पाच बर्ष जेल र ६६ हजार अस्ट्रेलियन डलरसम्म जरिवाना गरीने

जि एन एन एन,आफ्नै नागरिकलाई प्रतिवन्ध लायो अस्ट्रेलियाले ५ वर्ष जेल र ६६ हजार डलरसम्म जरिवाना अस्ट्रेलियाका स्वास्थ मन्त्री ग्रेग हन्टले भारतमा रहेका आफ्ना नागरिकहरु बिभिन्न रुट हुदै कोभिड बोकेर स्वदेश फर्किएमा पाँंच बर्षसम्मको जेल सजाय र ६६ हजार अस्ट्रेलियन डलरसम्म जरिवाना गरीने बताएका छन । पछिल्लो हप्ता भारतिय मुलका अस्ट्रेलियन नागरिक पर्थ आएको र सोही कारण पर्थमा संक्रमण फैलिएको कारण यस्तो कठोर निर्णय गर्नु परेको हो ।

कोरोनाको कहरले भारतमा आतंक मच्चाइरहेको बेला भाइरसको संक्रमण यता पनि फैलीन सक्ने कारण कम्तीमा १४ दिन भारतमाबसेको कुनै पनि व्यक्ति अस्ट्रेलिया आए सो सजाय गरिने अस्ट्रेलियाली स्वास्थ्यमन्त्रीले बताए ।

यही सोमबारदेखि सुरु हुने यो नयाँ नियम कोरोनाको संक्रमणको सवालमा लागू गरिएको विश्वकै कडा नियम भएको सम्वन्धित बिज्ञहरुले जनाएका छन । सिंगापुर र युएइको वाटो हुदै भारतिय नागरिकहरु अस्ट्रेलिया आएको पाइएपछि अस्ट्रेलिया यति कठोर बनेको हो । संसारका कुनैपनि मुलुकले आफ्ना नागरिक स्वदेश फर्कन चाहे जेल सजाय र जरिवाना हुने नियम लागूगरेका देखिदैन ।

यस अघिनै अस्ट्रेलियाले भारतसँंगको सिधा हवाइ सेवालाई केहि महिनाकोलागि प्रतिवन्ध लगाइसकेको अवस्था हो । तर हन्टले उक्त नियम अस्थायी भएको र कोरोनाको महामारीवाट अस्ट्रेलियन जनतालाई सुरक्षीत राख्न वाध्यताबस लागु गर्नु परेको समेत बताएका छन । यो जैविक सुरक्षा कानुन २०१५ अनुरुप नियतवस रोग फैलाउने उद्देस्यवाट अभिप्रेरीत भएर गरेको पाइएमा पाँंच बर्षसम्मको जेल सजाय र ६६ हजार डलर दुबै जरिवाना हुन सक्ने ग्रेगले स्पष्ट पारेका छन ।

Please follow and like us: