गैर आवासिय नेपालीहरुलाई एक महिने अनलाईन पत्रकारिता प्रशिक्षण कार्यक्रम सम्पन्न

 

आमस्ट्रडम ,१० जुन,
नेपाल पत्रकार महासंघ युरोप शाखा र नेपाल प्रेस इन्स्टिच्युटसँगको समन्वयमा युरोपमा बस्ने नेपालीहरुलाई लक्षित गरी आयोजना गरेको एक महिनाको अनलाईन आधारभूत पत्रकारिता तालिम बिहिबार सम्पन्न भएको छ ।

No description available.

तालिममा विभिन्न सञ्चारमाध्यममा भर्खरै काम गर्न थालेका र आमसञ्चारमा रूचि राख्ने १३ जनाको सकृय सहभागिता जनाएका थिए ।

समापन कार्यक्रममा बक्ताहरु कुमार पन्त एन आर एन ए अध्यक्षय , एन पि आईका अध्यक्षय निलकण्ठ उप्रेती ,डेनमार्कका लागि नेपाली राजदुत युवराज लम्साल , बरिष्ठ पत्रकार भगीरथ योगी , इन्जा युरोपका अध्यक्ष दधी सापकोटा , बेल्जियम शाखा का अध्यक्ष ओम शर्मा, पत्रकार निर्मला शर्मा ,पत्रकार थानेस्वर सापकोटा , प्रशिक्षक कपिल काफ्ले र सहभागी प्रशिक्षार्थी राम कृष्ण पुदासेनीले मन्तब्य राखनु भएको थियो ।

समापन कार्यक्रममा महासंघ युरोप शाखाकी अध्यक्ष सरस्वती कार्कीको अध्यक्षतामा गैर आवासीय नेपाल संघका केन्द्रिय अध्यक्ष कुमार पन्त प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए भने कार्यक्रम पत्रकार महासंघ युरोप साखाकी सचिब अनुराधा पौडेलले संचालन गरेकी थिइन्।

प्रमुख अतिथि पन्तले पत्रकारहरुले संघले गरेका राम्रा कामको प्रचार प्रसार तथा सचेत बनाउने काम प्रती आभार ब्यक्त गर्नु भयो । पन्तले पत्रकार माहासंघ सँग आगामी दिनहरुमा अझ सकृय सहकार्य गरी अगाडि योजना बनाउने बताउनु भयो । पत्रकार र एन आर एन संगसंगै मिलेर अगाडी बढ्नु पर्ने भन्दै संघको साथ सहयोग संधै रहने बताए ।कोभिड १९का कारण नेपालमा दोस्रो महामारीले अहिले सम्म लकडाउनमै दिनहरु बितिरहेका छन । गैर आवासिय नेपाली संघले सिलिन्दर ग्यास ,पी पि आई र अक्सिजन पलाण्टको लागि सहयोगका जुटी रहेको जानकारी गराउनु भयो । एन आर एन ए ले सक्दो स्वास्थ्य सामाग्री सहयोग भई रहेको र अझ सक्दो सहयोगको लागि गैर आवासिय नेपाली दाजु भाई तथा दिदी बहिनिहरु अपिल पनि गर्नु भयो ।

अध्यक्षय उप्रेतीले गैर आवासिय नेपालीहरुले एन पि आई सँग सहकार्य गरी समाजलाई सु सुचित गर्ने कामको सहकार्य गर्ने अबसर आगामी दिनमा पनि रहने जानकारी गराउनु भयो ।
१३ जना तालिमका प्रशिक्षार्थी सहभागीहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ ।

महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा , पत्रकार महासंघका बर्तमान अध्यक्षय बिपुल पोख्रेल,बिबिसीका खेलकुद पत्रकार निरञ्जन राजबंशी, साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुली र कार्यक्रम प्रबन्धक प्रमुख  प्रशिक्षक कपिल काफ्ले र प्राबिधिक सम्योजक बिरेन्द्र शर्माले सहभागी प्रशिक्षार्थीहरूलाई सहजीकरण गरेका थिए ।

पत्रकार माहासंघ बेल्जियम शाखाका अध्यक्षय ओम शर्माले बिगत २ दशक देखी युरोपका बिभिन्न देशहरुमा नेपालीहरुको बाक्लो बसाई रहे पनि संघले पहिलो पटक अधिकारिक सस्था सँग पत्रकारिता तालिम सन्चालन गर्न एन पि आईले सहकार्य गरेकोमा धन्यवाद ब्यक्त गर्नु भयो । आगामी दिनहरुमा अझ अन्य कार्यक्रमहरु पनि गर्दै जाने योजना रहेको बताउनु भयो ।

Please follow and like us: