गैर आवासीय नेपाली संघ नेदर्ल्याडसको सदस्यता बितरणमा अनियमितता

नयाँ कुरा ,१७ जुन, आमस्ट्रडम,

गैर आवासीय नेपाली संघ नेदर्ल्याडसको नबौ महाधिबेधनका लागि अनलाइन सदस्यता ५ जुन सम्म खुल्ला गरिएको थियो । सदस्यता भर्दा सम्बन्धित ब्यक्तिको परिचय पत्रसहित , प्रती ब्यक्ति २० युरो सदस्यता शुल्क संघको खातामा जम्मा गर्नु पर्ने नियम रहेको थियो ।

गैर आवासीय नेपाली संघ केन्द्रमा सदस्यता शुल्क एक् जना ब्यक्ति ले ३ जना सम्मको शुल्क तिर्न पाउने स्पस्ट नियम् छ् । रास्ट्रिय समन्वयन् परिषदका लागि त्यस्तो कुनै नियम नरहेको महासचिब संघर्शशिल के सिले हाम्रा सम्बाददातालाई जानकारी गराउनु भयो । तर निर्वाचनलाई प्रभाबित पार्ने उद्देश्यले केही ब्यक्ती समुहहरुले एकै ब्यक्तीको नाम बाट ३ भन्दा धेरै ब्यक्तीहरुको सदस्यता शुल्क तिरेको प्रमाण खुलसा भएको छ ।

गैर आवासीय नेपाली संघ केन्द्रमा ३ जना सदस्यता सुल्कको नियम भएता पनि राष्ट्रिय समन्वयन परिषदका लागि कही कतै नलेखियकोले अनियमितता प्रसय दिएको हुन सक्ने देखिन्छ । राष्ट्रिय समन्वयन परिषदमा एकै ब्यक्तिले ३ जना भन्दा बढी सदस्यहरुको सुल्क तिरेको रेकड फेला परेकाले ति सदस्यहरुको मतदान अधिकार के हुने भन्ने बारे कार्य समिती लाई  निर्वाचन समितिले पत्रचार गरेको जानकारी प्राप्त भएको छ । आगामी दिनहरुमा निर्वाचन लाई लक्षित गरी बनाएका सदस्यहरुले पार्ने असर र फाईदा एक पक्षिय हुने कुरामा समाज सचेत हुन जरुरी देखिन्छ ।
तर निर्वाचन समितिले सस्थाको गरिमाका लागि कार्यसमितिको स्पस्ट धारणा माग गरेको छ ।

निर्वाचन समितीले कार्यसमितिको प्रतिउत्तर पछी मात्र मतदाताहरुको अन्तिम नामावाली २२ जुन मंगलबार सार्वजनिक गर्ने निर्णय गरेको निर्वाचन आयुक्त फडिन्द्र पन्तले जानकारी गाराउनु भयो ।

निर्वाचन समितिको सुचना जस्ताको त्यस्तै

गैर आबसिय नेपाली संघ नेदरल्यान्ड्सको २०२१ को अधिबेसनमा मतदान गर्ने मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने सम्बन्धमा निर्बाचन समितिले १ हप्ता को लागि स्थगित गरेको छ। पूर्व सुचना अनुसार जुन १६ मा प्रकाशन गर्ने सुचित गरिएको मा दाबी बिरोध का निबेदनहरु उपर छानबिन, अध्ययन र छलफल गर्दा केहि निश्चित बैक खाताबाट धेरै सदस्यहरुको शुल्क आएको पाइयो। साथै निर्बाचन समितिले , सदस्यता छानबिन समितिले निकालेको सार्बजनिक सुचना पनि अध्य्यन गर्दा , सुचनामा उपरोक्त बिषयमा स्पस्ट व्यवस्था गरि सुचित गरेको देखिएन। समितिको उक्त छलफलमा सदस्यताको अन्तिम नामावली / भोटर लिस्ट प्रकाशन पूर्व अन्तिम निर्णयको लागि थप स्पष्टता आबास्यक देखियो। तेसैले निर्बाचन समितिले सदस्यता शुल्क बुझ्ने / बुझाउने सम्बन्धि कार्यसमितिको स्पस्ट नियम माग गर्ने निर्णय गरेकोमा यस सम्बन्धमा कार्यसमितिको स्पस्ट जबाफ जुन २२, २०२१ गते मंगलबार सम्ममा उपलब्ध गराई दिन अनुरोध सहित पत्राचार गरिएको छ ।

उम्मेद्बवारी किन घोषणा भएका छैनन ?

गत बर्ष सामाजिक सन्जालहरुमा निर्वाचन समितिको गठन पूर्व नै उम्मेद्बवारी घोषणा हुने चलनको तोडिएको छ् । बिहिबार सम्म कुनै पनि पदमा उम्मेद्बारी घोषणा कसै बाट भएको छैन । तर उम्मेद्वार तथा उम्मेद्द्वारका नजिक ब्यक्ति बिशेष बाट नियम भन्दा धेरै सदस्यता शुल्क एकै बैक खाता बाट पठाएको एन् आर एन् ए का कोषाध्यक्ष् खेम सापकोटाले  जानाकारि गराउनु भएको छ । गत बर्ष सदस्यता अन्लाईन र कागजि दुबै खुल्ला गरिएको थियो । कार्यसमितिले यस बर्ष अनलाईन सदस्यता लाई मात्र मान्यता दिने सहमति भएको थियो। यस बर्ष अनलाईन सदस्यताको प्रयोग छुटपुट बाहेक युरोपका धेरै देशहरुमा राष्ट्रिय समन्वयन समितिहरुमा प्रयोग गरेका छन ।

गतबर्ष भन्दा ५० प्रतिशत किन घटे त साधारण सदस्य ?

अहिले नेदर्ल्याडसमा राजनीतिक दलका भार्त्री संगठनहरु , जातिय ,क्षेत्रिय, ब्यबसायिक ,पेशागत सस्था गरी ३० नेपाली सामाजिक सस्था गठन भईसकेका छन ।नेदर्ल्यान्डसमा ४७ बर्ष देखी नेपालीहरुको रोजगारीमा तथा उच्च शिक्षा बाट बसोवासको सुरुवात देखिन्छ । पारिवारीक पुनरमिलन पछी धेरै नेपालीहरु परिवार सँग स्थाई तथा अस्थाई बसोवास गर्दै आईरहेका छन । नेदर्ल्यान्दसमा सबैको साझा एक मात्र सस्था गैर आवासिय नेपाली संघ थियो तर निर्वाचनमा मात्र संघ संगठनहरुको भाग बण्डाले गत बर्ष भन्दा ५० प्रतिशत सदस्यता घटेका छन । यस्को कारण तिब्र राजनीतिकरण सर्बसाधारणहरु बताउछन । अब एन आर एन ए ब्यक्ति बिशेष सस्था केन्द्रितका कारण साझा भन्न नसकिने पहिलो पुस्ताका एन आर एन ए हरुको बुझाई छ् । हिजोका दिनहरुमा नेपाली नेपाली बिच आत्मियता थियो अहिले सख्या बढयो तर सस्था साघुरिदै गएको सदस्यता नबिकरणले स्पस्ट देखाउछ ।

 

तर यस सस्था लाई सिमित ब्यक्ति बिशेषले र बिसेश सस्थाहरुको भागबण्डा र गुटउप गुट नगर्ने हो भने नेपाली समुदायहरुमा सस्थाको गरिमा बढाउन सकिने पहिला पुस्ताका अग्रज नेपाली दाजु भाई तथा दिदी बहिनिहरुको सुझाब छ । सदस्यता आँफै ले पैसा तिरेर लिने बानीको बिकास जब सम्म हुँदैन सस्थाहरुमा ब्यक्ती बिशेष कै हालिमुहाली रहने र सस्थाको गरिमा खसकदै बिलिनको बाटो नलेला भन्न सकिदैन । बिभिन्न ब्यक्तिहरुले सस्थाको सस्थागत बिकासका लागि आवाज निर्वाचनको बेलामा चर्का चर्की गरे पनि खासै ति आवाजहरुले सस्थाको बिकासका लागि मद्दत गरेता पनि निर्णय गर्ने ठाउमा बिशेष ब्यक्ति र सस्थाको ब्यक्ति नै हुने हुँदा सदस्यहरुको आवाज लाई खासै सुनेको देखिदैन ।

Please follow and like us: