एन आर एन ए नेदरल्यान्डसको निर्वाचन समितिले सदस्यता बितरणमा अनियमितता भएको ठहर गर्दै स्पष्टिकरण माग

नयाँ कुरा,आम्स्ट्रडम,बिहिबार-

एन आर एन ए नेदरल्यान्दसको नबौ महाधिबेशनका लागि अनलाईन मार्फत पन्जिकृत् सदस्यता बितरण शुल्कमा अनियमितता भएको निर्वाचन समितिको बुधबार बसेको बैठकले ठहर गरेको छ ।

निर्वाचनलाई प्रभाबित पार्ने रणनितिनुसार केही ब्यक्तीहरुको खाता बाट धेरै सदस्यहरुको शुल्क प्राप्त भएको पाईएकोले सम्बन्धित ब्यक्तीहरु लाई लिखित सोधपुछ गर्ने बुधवार बसेको निर्वाचन समितिको पूर्ण बैठकले निर्णय गरेको छ ।

निर्वाचन समितिले महाधिबेशनमा यि र यस्ता निर्वाचन् लाई प्राभाबित् पार्ने हेर्दा सामान्य तर कानुनिरुपमा जघन्य अपराध पुन नदोहोरिउन् भनी सर्बसाधारणले बुझ्ने गरी स्पष्टिकरण सोधने अग्रगामि निर्णय भनेको छ ।

केही ब्यक्तीहरुको खाता बाट धेरै सदस्यहरुको शुल्क प्राप्त भएको पाईएकोले सम्बन्धित ब्यक्तीहरुका कागजपत्रहरु पनि किर्ते हुन सक्ने पन्जिकृत सदस्यता नामावाली लिस्टमा कसैले उजुरी गर्न पर्ने देखिएमा निर्वाचन समितिलाई ईमेल-ec.nrnanl.21@gmail.com मार्फत जानकारी गराउन भनिएको छ ।

निर्वाचन समितिको निर्णय-

 

No description available.

 

२५ जुन सम्म पन्जिकृत सदस्यहरु कसैले ब्यक्तिगत विवरणलाई गोपनियता राखन चाहेमा पनि ब्यबस्था गर्न सकिने निर्वाचन सम्योजक फडिन्द्र पन्तले हाम्रा सम्बाददाता लाई जानकारी गराउनु भएको छ ।

No description available.

आगामी दिनहरुमा निर्वाचन लाई प्रभाबित पार्न सक्ने सम्भाबित अन्य अनियमितताको प्रयास गर्न् खोज्ने ब्यक्ति समुह लाई कडा भन्दा कडा कार्वाही गर्न सकिने गरी निर्वाचन अचार सम्हिता पनी सार्वजनिक गर्ने निर्णय गरेको छ् ।

निस्पक्ष, स्वतन्त्र, धाधलिरहित् निर्वाचन गराउने जिम्मेवारि निर्वाचन समितिले बोध गर्दै राष्ट्रिय कानुनको पालनाका लागि पनि अनुरोध गरेको छ ।

Please follow and like us: