म्यानमारमा एक महिना देखी शैनिक कु बाट सर्बसाधारण माथि भईरहेको नरसमहारको निन्दा

लन्डन (जीएनएन) — अन्तर्राष्ट्रिय नेपाल ऐक्यबद्धता समूह (इन्सोफन) युके, ले म्यानमारमा निशस्त्र सर्वसाधारणमाथि सैनिक सरकारको नृशम्स दमन तथा हत्याको निन्दा गर्दै जति सक्दो चांडो जननिर्वाचित सरकार पुनर्बहाली गर्न माग गरेको छ।

“हामी प्रजातन्त्रका लागि लडीरहेका म्यान्मारका जनताका प्रति आफ्नो ऐक्यबद्धता जाहेर गर्दछौं। यसै वर्ष १ फेब्रुअरीमा म्यानमारको सेनाले सत्ता हातमा लिए यता सेनाको असंवैधानिक तथा लोकतान्त्रिक कदमको विरोध गरिरहेका नेपाली भाषी लगायत सैयौं जनताको सेनाले हत्या गरिसकेको छ र अरु कैयौंलाई थुनामा राखेको छ।

हामी अन्तर्राष्ट्रिय समुदायलाई मानव अधिकारको उल्लङ्घनका लागि म्यान्मारको सेनालाई जिम्मेवार ठह-याउँदै सर्वसाधारणको बांच्न पाउने अधिकार सुरक्षित गर्न आह्वान गर्दछौं,” इन्सोफन युकेका संयोजक डा. कृष्ण उपाध्यायले भने ।

इन्सोफन युकेले गत २४ अप्रिलमा दक्षिण पूर्वी एसियाली मुलुकहरुको संगठन (आसियन) का सदस्य राष्ट्रहरु तथा म्यानमारको सेना प्रमुख जनरल मिन अंग ल्यांगबीच हिंसा रोक्न, सबै सम्वद्ध पक्षबीच वार्ता शुरु गर्न र आसियनको एक दूत नियुक्त गर्ने निर्णय तत्काल लागू गर्न माग गरेको छ। आइतबार जारी एक विज्ञप्तिमा उक्त समूहले प्रजातन्त्रवादी मुलुकहरुलाई म्यानमारमा न्यास्नल लिग फर डेमोक्रेसी पार्टीले गठन गरेको राष्ट्रिय एकताको सरकारलाई मान्यता दिन पनि आग्रह गरेको छ ।

Please follow and like us: