नयाँ कुरा ,,बुधबार ३० जुन ,आमस्ट्रडम
गैर आवासिय नेपालि संघ नेदर्ल्यान्द्सको नबौ महाधिबेशनका लागि निर्वाचन समितिले २८ जुन देखि ३० जुन साझ ५ बजे सम्म इच्छुक ५०५ पन्जिक्रित सदस्यहरु बाट उम्मेद्बवारी माग गरेको थियो । निर्वाचन समितिले दिएको निर्धारित समय बुधवार साझ ५ बजे सकिएको छ । संघको नेत्रित्वका लागि बिभिन्न पदमा जम्मा ३६ जनाले उम्मेद्वारि दर्ता गराएका छन ।
निर्वाचन समितिमा दर्ता उम्मेद्द्वारहरुको बिबरण -स्रोत निर्वाचन समिति
नबौ महाधिबेशनका लागि तीन जना उम्मेद्दवार निर्बिरोध भएका छन । महिला सम्योजक चन्दना खड्का,नर्थ होल्याण्डस सम्योजक सुरेश श्रेष्ठ ,लिमबर्ग सम्योजक सुवास पराजुली निर्बिरोध भएका हुन । निर्वाचन समितिमा १ जुन २०२१ सम्म कुनै दाबी बिरोध न परेको खण्डमा निर्वाचन समितिले निर्बिरोध निर्वाचित घोषणा गर्ने छ ।
११ जुलाई २०२१ का लागि संघको महाधिबेशन मिति तय गरिएको छ । सर्बसहमत हुन नसकेमा ११ जुलाईका दिन संघका ५०५ जना पँजिकृत सदस्यहरुले मतदान बाट दुई बर्षका लागि कार्यसमिति चयन गर्ने छन ।
विश्वस्त स्रोतकानुसार उम्मेदवारी दर्ता पछि पनि सहमतिका लागि अझै सहज वातावरण बन्न सक्ने बताईएको छ् । समाजका अगुवा सामाजिक अभियान्ताहरु सर्बसहमतका लागि निरन्तर पहल गरिरहने हाम्रा सम्बाददातालाई सुचना प्राप्त भएको छ ।
कुनै उम्मेद्द्वार प्रति दाबि बिरोध भएमा १ जुलाई २०२१ साझ ५ बजे सम्म लाई निर्वाचन समितिले समय निर्धारण गरेको छ । निर्वाचन समितिले २ जुलाई २०२१ का दिन साझ ५ बजे अन्तिम उम्मेदवारहरुको नामावालि प्रकाशन गर्ने तालिका छ ।
दर्ता भएका कुनै उम्मेदवारहरुले आफ्नो उमेदवार फिर्ता गर्न चाहेमा ३ जुलाई देखि ५ जुलाई साझ ५ बजे सम्म निर्वाचन समितिलाई जानाकारि गराउने सक्ने छन ।
भने संघको महाधिबेशन ११ जुलाई २०२१ का दिन आमस्ट्रडम मा हुने छ । सर्ब – सहमत हुन न सकेमा ११ जुलाई २०२१ का दिन १० बजे देखि ५ बजे सम्म निर्वाचन हुने छ ।