गैरआवासिय नेपाली संघ नेदरल्यान्ड्सको प्रमुख सॅंरक्षकमा पौडेल

द्रोण रिजाल, नेदरल्यान्ड्स ,

गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको डिसेम्बर २४ तारिख बसेको कार्यसमितिको दशौॅं बैठकले प्रमुख सॅंरक्षकमा सॅंथापक अध्यक्ष शशी पौडेललाई चयन गरेको छ |

गैरआवासिय नेपाली संघको १८ वर्षे ईतिहासमा नेदरल्यान्ड्स ले गौरवपूर्ण ईतिहास बोकेको साथै मार्गदर्शित र प्रसंशनिय भूमिका निर्वाह गरेको गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सका संस्थापक अध्यक्ष तथा केन्द्रिय पुर्व सल्लाहकार शशी पौड्यालले स्थापना काल देखिनै संघको बिभिन्न कालखण्डमा संस्थागत बिकास र बिस्तारमा लागि परेको भन्दै संघका कुनै पनि चुनौतीलाई समाना गर्न केन्द्र देखि राष्ट्रिय स्तर सम्म हातेमालो गर्ने सॅंरक्षक चयन पस्चात प्रतिबद्धता जनाएका छन |

गैरआवासिय नेपाली संघ आफैमा गैर आवासिय नेपालीहरुको एक सामाजिक साझा संस्था भएकोले संघले नेदरल्यान्ड्समा बसोबास गर्ने सबै जातजाती,वर्ग भेग र बिचारलाई समेटी उनिहरुको बिचको सम्बन्ध मजबुत गराउने, आपसी सद्भावको ब्रिद्धि गर्ने साथै नेपाल- नेदरल्यान्ड्सको मैन्त्रि सम्बन्ध प्रगाढ पार्ने साथै परोपकारी र सामाजिक क्षेत्रमा निरन्तरता दिनु पर्ने कुरामा पनि संस्थापक अध्यक्ष साथै प्रमुख सॅंरक्षक पौडेलले जोड दिएका छन |

बिधान सॅंशोधन समितिको तर्फबाट सॅंशोधन समितिका सम्योजक शालिक गौतमले चौधौॅं वार्षिक साधारण सभामा बिधान सॅंशोधनको एजेन्डामा बिधान सॅंशोधनका बुॅंदाहरु प्रस्तुत गरेपछी बिधानमा सॅंरक्षक परिषद सहितको बिधान संशोधनका बुंदाहरु धनीबुत छलफल पस्चात पास भएको थियो । त्यसैगरि प्रमुख संरक्षकको हकमा संघको अध्यक्ष वा आइ सि सि को नेत्रित्व गरि संघलाई बिशेष योगदान पुर्त्याएको हुनु पर्ने र संरक्षक सदस्यको हकमा भने नेत्रित्वको भूमिका निर्वाह गरेका वा संघको लागि बिशेष योगदान पुर्याएका ब्यक्तित्वलाई कार्यसमितिले मनोनयन गर्न सक्ने भनि वार्षिक साधारण सभाको बन्दसत्र बाट पास भएको थियो |

सॅंशोधित बिधानमा मुख्यतय संरक्षक परिषदमा कुन योग्यता भएको व्याक्तित्वलाई राख्दा संघको ब्रिहत्तर हित हुन्छ भन्ने बारेमा डिसेम्बर २४ तारिख बसेको दशौॅं बैठकले ब्यापक छलफल गर्दै सॅंस्थापक अध्यक्ष शशी पौडेललाई प्रमुख सॅंरक्षकमा चयन गरेको अध्यक्ष श्रीराम कॅंडेलले जानकारी गराए | एन आर एन नेदरल्यान्ड्सको स्थापना कालदेखी गैर आवासिय नेपालीहरुको बिभिन्न सामाजिक अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका पौडेल प्रवासमा नेपाली भाषा, सॅंस्कृती र नेपालको पर्यटन प्रवर्धनमा निरन्तर अग्र स्थानमा देखिदै आइरहेका छन |

Please follow and like us: