एन आर एन १३औ युरोप ११औ महिला र दोस्रो बिज्ञ सम्मेलन उद्घाटन सम्म्पन्न , धरातल नबिर्सिन एन आर एन अभियन्ताहरुलाई डा. महतोको अनुरोध

द्रोण रिजाल, नेदरल्यान्ड्स ,

गैर आवासीय नेपाली संघ (एनआरएनए) को १३ औं युरोपेली बैठक एवं दोश्रो ज्ञान सम्मेलन शनिवार, ३ अक्टोबरका दिन भव्य र सभ्यरुपमा शुरु भएको छ।

नेपाल सरकारका पर्यटन मन्त्री नागरिक उद्द्ययन मन्त्री योगेश भट्टराईबाट उद्घाटन भएको सम्मेलनमा पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महत, पूर्व शिक्षा मंत्री तथा नेकपा नेता डा गंगालाल तुलाधर, पूर्व मंत्री तथा नेपाली कांग्रेसका सांसद गगन थापा, बेल्जियमका लागि नेपाली राजदूत लोक बहादुर थापा लगायतले सम्बोधन गरेका थिए । त्यस्तै गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक डा शेष घले, पूर्व अध्यक्ष देवमान हिराचन, पूर्व अध्यक्ष जीवा लामिछाने, संरक्षक रामप्रताप थापा, केन्द्रिय अध्यक्ष कुमार पन्त, सल्लाहकार कुल आचार्य, उपाध्यक्षज्युहरु, महासचिव डा हेमराज शर्मा लगायतका अन्य वक्ताहरुले सम्बोधन गर्दै सम्मेलन सफलताकोलागि शुभकामना दिएका थिए |

“मातृभूमिको लागि सीप र ज्ञान, महिला तथा युवा आवाजको लागि हाम्रो अभियान” मूल नारा रहेको सम्मेलनमा ११ औं यूरोपेली महिला भेला, युवा सम्मेलन लगायत ८ ओटा विभिन्न सत्रहरु आयोजना गरिए। “युरोपको गैर आवासीय नेपाली समुदाय र नेपाली नियोगहरुबीचको सम्बन्ध” विषयमा आयोजित सत्रमा युरोपस्थित आठ ओटा विभिन्न नियोगहरुमा रहनु भएका नेपाली राजदूत तथा उप नियोग प्रमुखहरु, अध्यागमन विभागका महानिर्देशक रमेश केसी, राहदानी विभागका महानिर्देशक रामकाजी खड्का लगायतका बिसिस्ठ महानुभाबहरुको सहभागी रहेको थियो |

गैर आवासीय नेपाली नागरिकता सम्बन्धि सत्रमा पूर्व सभामुख तथा नेकपा नेता सुवास नेम्वांग, नेपाली कांग्रेसका नेता तथा सांसद डा मिनेन्द्र रिजालले सम्बोधन गर्दै गैर आवासिय नेपालीहरुको लागि मातृभूमीमा नागरिकता र आर्थिक अधिकारमा कानुनी ब्यबस्थाको बारेमा प्रस्ट परेका थिए ।
महिला सेसनमा बिभिन्न छेत्रमा रहेका महिला अधिकार कर्मिहरुले आ-आफ्नो अनुभब र महिलाका पिडा र जोखिमको बिषयमा धारणा राखेका थिए | त्यसै बिच पुर्व सि एन एन हिरो साथै माइती नेपाल सन्चालिका अनुराधा कोइरालाको प्रस्तुतिले सबैको आँखा रसाएका थिए |
एन आर एन अभियानमा आ-आफ्नो अनुभब र भोलिको एन आर एन कस्तो हुनुपर्छ भन्ने बारेमा सन्थापक, सम्रक्षक पुर्व अध्यक्ष र सल्लाहकारहरुले धारणा प्रस्तुत गरेका थिए | धरातल बिर्सिए खतरा हुने औल्याउदै अब आउने नेत्रिव र कार्यसमिती सचेत भएर एन आर एन अभियानमा लाग्नुपर्नेमा सन्थापक अध्यक्ष डा उपेन्द्र महतो ले बिशेष जोड दिएका थिए |
त्यस्तै झन्डै ५ घण्टा चलेको एनसीसी सेसनमा युरोपस्थित एनसीसीका पदाधिकारीहरुले आफ्नो मन्तव्य र जिज्ञासा राखेका थिए भने केन्द्रिय अध्यक्ष कुमार पन्त, महासचिव डा हेमराज शर्मा लगायतका पदाधिकारीहरुले सबै जिज्ञासाको जवाफ दिएका थिए | उद्घाटन समारोहको संचालन राजु अर्यालले गरेका थिए |
४ अक्टोबर, आइतबार हुने दोश्रो विज्ञ सम्मेलनमा शिक्षामन्त्री गिरीराजमणि पोखरेल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरु सहभागी हुनुकासाथै नेपाली तथा गैर आवासीय नेपाली विज्ञहरुबाट विभिन्न कार्यपत्रहरु प्रस्तुत हुने छ।

कोभिड-१९ महामारीका कारण प्रत्यक्ष भेला गर्न सम्भव नभएकाले भर्चुअल माध्यमबाट सम्मेलन आयोजना गरिएको थियो |

Please follow and like us: