नेकपा प्रवासी नेपाली एकता मंच, नेदरल्याण्ड्सको पुनर्गठन अध्यक्षमा बोहरा चयन

द्रोण रिजाल, नेदरल्याण्ड्स ,

फेब्रुवरी ६ तारिखका दिन प्रवासी नेपाली एकता मंच, नेदरल्याण्ड्सको भर्चुअल भेला नेकपा प्रवास समन्वय कमिटिका गठन गरेको छ | धन कुमार बोहराको अध्यक्षतामा  कार्यसमिती गठन गरेको बोहराले जामकारी गराएका छन |

नेकपा प्रवास समन्वय कमिटिका अध्यक्ष युवराज चौलागाईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख आतिथ्यता कमिटिका सह-इन्चार्ज लक्ष्मण पन्तको रहेको थियो भने सचिव श्रीप्रसाद शाहले कार्यक्रम संचालन गरेका थिए |

अध्यक्ष बोहराले बैठकको जानकारी गराउदै “पछिल्लो विकसित नेपालको राजनैतिक घटनाक्रमका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले गत पौष ५ गते प्रतिनिधिसभा बिगठनलाइ असंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश तानाशाही र प्रतिगामी कदम ठहर गरेको छ।

यो पश्चगामी कदमका विरुद्ध नेपालमा भैरहेको आन्दोलनको समर्थनमा एक्यबद्धता जनाउदै यो प्रतिगामी कदमको प्रवासबाट पनि कडा आलोचना, निन्दा र भर्त्सना गर्ने निर्णय गरियो। “ निर्णयका साथ भनिएको छ | नेपालमा भैरहेको प्रतिगमनको बिरुद्धको आन्दोलनमा साथ, समर्थन र एक्यबद्धता जनाउदै नेदरल्याण्ड्सस्थित विभिन्न संघ, सँस्था र सामाजिक व्यक्तित्वहरु संग पनि सहकार्य गर्दै अगाडी बढ्ने निर्णय समेत गरेको बोहराले बताएका छन |

उक्त विशेष भेलाले धनकुमार बोहरा अध्यक्ष र थानेश्वर गौतम सचिव र सदस्यहरुमा संघर्षशिल केसी ,श्याम सापकोटा , तारानाथ सापकोटा ,प्रयागराज खनाल ,नितु श्रेष्ठ ,बलराम पोखरेल ,कमल शाही ,पूजा थापा ,कर्ण रोक्का ,कमल रसाइली ,रबिन्द्र केसी ,नवराज राइ ,बिर्ख सुब्बा ,वृन्दा थापा खडका ,कैलाश गिरि गरी १७ सदस्यीय राष्ट्रिय समिति पुनर्गठन र विस्तार गरेको छ ।

Please follow and like us: