एन आर एन नेदरल्यान्ड्सका अध्यक्ष कंडेललाई कारबाहीको माँग

द्रोण रिजाल, नेदरल्यान्ड्स ,

गैर आवासिय नेपाली संघ नेदरल्यान्ड्सका सल्लाहकार साथै प्रवासि नेपाली मन्चका सन्थापक अध्यक्ष टिकाराम सापकोटाले एन आर एन ए नेदरल्याण्डस् का वर्तमान अध्यक्ष श्रीराम कंडेललाई बिधान बिपरित गएर सार्बजनिक कार्य गरेकोले भन्दै कारबाहीको माग गर्दै केन्द्रमा निबेदन दिएका छन |

सापकोटाले केन्द्रिय अध्यक्ष र महासचिबलाई ध्यानाकर्षण गराउदै निबेदनमा भनेका छन “एन आर एन नेदरल्यान्ड्सका बर्तमान अध्यक्ष श्रीराम कंडेलले बिधानत , केन्द्रिय निर्वाचन निवामवाली ५.१० र ५.१२ स्पस्ट प्रभावित हुनेगरी साथै एन आर एन ए को पदीय सफत ग्रहण को अबज्ञा गर्नेगरी स्पस्ट उल्लङ्घन गरेको देखिएको ले निजलाई आंम साधारण सदस्यसँग माफी मागी आफ्नो पदीय जिम्मेबारीमा फर्कन चेतावनी दिने वा पदमुक्त गर्ने गरि केन्द्रले कारबाही गरोस भनि माग गर्दछु।

” बिधान को परिधि बाहिर गइ , आँफैले खाएको सफत को उल्लङ्घन ” अध्यक्ष ” ले गर्ने हो भने अन्य पदिय दाइत्वो भएका लाइ कसरि कुन बिधान भित्र कार्य गर भन्ने ? प्रश्न गर्दै कुनै पनि सार्बजनिक पदको जिम्मेवारि पुरा गर्दा आफु भित्र रहेको राजनैतिक आस्थाको पोकोलाई पदमा बहाल रहँदा सम्म बाहिरै राख्नु पर्दछ ।

संस्थाको मर्यादालाई अंगिकार गर्दै पदिय दाईत्व पूरा गर्नु पर्दछ भनेका छन | पदीय जिम्मेवारीमा रहेको व्यक्ति संस्थागत मर्यादा भित्र बस्न पर्छ कि पदैन ? भन्दै थप प्रश्न गरेका छन | एन आर एन एको बिधान र सॅंन्थागत मर्यादा बिपरित बहालवाला अध्यक्ष बनेर एन आर एन नेदरल्याण्डस् को तर्फबाट सामाजिक जिम्वेवारी संगसंगै नेपालको बर्तमान संघीय लोकतान्त्रिक व्यवस्था परिबर्तन गर्ने आन्दोलन नेपालमै बसेर गर्दा स्पष्ट देशलाई गृहयुद्धमा धकेल्ने कोशिष गरेको देखिन्छ सापकोटाले अध्यक्ष कंडेलका बिभिन्न गतिबिधी सहितको भिडियो क्लिप सहित निबेदनमा भनेका छन | निबेदन जस्ताको तस्तै |

केन्द्रिय अध्यक्षज्यु , महासचिब ज्यु , एन आर एन ए। बिषय : यन आर यन ए नेदरल्याण्डस् का वर्तमान अध्यक्ष बिधान बिपरित गएर सार्बजनिक कार्य गरेकोले कारबाहीको माग गर्दछु।

उपरोक्त बिषयमा , नेदरल्याण्डस् एन आर यन ए का बर्तमान अध्यक्ष श्रीराम कंडेलले बिधानत , केन्द्रिय निर्वाचन निवामवाली ५.१० र ५.१२ स्पस्ट प्रभावित हुनेगरी साथै यन आर यन ए को पदीय सफत ग्रहण को अबज्ञ गर्नेगरी स्पस्ट उल्लङ्घन गरेको देखिएको ले निजलाई आंम साधारण सदस्यसँग माफी मागी आफ्नो पदीय जिम्मेबारीमा फर्कन चेतावोनी दिने वा पदमुक्त गर्ने गरि केन्द्रले कारबाही गरोस भनि माग गर्दछु।

बिधान को परिधि बाहिर गइ , आँफैले खाएको सफत को उल्लङ्घन ” अध्यक्ष ” ले गर्ने हो भने अन्य पदिय दाइत्वो भएका लाइ कसरि कुन बिधान भित्र कार्य गर भन्ने ? संस्थामा नितान्त नैतिक खडेरी आउन सक्ने अवस्था प्रति केन्द्रको ध्यान आकर्षण गराउन चाहन्छु।

म बैचारीक आस्थानै नभएको मानिस हुन्छ भन्ने कुरामा विश्वास राख्दिन । कुनै पनि सार्बजनिक पदको जिम्बारी पुरा गर्दा आफु भित्र रहेको राजनैतिक आस्थाको पोकोलाई पदमा बहाल रहँदा सम्म बाहिरै राख्नु पर्दछ । संस्थाको मर्यादालाई अंगिकार गर्दै पदिय दाईत्व पूरा गर्नु पर्दछ।मेरो बुझाईमा यो संस्था गैर राजनैतिक हो ।

बिधान मा पनि स्पस्ट उल्लेख गरिएको छ। पदीय जिम्मेवारीमा रहेको व्यक्ति संस्थागत मर्यादा भित्र बस्न पर्छ कि पदैन ? केन्द्रिय निर्वाचन निवामवाली ५,१० र ५,१२ स्पस्ट प्रभावित भएको छ। साथै यन आर यन ए को पदीय सफत ग्रहण को अबज्ञा गरिएको छ। यदि एस्तो कार्य सुधार गर्न आबस्येक छैन भने संस्थाको दृस्टीकोण ( राजनैतिक ) , मूल्य मान्यता र निर्बाचन नियमावली सुधार गर्न आम यन आर यन ए मा आब्हान गर्दछु। बहालवाला अध्यक्ष बनेर यन आर यन नेदरल्याण्डस् को तर्फबाट सामाजिक जिम्वेवारी संग संगै नेपालको बर्तमान संघीय लोकतान्त्रिक व्यवस्था परिबर्तन गर्ने आन्दोलन नेपालमै बसेर गर्दा स्पष्ट देशलाई गृहयुद्धमा धकेल्ने कोशिष गरेको देखिन्छ।

एन आर एन नेदरल्याण्डका अध्यक्ष श्रीराम केडेल ( भिडीयो तल उपलब्ध गराएको छु हेर्नु होला ) ले संस्थागत मर्यादा भन्दा बाहिर जान मिल्छ ? संस्थागत मर्यादा भन्दा बाहिर जाने जो कोही कार्वाहीको दायरा भित्र पर्छ कि पर्दैन ? के संस्थाको परिकल्पना यस्तै कार्यकालागी गरिएको हो ? यसको मुल मर्म र उद्देश्य यही हो ? यदी राजनिती गर्ने इच्छा जागेमा संस्थाको जिम्मेवारी बाट मुक्त भएर जानु पर्दैन ?

https://www.youtube.com/watch?v=krQouACiEB0 राजा फर्काउन बिदेशदेखि नेपाल आएका श्री राम कँडेल रिसले आगो, नेताभन्दा राजा ठिक भन्दै कुर्लिए GUEST: SHREE RAM KANDEL HOST: YUB RAJ KHATRI CAMERA/EDIT: DEEPESH BEA STA PRODUCTION: PNP MEDIA PVT LTD कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला ।

हामी तपाइले खोजे … www.youtube.com https://www.youtube.com/watch?v=DD3106907-Y नेपाली सेनाको हड्डीमा रगत बग्दैन, २०० नेतालाई गोली हान्न सक्दैन ? SHREERAM KANDEL GUEST: SHREERAM KANDEL HOST: ROSHAN GHARTI MAGAR CAMERA/EDIT: DEEPESH BEA STA PRODUCTION: PNP MEDIA PVT LTD कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला ।

हामी तपाइले खोजे … www.youtube.com https://www.youtube.com/watch?v=cxK6dYhah8g अब रबि लामिछाने राजनीतिमा आउदै भावि प्रधानमन्त्री ? सबै नेताहरुको समाप्त हुदैछ SHREERAM KANDEL । कृपया हाम्रो Youtube Channel लाई Subscribe गर्नुहोस। भिडियाे मन परेमा LIKE, SHARE & COMMENT गर्नुहोस। यस Youtube Channel मा रहेकाे कुनै पनि भिडियाेहरू Download गरी अन्य Channel मा … www.youtube.com https://www.youtube.com/watch?v=NqRJS71bE9Y&feature=share&fbclid=IwAR2Rc0JMOn99Zz3-rV1UYD1XKISynLj2yWpr-DdqHpXsHTu5n5vRA2gawew https://www.facebook.com/srikandel/videos/10158323766471693 https://www.youtube.com/watch?app=desktop&feature=share&v=_uTLxEmtPxM&fbclid=IwAR2mbfjVR0tm51KU87_a-7Ny5Fj8geb5thoPLVVB8TLyCq5RADcTK19TBvc हामी करिब १००० साधारण सदस्यको प्रतिनिधित्वो गरेर उहाँले नेपालमा बसेर यसरी राजनीतिमा सक्रिय हुँदै गर्दा हामीले उहाँलाई अध्यक्ष मान्नु पर्ने हो वा होइन भन्ने उत्तर हामीले खोजेका छौ।

यी तमाम जिज्ञासाहरूको समाधान पाउने आशामा छु ।

टिका राम सापकोटा , नेदरल्याण्डस्

बोधार्थ

१, संस्थापक , संस्थाका परिकल्पनाकारहरु , पुर्ब अध्यक्षहरु , संरक्षकहरु , सल्लाकारहरु , तथा पधाधिकारीज्युहर, एन आर एन ए केन्द्र ।

२, क्षेत्रीय संयोजक , युरोप।

Please follow and like us: