विश्व खुशी रिपोर्टमा नेदरल्यान्ड्स छैटौॅं श्रेणीमा

द्रोण रिजाल,नेदरल्यान्ड्स ,बुधवार ,

२०२० को विश्व खुशी रिपोर्टमा नेदरल्याण्ड्स अधिल्लो सर्बेक्षणमा पाचौॅं श्रेणीबाट एक श्रेणी तल खसेर छैटौॅं श्रेणिमा परेको छ , तरपनी जर्मनी, बेल्जियम र बेलायतलाई पराजित गर्दै शीर्ष १० मा स्थान पर्न सफल भएको छ |

विश्व सुखी रिपोर्ट २०२० मा आफ्ना नागरिकहरूले आफूलाई कत्ति खुसी भएको महसुस गरेका छन भन्ने सर्बेक्षण अनुसार विश्वभर १५६ देशहरु थिए | २०२० को रिपोर्टको आठौं संस्करणमा “खुशीका वातावरणहरू” भन्ने विषयवस्तु राखिएको थियो ।

यसमा २०१७, २०१८ र २०१९ को सर्वेक्षणको डेटालाई निर्णायक श्रेणीमा राखिएको थियो । खुशीमा प्रभाब पार्ने कारणहरु प्रति व्यक्ति कुल घरेलू उत्पादन,आयु – संभाव्यता,उदारता,सामाजिक समर्थन,स्वतन्त्रता र भ्रष्टाचार सर्वेक्षण परिणामहरू प्रयोग गरेर त्यसलाई एक देखी दशौ श्रेणीमा रैंकिंग गर्न बिषय बस्तुहरु राखिएको थियो |

सन २०२० को रिपोर्ट अनुसार, संसारका १० सबैभन्दा शुखी निम्न देशहरू परेका छन |

१) फिनल्याण्ड

२) डेनमार्क

३) स्विजरल्याण्ड

४) आइसल्याण्ड

५) नर्वे

६) नेदरल्यान्ड्स

७) स्वीडेन

८) न्युजिल्याण्ड

९) अस्ट्रिया

१०) लक्जमबर्ग |

Please follow and like us: