सभामुख अग्नि सापकोटा पार्टीमा छलफल नगरी एमसीसी अघि बढाउने पक्षमा छैनन् ।

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अनुमोदन गर्ने या नगर्ने भन्ने विषय थप पेचिलो बन्दै गएको छ । 
सम्झौता अनुसार आगामी असार १६ गतेभित्र संसदबाट अनुमोदन गरेर कार्यान्वयनमा लैजानुपर्ने भएपनि विगत एक वर्षदेखि बहस हुँदै आएको यो विषयबारे नेकपाभित्रकै विवादका कारण अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन । 

पार्टीमा एमसीसीबारे विवाद कुन हदसम्म छ भन्ने ओलीलाई राम्ररी थाहा छ । यो बुझेर नै ओलीले पार्टी नेताहरुले बारम्बार राख्दै आएको बैठकको माग छल्दै आएका छन् । ओली निकटका अर्का एक नेताका अनुसार पार्टीमा छलफल गरेर टुंगोमा पुग्न नसकेपछि संसदमा पुगिसकेको विषय भएकाले त्यो विषय पार्टीमा छलफल भएपनि नभएपनि कुनै अर्थ नहुने बरु संसदले जे गर्छ सोही मान्ने गरी संसदबाटै छिनोफानो हुनेगरी अघि बढाउनेबारे पनि आन्तरिक छलफल भएको छ । 

उनका अनुसार यसअघि सरकारको नीति तथा कार्यक्रममा पार्टीमा छलफल नगरी नै पनि जसरी पास भएको थियो त्यहीँ ढंगले लैजान सकिनेछ ।

 तर, यसमा सभामुख मान्न तयार भैसकेका छैनन । किनभने सभामुख अग्नि सापकोटा पार्टीमा छलफल र निर्णय नगरी एमसीसी अघि बढाउने पक्षमा छैनन् । 

यसले गर्दा पनि ओलीलाई यो बाटोको विकल्पमा जान त्यति सहज नहुने भएकाले अनुमोदनको निर्धारित समय केही महिना पर सार्न अमेरिकासँग अनुरोध गर्नेबारेमा समेत गृहकार्य गरिरहेका छन् । 

Please follow and like us:

38,112 Comments on “सभामुख अग्नि सापकोटा पार्टीमा छलफल नगरी एमसीसी अघि बढाउने पक्षमा छैनन् ।”