नेपाली जनसमपर्क समिती नेदरल्याण्डले पुर्वमन्त्री डिना उपाध्याय सँग अन्तरकृया समपन्न

नयाँ कुरा, १९ मार्च , बुधबार,

आमस्ट्रडम,

नेपाली जनसमपर्क समिती नेदरल्याण्डले नेपाल सरकारका पुर्वमन्त्री तथा नेपाली काँग्रेसका सहमहामन्त्री डिना उपाध्याय र केन्द्रिय सदस्य नानु माया बास्तोला सँग प्रवासमा रहेका नेपालीहरुका बिबिध पेशा ब्यवसाय तथा समसामायिक नेपाली राजनैतिक विषयमा
परिचयात्मक अन्तरकृया कार्यक्रम आमस्ट्रडममा सोमबार आयोजना भएको छ ।

कार्यक्रममा नेपाली जनसमपर्क समितिका पदाधिकारी ,कृयाशिल सदस्यहरु , ब्यबसायी ,एन आर एन एका पदाधिकारी ,बिबिध संघ सस्थाका पदाधिकारीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

 

कार्यक्रममा अधिकाम्श बक्ताहरुले नेपाली काङ्रेसको महासमितीमा उठेका एजेण्डा,जनसमपर्क समितिहरुको निर्वाचन प्रणाली ,काम कर्तब्य अधिकार तथा आगामी देशको बिकासका लागि रणनितीक भूमिकाका बारेमा प्रश्न चासो राखेका थिय ।

 

सह- महामन्त्री स्पेनमा कार्यक्रम सकेर अन्य युरोपका देशहरुमा नेपाली काङ्रेसका अगुवा कार्यक्रताहरुसँग भेटघाट तथा समसमायिक बिषयमा छलफलका  लागि जनसमपर्क समिती नेदरल्याण्डका सभापति सालीक गौतमले सहजिकरण गर्नु भएको थियो ।

Please follow and like us: