अनलाइन मार्फत गैर आबासीय नेपाली संघ नेदरल्यान्ड्सले ५०६ साधारण सदस्य बितरण गर्‍यो

आम्स्ट्रडम ,नया कुरा, १२ जुन,

गैर आवासिय नेपाली संघ नेदरल्यान्दसले  जुलाई ११का दिन नबौ माहाधिबेशन गर्ने भएको छ । गैर आबासीय नेपाली संघ नेदरल्यान्ड्सले अनलाईन मार्फत ५०६ साधारण सदस्य सार्बजनिक गरेको छ् ।

संघले जुन ५ तारिख सम्म अनलाईन मार्फत नियम पुर्बक दर्ता भएका डेलिगेट्स जम्मा ५०६ भएको जानकारी गराएको छ भने सदस्यता लिन इच्छुक नेदरल्यान्द्स बासी नेपालीहरुका लागि सदस्यता निरन्तरता रहने छ तर ५ जुन पछी बन्ने सदस्यहरुले २०२१ -२०२३ कालयर्कालका लागि उम्मेद्दवार तथा मतदान गर्न पाउने छैनन ।

बिगतका बर्षहरुमाअनलाईन र  पेपर बेस सदसयता बितरण गरिदै आएको थियो भने यस पटक सदस्यता अन्लाईन लाई मात्र मान्यता दिएकाले गत बर्ष भन्दा ५० % घटेको छ् ।यो प्रकृया लाई धेरै सदस्यताहरुले स्वागत गरेर स्वत स्फुर्त आफ्नो सदस्यता आँफै अनलाइन बाट लीइ निर्वाचनमा हुन सक्ने अनियमित खेल लाई केही हद सम्म बन्देज गरेको जन चासो बदेको छ् ।

आफनो मतले समाजका लागि स्वच्छ छबी भएको नेत्रित्व चयन गर्‍यो भने आगामी दिनहरुमा सदस्यता बदने कि घटने हेर्न बाँकी नै छ् ।

No description available.

एन आर एन एन नेदर्लयान्द्सको कार्य समितिले सदस्यता बुधवार नामावाली निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ् । निर्वाचन समितिले डेलिगेटसको लिस्ट लाइ सार्बजनिक गर्दै निर्वाचन प्रकृयाका लागि आवश्यक गृह कार्य गरिरहेको जनाएको छ ।

प्रकासित सदस्यता नामावाली उपर कुनै दाबी -बिरोध भए आगामी जुन १४ तारिख सोमबार सम्म निर्बाचन समितिको ईमेल : ec.nrnanl.21@gmail.com मा लिखित उजुरी दिन सकिने निर्बाचन सम्योजक फडिन्द्र पन्तले हाम्रा सम्बाददाता सँगको कुराकानीमा बताएका छन ।

निर्वाचन समितिले अन्तिम नामावली बुधबार १६ जुन , २०२१ मा प्रकाशन गर्ने छ । अहिले सम्म कुनै पदमा कुनै पनि समुहले उम्मेदावारी घोषणा गरेका छैनन । एन आर एन ए नेदर्ल्यान्सको अबको नेत्रित्व सहमतीमा होला त ? धेरैको चासोको बिशय बिभिन्न चिया पसलका चिया गफले निर्धारण गर्ला कि साधारण सदस्यले मतदान बाट चुनेर पठाउलान ?

Please follow and like us: