नेदरल्याण्डका तीन वटा चलचित्र घरमा एकै पटक महाजात्रा  प्रदशनी हुने

नयाँ कुरा,२१ मार्च , बिहीवार,आमस्ट्रडम,

नेपाली सिने जगतका युबा सफल निर्देशक प्रदीप भट्टराईको अगुवाईमा बनेको  नेपाली कथानक चलचित्र ‘महाजात्रा’ मार्च ३० र ३१ तारिक नेदरल्याण्डका होफद्रोप ,आलमारे र हारलेम चलचित्र घरमा एकै पटक  तीन वटै हलमा  प्रदशनी हुने भएको छ ।

नेपाली चलचित्र नेदरल्याण्डको चलचित्र घरमा समभबत  पहिलो पटक प्रदर्शन हुने भएको छ ।

कलाकारहरुले ‘जात्रा’, ‘जात्रैजात्रा नेपाली अघिल्ला फिल्मकै पात्र र अघिल्ला फिल्ममा पात्रहरूले भोगेको सास्ती र अपराधकै कथाको नयाँ भ्रषण ‘महाजात्रा’ रहेको बताएका छन ।

‘जात्रा’, ‘जात्रैजात्रा’ जस्ता चल्तीका फिल्म बनाएर चर्चामा आएका निर्देशक भट्टराईको फिल्मकै पात्र र अघिल्ला फिल्ममा पात्रहरूले भोगेको सास्ती र अपराधकै कथाको नयाँ भ्रषण  ‘महाजात्रा’भनेका छन ।

चलचित्रमा बरिष्ठ हास्य कलाकार हरिबंश आचार्य सहित विपिन कार्की,रविन्द्रसिंह बानियाँ,वर्षा राउत,अर्जुनजंग शाही,प्रकाश घिमिरे, राजाराम पौडेल,प्रवीण खतिवडा,दिव्यदेव,सुमन कार्की,शिशिर वाङ्देल,गौमाया गुरुङ,अरविन खड्का लगायतको अन्य चर्चित हास्य कलाकारहरुको बेजोड अभिनय रहेको छ ।

नेपाली राजनीति तथा संघ सस्थाहरुमा चलिरहेको राजनीतिको जात्रा, सामाजिक कामका बाहानामा हुनेगरेका अपराध र तस्करीको कथा नै फिल्ममा अनेकन् उपकथा झलकिने गरी बिषय बस्तुहरु समाबेश भएकोले नेपाली तथा नेपालका लागि कुटनितिक क्षेत्रमा काम गर्नेहरुका लागि बिशेष क्षेपास्त्र समाबेश हुनसक्ने धेरैको अनुमान रहेको छ ।

भट्टराईइले फिल्ममा नेपाली राजनीतिक तथा बिदेशमा रहेका सामाजिक संघ सस्थाहरुका गतिबिधिहरुलाई नाटकिय ढंगमा निर्देशकले कौशल पुष्टि गरेका छन् ।

चलचित्रको प्ररम्भिक झलकले एकैछिनमा हाँस्ने र एकैछिनमा रुन बाध्य बनाउने जादुमयी शैलीमा पछील्लो समयमा नेपालमा बढडो राजनीतिक अपराध र तस्करी मा राजनीतिकज्ञ ,प्रशासन तथा कर्मचारीहरुले पदिय जिम्मेवारीको मूल्य सामान्य पात्रहरूले कसरी चुकाउन बाध्य भइरहेका छन् भन्ने बुझन् ‘महाजात्रा’हेर्नु पर्ने छ ।

चलचित्र नेदरल्याण्डका हलहरुमा प्रदर्शन हुने भएको छ भने टिकटबुकिङ हलको काउन्टरमा तथा अनलाईन बुकिङ पनि गर्ने सकिने छ ।

 

https://kinepolis.nl/movies/detail/33552/HO00005497/0/mahajatra

 

Hoofddorp मार्च- ३०-१५:२० बजे,

Almere- मार्च ३०- १५:५० बजे ,

Haarlem -मार्च ३० – १८:०० बजे ,

मार्च ३१ – २०:०० बजे तीनवटै हलमा एकै पटक  प्रदर्शनी हुने भएको छ ।

महाजात्रा नेदरल्याण्ड ,बेल्जियम,डेनमार्क ,अस्ट्रिया ,लगजमबर्ग ,माल्टा ,आयरल्याड ,स्पैन ,नर्वे ,क्रोवासिया ,साईप्रस ,पोल्याण्ड ,जर्मनी ,स्विडेन ,फिण्ड्ल्याड ,फ्रान्स लागायतका अन्य युरोपियन देशहरुमा पनि प्रदर्शनी हुने नेपाली कलाकार समाज (इनास )ग्लोबलका महासचिब राजमान तमाङले सहजिकरण गर्नु भएको छ ।

 

Please follow and like us: