सामाजिक राजनैतिक अनुभबलाई प्रवासको ब्यस्त समय लाई ब्यबस्थित गर्दै महासचिब पदमा पहिलो महिला सिता कुमारी क्षेत्रीको उमेद्दवारी बिशेष रुपमा लिईएको छ । क्षेत्री भन्छिन मेरो सरल स्वभाब सामाजिक अनुभबका आधारमा  सामाजिक काम गर्ने छु  । महा सचिब पदमा मतदान गरि समपूर्ण पन्जिकृत सदस्यहरुलाइ बिजय गराउन घोषणा पत्र मार्फत अपिल गरेकि छिन ।

May be an image of Sita Thapa and text

अपिल जस्ताको त्यस्तै-

 

आदरणिय नेदरल्यान्डसवासी सम्पुर्ण आमा बुवा , दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक नमस्कार !
११ जुलाईमा २०२१ मा एनआरएनएन नेदरल्यान्डसको नबौ महाधिबेशन संपन्न हुन गैइरहेको यहाँहरुलाई अवगत नै छ । म वाल्यकालदेखि नै सामाजिक,राजनैतीक,शैक्षिक संस्थाहरुमा सामाजिक सहभागिता , योगदान र अनुभवका आधारमा मैले एन आर एन ए नेदरल्यान्डसको २०२१-२०२३ कार्यकालका लागि महासिचव पदमा उम्मेदवारी दर्ता गराएको छु । गैर आवासिय नेपाली संघ नेदरल्यान्डसको गरिमा एक इट्टा थप्ने अबसरको रुपमा यहाँहरुले मलाई सामाजिक काम गर्ने सुनौलो अबसर प्रदान गर्नु हुने छ भन्ने कुरामा म विश्वस्त छु ।नेदरल्यान्डसमा नयाँ तथा लामो समय देखी स्थापित सामाजिक सास्कृतिक बिध्यार्थी ब्यवसाय संघ सस्था तथा समाजका विवेशशिल नेपालीहरुले बनाएका समरचनाहारुलाई मैले मेरो बिबेकले समाजको बृहत्तर हितका लागि काम गर्ने छु । यस अभियान निमार्णको लागि हरेका पंजिकृत सदस्यहरुले विवेकपुर्ण निर्णय लिनु हुनेछ भन्ने मैले विस्वास लिएको छु । सर्बसहमत तथा निर्वाचन प्रकिया लाई लोकतान्त्रिक अभ्यासको रुपमा आएको जुनसुकै निर्णयहरुलाई मैले जनमतका रुपमा स्वीकार गर्ने छु । पुन यहाँहरुको सहयोग सल्लाहा साथै सस्थाले स्थापित गरेका सामाजिक कार्यहरुलाई “नेपालीका लागि नेपाली” मुल मन्त्र ग्रहण गर्दै भाबी योजना यहाँहरु सँगै बनाउने प्रतिबद्धता गर्दछु ।
आगामी कार्यकाल २०२१ – २३ का लागि महासचिव पदमा तपाँइहरुको अमुल्य सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । साथै म विश्वस्त पनि छु कि यहाँहरुको अमुल्य अभिमत विवेकपुर्ण , स्वतन्त्र मेरो पक्षमा हुनेछ ।

सिता कुमारी क्षेत्री
महासचिव पदको उम्मेद्दवार
गैर आवासीय नेपाली संघ नेदरल्यान्डस
(२०२१-२०२३)

Please follow and like us: