११४ औ अन्तरराष्ट्रिय श्रमिक महिला दिवस आमस्ट्रडम सहरमा बिबिध कार्यक्रमका साथ समपन्न

नयाँ कुरा ११ मार्च , सोमबार ,आमस्ट्रडम,

 

गैरआवासिय नेपाली संघ नेदरल्याण्ड महिला फोरमले १० मार्च २०२४का दिन “Invest in women: Accelerate progress ” नाराका साथ ११४ औ अन्तरराष्ट्रिय श्रमिक महिला दिवस आमस्ट्रडम सहरमा बिबिध कार्यक्रमका साथ समपन्न भएको छ ।

नेदरल्याण्डमा महिला फोरमले हरेक बर्ष सामुहिक रुपमा अन्तरराष्ट्रिय महिला दिबस बिषयमा छलफल तथा बिबिध सकारत्मक , शृजनात्मक ,सास्कृतिक कार्यक्रम सहित आयोजना गर्दै आईरहेको छ ।।

कार्यक्रममा बिबिध सास्कृतिक कार्यक्रमा तथा बिभिन्न संघ सस्था तथा पदाधिकारीहरुले
समुन्नत समाजको थालनी बालबालिका र महिलामा लगानी बिषयहरुमा आ आफ्नो धारणा राख्नु भएको थियो ।


संघले प्रवासमा रहेर पनि सामाजिक काममा सकृय महिला दिदी बहिनिहरुलाई दोसल्ला बाट सम्मान गरेको छ ।

फोटो सौजन्य –NEPZPhotography

गैरआवासिय नेपाली संघ नेदरल्याण्ड महिला फोरम सम्योजक सरोज ढकाल गिरीले बिभिन्न सास्कृतिक मनोरन्जन तथा शृजनात्मक कार्यक्रम सहित बिशेष गराउन सहयोग गर्नुहुने समपूर्ण महानुभाबहरुलाई धन्यवाद जनाउनु भएको छ ।

Please follow and like us: