पत्रकार महासंघले वैदेशिक शाखालाई भन्यो : अधिवेशन गर्नु, चुनाव नगर्नु

जीएनएन काठमाडौं , नेपाल पत्रकार महासंघले आफ्ना सबै वैदेशिक शाखाहरुलाई पत्र लेख्दै विधान अनुसार अहिले शाखाहरुको अधिवेशन (साधारणसभा) मात्रै गर्न निर्देशन दिएको छ । केही शाखाहरुमा निर्वाचनको समेत तयारी गरिएपछि महासंघका अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्टले संयुक्त रुपमा सबै वैदेशिक शाखाहरुको नाममा पत्र लेखी साधारणसभा मात्रै गर्न निर्देशन दिएका हुन् ।

 

No description available.

पत्रमा भनिएको छ, ‘विधानमा महाधिवेशन सम्पन्न भएको तीस दिनपछि मात्रै निर्वाचन गर्नुपर्ने व्यवस्था भए अनुसार हाललाई त्यस शाखाको निर्वाचन नभई अधिवेशन मात्रै भएको जानकारी गराइन्छ।’ केन्द्रीय निर्वाचन समितिले मतदाता सदस्यहरुको अन्तिम सूची र मिति तय गरेपछि महासंघको विधानको अधिनमा रही निर्वाचन कार्यक्रम अघि बढ्ने पनि पत्रमा उल्लेख गरिएको छ ।

‘अधिवेशनबाट विभिन्न प्रस्तावहरु पारित गर्ने तथा सचिव र कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल भई पारित गर्ने व्यवस्था रहेको पनि जानकारी गराइन्छ’ पत्रमा लेखिएको छ । विशेषगरी महासंघको यूरोप शाखाले सदस्यहरुको नामावलीसमेत सार्वजनिक नहुँदै नयाँ निर्वाचनको तयारी गरेपछि महासंघमा विवाद बढेको हो ।

विधानको व्यवस्था अनुसार, केन्द्रीय निर्वाचन समितिले तोकेपछिमात्रै निर्वाचन प्रक्रिया अगाडि बढ्ने छ । निर्वाचनबाट नेतृत्वमा आउन चाहनेले पनि विधानको पालना गर्नुपर्ने छ । महासंघको विधानमा दुई पटक भन्दा बढी नेतृत्वमा बस्न नपाइने व्यवस्था छ ।

Please follow and like us: