जनप्रगतिशिल मन्च नेदरल्याण्डले भरतपुर महानगर पालिकाकी मेयर रेणु दाहाल सग परिचय तथा चियापान कार्यक्रम

नयाँ कुरा ,१३ मार्च ,बुधबार ,आमस्ट्रडम,

भरतपुर महानगर पालिकाकी मेयर रेणु दाहालको  युरोपका नगर पालिकाहरुको भेटघाटका क्रममा जनप्रगतिशिल मन्च नेदरल्याण्डको निमन्त्रणामा नेपाली संघ सस्थाका अगुवा कार्यक्रताहरु सग आमस्ट्रडम शहरमा मंगलबार परिचय तथा चियापान कार्यक्रम गरिएको छ ।

कार्यक्रममा प्रगतिशिल मन्चका कार्यक्रता , एन आर एन ए तथा बिभिन्न सामाजिक संघ सस्थाका अगुवा कार्यक्रताहरु सग चियापान कार्यक्रम भएको छ ।

भ्रमण टोलिले नेदरल्याण्डले पर्यटकहरुका लागि बनाएका आक्रशक पर्यटकिय  समरचनाहरुको अबलोकन तथा नेपालका लागि पर्यटकिय  समभावनाका बारेमा छलफल गरिएको छ ।

भेटका क्रममा अधिकामशले नेपालमा यातायात बाटोघाटो ,शिक्षा ,स्वास्थ्य र खेलकुदको बिकास बारेमा छलफल गरिएको छ ।

 

कार्यक्रममा मेयर दाहालले भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष २०२४’ आयोजना गरेकाले नेपाली तथा बिदेशी मित्रहरुलाई लिएर भरतपुर भ्रमणका लागि “भरतपुर घुमौ लोगो लागाइदिएर ” निमन्त्रणा दिनु भएको छ ।

जनप्रगतिशिल मन्चका अध्यक्ष संघर्शशिल के सि ले ब्यस्त कार्यतालिकाका बाबजुत पनि निमन्त्रणा स्वोकारी उपस्थिती गरिदिनु भएको मा हार्दिक धन्यवाद ब्यक्त गर्नु भएको छ ।

युरोपको भ्रमणलाइ सहजीकरण एन आर एन ए अभियानता लोकप्रसाद दाहालले गर्नु भएको छ ।

मेयर टोली बेल्जियम ,नेदरल्याण्ड ,स्पैन लगायतका देशहरुमा रहेका नेपाली समाज सग तथा नगरपालिकाहरु सग भेटघाट गर्ने कारयक्रम रहेको छ ।

भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल लाई बेलायतमा ‘इन्टरनेसनल’ मेयर अवार्डद्वारा सम्मानित गरिएको छ । बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’ मा लन्डनका मेयर सादिक खान द्वारा ‘Political and Public Life Award‘ अन्तर्गत सन् २०२४ को मेयर अवार्डबाट रेणु दाहाल विभूषित गरेको हो ।

 

Please follow and like us: