बिधायालयको शैक्षिक अबस्था गुणस्तर सुधारका लागि १,२०० किलोमिटरको यात्रामा साइकलयात्री बस्न्यात नेपालगञ्जमा

जी एन एन एन ,नेपालगंज -शैक्षिक संस्थाहरुका लागि सहयोग जुटाउन दोलखादेखि दिपायलसम्मको यात्रामा निस्किएका साइकलयात्री देवेन्द्र बस्न्यात शनिबार बेलुका नेपालगंज आइपुगेका छन्। उनलाई नेपालगंज साइकलिंग क्लबका पदाधिकारीहरुले स्वागत गरेका थिए।

कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्कद्वारा दोलखामा निर्माणाधीन राजकुलेश्वर विद्यालय भवन र डडेल्धुराको एक पुस्तकालयका लागि सहयोग जुटाउने उद्देश्यका साथ साइकलयात्री देवेन्द्र बस्न्यातले दोलखादेखि दिपायलसम्मको यात्रा शुरु गरेका हुन्। उनले १२ दिनमा १,२०० किलोमिटर दूरी तय गर्ने लक्ष्य लिएका छन्।

“मेरो अहिलेसम्मको यात्रा निकै उपलब्धिमूलक रहेको छ,” साइकल यात्री बस्न्यातले भने। उनले यो अभियानमा सघाउने सबैलाई धन्यवाद पनि दिए। नेटवर्ककी सचिव लता घिमिरेले संस्थाले मूलतः शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको र विपदका बेला अल्पकालीन सहयोग गरिरहेको बताइन् ।

उनले यो अभियानबाट संकलन हुने रकम दोलखाको राजकुलेश्वर विद्यालय भवन र भक्त बीबी फर ह्युमेनिटीको संयोजनमा डडेल्धुरामा स्थापना हुने बहादुर खडक स्मृति पुस्तकालयका लागि खर्च गरिने जानकारी दिइन् ।

हेल्प नेपाल नेटवर्क युएसले यो अभियानमा सघाउन चाहने सहयोगी दाताहरुलाई https://www.gofundme.com/f/henns-pedal-for-education?utm_campaign=m_pd+share-sheet&utm_medium=copy_link_all&utm_source=customer मा गएर आफुले इच्छाएको रकम सघाउनु हुन आग्रह गरेको छ।

नेपालमा हेल्प नेपाल नेटवर्कको सानीमा बैंकको खाता नम्बर ००१०१००१००००७९१ मा सहयोग रकम जम्मा गर्न सकिने छ। त्यस्तै मोबाइल एप खल्तीको बजार ट्याबमा गएर ‘पेडल फर एजुकेशन’ क्लिक गरेर पनि सहयोग गर्न सकिने छ । को हुन् साइकलयात्री बस्न्यात ? सन् २००८ देखि निरन्तर साइकल अभियान चलाइरहेका बस्न्यातले विश्व साइकलयात्री पुश्कर शाहसंग मिलेर विभिन्न प्रतियोगिता, पर्यटन प्रवर्द्धन लगायतका काम गर्दै आएका छन् ।

No description available.

फागुन २८ गते काठमाडौंबाट संस्कृतिविद् शताब्दिपुरुष सत्यमोहन जोशी, पूर्व मंत्री तथा कांग्रेस नेता गगन थापा, संस्थाका सल्लाहकार एवं पूर्वअर्थमन्त्री शंकर कोइराला, विजय राजभण्डारी लगायतले बस्न्यातलाई विदाई गरेका थिए । बस्न्यातले अभियानका क्रममा आफूले कुनै रकम नलिने र साइकलको मर्मत लगायतको खर्च पनि आफैले व्यहोर्ने बताएका छन् ।

नेपालका दुर्गम र ग्रामीण क्षेत्रहरुमा शिक्षा र स्वास्थ्यका लागि काम गरिरहेको हेल्प नेपाल नेटवर्कले निर्माण गरेको राजकुलेश्वर विद्यालय भवन २०७२ सालको भूकम्पपछि क्षतिग्रस्त भएपछि पुनःनिर्माण भैरहेको अध्यक्ष अरुण सिंह बस्नेतले जानकारी दिए ।

Please follow and like us: