एन आर एन ए नेदरल्यान्दसको नबौ महाधिबेशनका अध्यक्ष र आई सि सि पदका प्रत्यासीहरुको उम्मेद्बारी छुट्टा छुट्टै घोषणा

नयाँ कुरा ,आमस्त्रडम, बुधवार-

एन आर एन ए नेदरल्यान्दसको (२०२१ २०२३ ) नबौ महाधिबेशनका लागि अध्यक्षमा मिम पुर्जा – पदम बहादुर क्षेत्री,र आई सि सि पदका लागि टिकाराम सापकोटा -अचुत कट्टेलले उम्मेद्बारी घोषणा सार्बजनिक गरेका छन ।

गैर आवासिय नेपालि संघ नेदर्लयान्दसको नबौ माहधिबेशन ११  जुलाई २०२१का दिन  हुन गईरहेको छ। मंगलबार लुम्बिनी रेस्टुरेन्ट आम्स्ट्रडममा आफ्ना समर्थकको सामुहिक भेला गरी अध्यक्ष पदमा पदम बहादुर क्षेत्रीले  र अचुत कट्टेल ले आ ई सि सि पदको लाई उम्मेद्बारी घोषणा गरेका हुन भने सामाजिक सन्जाल फेसबुक मार्फत मिम पुर्जा अध्यक्ष र टिकाराम सापकोटाले आई ,सि,सि, पदमा आ आफ्नो उम्मेद्वारि घोषणा गरेका छन।

संघमा ५०५ पन्जिकृत् सदस्य रहेका छन । निर्वाचनको लागि तिन हप्ता मात्र बाकि रहदा सम्म अझै पनि कार्यसमितिको पुरा खाका सार्बजानिक किन हुन सकिरहेको छैन भन्ने हाम्रा सम्बाददाताले समाजका बिभिन्न बर्ग समुह लाई प्रश्न राख्दा कार्यसमिति अझै पनि गतबर्ष जस्तै सर्बसहमतिमै बनाउन समाजका सबै बर्ग् ,ब्यबसायी ,बिद्यार्थी, क्षेत्र, जात- जाति, समुहहरु बिच् औपचारिक् साथै अनौपाचारिक् छलफल भैइरहेको जानाकारि प्राप्त भएको छ ।

गत बर्ष झै सर्बसहमती हुन सकेन भने ११ जुलाई २०२१का दिन संघका ५०५ सदस्यहरुले प्रजातान्त्रिक प्रणाली मार्फत मतदान गरी कार्यसमिती छान्ने छन ।

 

अध्यक्ष पदका लागि मिम पुर्जाको सामाजिक सन्जालमा घोषित उम्मेद्बारीको घोषणा पत्र जस्ताको त्यस्तै
May be an image of Mim Purja
गैर आवासीय नेपाली संघ नैदरल्याण्डसको अध्यक्षमा उम्मेद्वारी घोषणा !!!
“एनआरएनमा नयाँ मार्ग नयाँ उर्जा, एक पटकलाई मिम पुर्जा”
समआदरणिय नैदरल्याण्डवासी सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा नमस्कार,
एनआरएनए नैदरल्याण्डको आगामी अधिवेसन ११ जुलाईमा हुन गैरहेको यहाँहरु सवैलाई सर्ववितिै छ । अग्रजहरु र सकल नेपाली समुदायले संस्थालाई पुर्याउनु भएको योगदानलाई उच्च सम्मान गर्दछु । यद्यपी धेरै कुरा भएका छन् तरपनि धेरै कुरा गर्नु पर्ने पनि भएको हामी सवैले महसुस गरेको विषय हो ।
एनआरएन नेदरल्याण्डलाई कुनै दल विषेश, समुह विषेश, क्षेत्र विषेश र जातिय विषेश भन्दा पनि सवै गैर आवासीय नेपालीहरुको अपनत्व महसुस गर्न सक्ने एनआरएन बन्न सकेको छैन । यस संस्थालाई कुनै एक अमुक समुहले यो या त्यो तरिकाबाट आफ्नो अनुकुल प्रयोग भै रहेको नेपाली सुमदायको गम्भिर चिन्ता र चित्त दुखाईको विषय बनेको छ । यो प्रवृतिको अन्त्य पनि मेरो ध्येय हो ।
गैर आवासीय नेपाली संघको नेतृत्व गर्नु भएका पुर्व अध्यक्षज्यूहरु, एनआरएनए आइसीसी सदस्यहरु र विभिन्न क्षेत्रिय, सामुदायिक र राजनैतिक आधारित संस्थाहरु, र समाजका अग्रज समाजसेवीहरु र स्वतन्त्र व्यक्तिहरुको विशुद्ध सामाजिक एनआरएन बनाउनको लागि मेरो नेतृत्वलाई समर्थन रहेको उहाँहरुको सहयोग र सद्भाव र विश्वासमा उम्मेद्वारी घोषण गरेको यहाँहरुलाई सहर्ष जानकारी गराउन चाहान्छु ।
विभिन्न पेशामा विषेशज्ञता हाँसिल गरेका, सवै समुदाय, क्षेत्र समेत्दै समाजमा केहि गर्ने इच्छ्या र क्षमता राख्ने मित्रहरुलाई संलग्न गराई समावेसी समुह बनाउने र आगामी २ वर्षका लागि विशिष्ट लक्ष्यहरु र एनआरएनए नैदरल्याण्ड्सले गर्न सक्ने दिर्घकालिन योजनाका केही आधाभुत एजेण्डा सहित केहि दिनमा कार्ययोजना र समुह घोषणा गर्ने छौं ।
आगामी २१ २३ का लागि मैले मेरो नेतृत्वलाई निर्विवाद देखेको छु । र सर्वसहमतिमा कार्यसमिति र कार्ययोजना बनाउनका लागि सवैमा विनम्र अनुरोध गर्दछु । यद्यपी अन्य मित्रहरुको संस्था प्रति केहि गर्छु भन्ने भावानालाई पनि सम्मान गर्दछु । हामीले जानेको लोकतन्त्र पनि यहि हो । आम सहमति हुन नसकेमा लोकतान्त्रिक पद्धतिलाई अवलम्बन गर्दै निश्पक्ष निर्वाचनबाट नेतृत्व चयन गर्ने प्रकृयालाई पनि सहज स्वीकार गर्दछु ।
आम समुदायको विश्वास रहेमा नेतृत्व गर्दै संस्थालाई एउटा उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्दछु । प्रतिकुल नतिजा आए पनि गुण र दोषको आधारमा आउने नेतृत्वलाई सहयोग र आलोचना गर्ने नै छु ।
अन्तमा “एनआरएनमा नयाँ मार्ग नयाँ उर्जा, एक पटकलाई मिम पुर्जा” भन्दै आम नेपाली समुदायलाई सहयोगको लागि हार्दिक अनुरोध गर्दछु ।
मिम पुर्जा
अध्यक्षको प्रत्यासी
गैर आवासीय नेपाली संघ नैदरल्याण्ड
आ सि सि पदका लागि टिकाराम सापकोटाको सामाजिक सन्जालमा घोषित उम्मेद्बारीको घोषणा पत्र जस्ताको त्यस्तै 
May be an image of Tikaram Sapkota and standing
गैर आवासीय नेपाली संघ नेदरल्याण्डस् को आई.सि.सि. ( २०२१- २०२३ )( ICC ) मा उम्मेद्वारी घोषण !!!
आदरणीय नेदरल्याण्ड्स्थित सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु ,
बिगत लामो समयदेखि विभिन्न संघ, संस्थाका अतिरिक्त एनआरएनको विभिन्न गतिवीधिहरुमा समेत निरन्तर क्रियाशील छु l आगामी ११ जुलाई २०२१ का दिन हुन गइरहेको गैर-आवासीय नेपाली सघ, राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको राष्ट्रिय महाधिवेशनवाट आउने नयाँ नेतृत्वमा मैले सबै संघ,सस्था र संघसँग सम्बन्धित सबै क्षेत्रका अग्रज साथीहरुसँगको छलफल, सुझाब, सल्लाह पश्चात आफुलाई संघको आई.सि.सि. पदकोलागि उम्मेद्वारको रुपमा घोषणा गरेको छु।
गैर आवसिय नेपाली संघ, प्रवासमा रहेका नेपालीहरुको हक हितको लागि र प्रवासमा हामीले आर्जन गरेको ज्ञान, शिप र धन नेपालको विकासको लागि कसरी प्रयोग गर्न सकिन्छ भन्ने उद्धेश्यको का साथ गठन गरिएको संस्था हो । यो संस्थाको विकास र विस्तारको लागि विभिन्न व्यक्तिहरुको महत्वपुर्ण भुमिका रहेको हामी भुल्न सक्दैनौ । हाल विविध कारण आफ्नो उद्धेश्यवाट विमुख हुन खोजीरहेको यो संस्थालाई सहि ट्रयाकमा ल्याउनलाई पहल गर्ने उद्धेश्य मुताविक म यो पटक “आईसिसि सदस्यको” उम्मेदवारको रुपमा खडा भएको हुँ । यो प्रवासमा रहेका सम्पुर्ण नेपालीहरुको सामाजिक संस्था हो याहॅा कोही पक्ष प्रतिपक्ष हुदैन मात्र नेतृत्वको आकाक्षीको संख्या आवस्यक भन्दा वढी भयो भने प्रजातान्त्रिक विधि द्वारा सौहाद्रपुर्ण प्रतिस्पर्धा हुन्छ र विजयी हुनेले नेतृत्व गर्छन पराजित हुनेले नेतृत्वले दिएको जिम्मेवारीको भुमिका निर्वाह गर्छन समाजमा रहेका केहि समुदायसंग अझै पनि जोडिन सकिएको छैन निरन्तर प्रयत्न गरि रहेको छु l कहिँ कतै छुट्नु भएका आत्मीय मनहरुसंग प्रतक्ष्य भेटघाट, सम्पर्क हुन नसकियको भए एनआरएन नेदरल्याण्ड्सको आई.सि.सि. उम्मेदवारको रूपमा मैले भावनात्मक रूपमा आफूलाई तपाईंसँगै भएको महसुस गरेको छु। नबिन सोच,रचनात्मक गतिबिधि र गतिशील नेतृत्व बिना समयको बढ्दो माग र आवश्यकतालाई सम्बोधन गर्न सकिदैन l यसलाई सामयिक सुधार गर्न जरुरि छ l यसमा समाजको प्रबुद्धवर्ग,सामाजिक क्षेत्रका अगुवा, पत्रकार, सृजनिशील युवा, विभिन्न पेशा र ब्यबसायमा आबद्ध साथीहरु लगायत सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीको समर्थन, सहयोग र सद्भाव रहनेछ भन्ने आशा गरेको छु l
टिका राम सापकोटा
आई.सि.सि. ( ICC ) प्रत्यासी
गैर आवासीय नेपाली संघ नेदरल्याण्डस्
अध्यक्ष पदका लागि पदम् बहादुर क्षेत्रीको घोषित उम्मेद्बारीको घोषणा पत्र जस्ताको त्यस्तै
May be an image of Padam Chhetri, standing and indoor
एनआरएनए नेदर्ल्याण्डसको अध्यक्षमा मेरो उमेदबारी
गैरआवासिय नेपाली संघ नेदर्ल्याण्डको स्थापना काल देखिनै आबद्ध भएर बिभिन्न काल खण्डमा बिभिन्न भूमिकामा रहेर सेवा गर्ने अवसर मिल्यो । यस अभियानमा जोडीएर सबैसँग हतेमालो गर्दै गैरआवसिय नेपालीहरुको हक र हितमा काम गर्न पाउँदा अतिनै गौरवको महसुस गरिरहेको छु । जब मलाई पक्षघातको बिमारले हान्यो तत पश्च्यात मेरो लाइफमा अचानक गम्भिर परिवर्तन आयो । बाच्ने आशै नभएको अवस्थाबाट पनि नयाँ जीवन पाउन सफल भए । तपाईंहरुको माया र आशिर्वादले म अहिले यहाँसम्म आउन सफल भएको छु । मेरो अंमुल्य समय पनि समाज सेवामा नै समर्पण गर्ने अठोट लिएको छु । मेरो उमेदबारीताको सम्बन्धमा मैले मेरो घरपरिवार, साथीभाइ तथा अग्रजहरु सबैसँग सल्लाह र सुझाव र समर्थन लिएर मात्र अगाडि बढेको हुँ । संघको नेत्रित्व गर्ने मेरो आन्तरिक इच्छा र गहिरो चाहना भएकोले नै मैले उमेदवार दिने निर्णय गरेको जानकारी गराउँदै यस अभियानमा यहाँहरुबाट मलाई पूर्ण सहयोग र समर्थन रहनेछ भन्ने कुरामा बिश्वास्त छु ।
गैरआवासिय नेपाली संघ एक साझा संस्था भएकोले यस संस्थामा समाजका सबै तह र तप्काको प्रतिनिधित्व हुनु पर्दछ भन्ने मेरो धारणा छ । सामाजिक संस्थामा राजनीतिक हावी बढि भयो भने संघ धुर्बिकरण मा पर्दछ । यसमा गुनासो पनि धेरैको आइरहेको अवस्था हामीले पटक पटक सुन्नु परिरहेको छ । संघलाई पुर्वाग्रह रहित सामाजिक नेत्रित्व चयन गर्नु पर्दछ भन्ने कुरामा मेरो अडान रहने छ । एनआरएनए नेदर्ल्याण्डले कसैलाई काखा र कसैलाई पाखा नगरि सबैको समान अस्तित्व कदर गरि आपसी सद्भाव, हार्दिकता र सबैको अपनत्व रहने गरि संघको ब्याबस्थापन गर्नु पर्दछ । एक सभ्य र सम्मानित समाज जगेर्ना र निर्माणमा सबै जुट्नु र हातेमालो गर्नु हुने छ भन्ने सन्दर्भमा पनि म पूर्ण बिश्वास्त छु ।
संघका अन्तरराष्ट्रिय एजेन्डाहरुमा पनि एन सि सि नेदर्ल्याण्डले नजिक बाट साथ दिंदै बिभिन्न संघसंस्थाहरुसँग सहकार्य गर्दै लक्ष्य प्राप्तिको लागि अगाडि बढ्न सक्ने कार्यसमितिको निर्माण होस भन्ने मेरो अर्को भनाइ छ । संघले लगभग दुई दशक पार गरि सक्दा संघका नँया चुनौतीहरु पनि थपिदै गरेका छन । समाजको भावना र आवश्यकतालाई मनन गर्दै नेपाली समाज नेदर्ल्याण्डको सामाजिक,आर्थिक र मानविय कार्यमा एनआरएनएले प्रमुख भूमिका निर्वाह मेरो कार्यकालमा गर्ने छ भन्ने कुरामा पनि प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।
म, नेपाली जनसंपर्क समितीका निबर्तमान अध्यक्ष र गैरआवसिय नेपाली संघका नेदेर्ल्याण्डसका संस्थापक सदस्यको, हैसियतले पनि नेपाली समाजलाई नजिक बाट चिन्ने र सेवा गर्ने मौका पाए । गत २०१९-२०२१ को कार्यकालमा पनि सर्वसम्मत कै रुपमा एनआरएनए नेदर्ल्याण्डसको अध्यक्षको उमेदबार बनेको थिए तर निर्वाचनको प्रकृया कै क्रममा दुर्भाग्यबस पक्षघातको बिमारले मलाई हान्यो र त्यस जिम्बेवारि बाट बाहिरिनु पर्यो । भगवानको कृपा र यहाँहरुको आशिर्वादले दुईवर्षको अन्तरालमा मेरो स्वास्थ सुधार अकल्पनिय रुमपा हुँदै आइरहेको हुँदा म व्हील्चेएरबाट पनि नेपाली समाजको सेवा गर्ने दृढ इच्छा तथा संकल्पका साथ अग्रजहरु, संघसंस्थाहरु र जनमानसहरुको राय सल्लाह, सुझाव साथै समर्थन जुटाएर उमेदबार घोषणा गर्ने निर्णय गरेको छु । सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदी बहिनीहरुको माया ममता पाइनै रहेको अनुभुती गर्दै तपाईंहरुको सहयोग र साथको ठुलो अपेक्षा राख्दै सबैको साझा र संयुक्त उमेदबारको रुपमा उमेदवारि धोषणा गर्न चाहन्छु ।
अध्यक्ष उमेदवार पदम क्षेत्रि (राम चन्द्र)
आ सि सि पदका लागि अच्युत कट्टेलको घोषित उम्मेद्बारीको घोषणा पत्र जस्ताको त्यस्तै
May be an image of 1 person, sitting, standing and indoor
नेदरल्याण्डबासी सम्पूर्ण नेपाली बुवा,आमा,दाजुभाइ, दिदिबहिनीहरुमा हार्दिक नमस्कार,
एनआरएनए नेदरल्ल्याण्डको स्थापना कालदेखि हालसम्म बिभिन्न कालखण्डमा कार्यसमितिको पदाधिकारी पदमा रहेर वा बाहिरैबाट पनि मेरो साधन, श्रोत र शक्तिले भ्याएसम्म संघले दिएको जिम्मेवारी पूरा गरीआएको कुरा सबैमा सर्बविदितै छ।
संघको नेतृत्व चयनका दौरानमा कहिलेकाहीं धेरै व्यक्ति एउटै पदको आकांक्षी हुंदा संस्थागत हितलाई मध्यनजर गर्दै प्रत्यासी साथीहरुको इच्छालाई सम्बोधन गर्दै आफुलाई एनआरएनएको सिपाहीको रुपमा राखी पहरेदारको भूमिका निर्वाह गरि आएको कुरा पनि नेदरल्याण्डका नेपाली समाजमा जानकारी भएकै बिषय हो। यसपटकको एनआरएनएको निर्वाचनमा अग्रज, सामाजिक अभियान्ता, समकक्षी साथीभाइ लगायत धेरै शुभेच्छुक हरुको सल्लाह र सुझाब बमोजिम म यहाँहरु माझ आइसिसी उम्मेदवार रुपमा प्रस्तुत भएको छु।
यहाँहरु सबैको माया, ममता र समर्थनबाट सर्वसम्मत रुपमा निर्वाचित भै एनआरएनएको साझा अभियानमा एउटा इंटा थप्ने मौका दिनु हुनेछ भन्ने आशा र अपेक्षा राखेको छु ।
प्रार्थी,
अच्युत कट्टेल उम्मेदवार आइसिसी सदस्य,
Please follow and like us: