तमु समाज बेल्जियमको ल्होछार भब्य रूपमा सम्पन्न

नयाँ कुरा ,बेल्जियम, मंगलबार ,२ जनवरी ,

एनआरएन ग्लोबल महिला संयोजक अनुजा प्रधान पनि अतिऱ्थी

 

तमु ल्होसार’ बेल्जियममा बिभिन्न साँस्कृतिक र मनोरंजनात्मक कार्यक्रम सहित भब्य  रूपमा काजाब्लांका क्यासेल्लो मनाईएकोछ ।

तमु समाज बेल्जियमले डोन बोस्को काजाब्लांका क्योसेल्लोमा आयोजना गरेको २६०८ औ गरूड बर्गको तमु ल्होसारमा तमु भेषभूषा, संस्कार र संस्कृति झल्कने सांस्कृतिक झाँकी, र कार्यक्रम सहित तमु नयाँ बर्षको शुभकामना साटासाट गर्दै मनाईएको हो ।

कार्यक्रममा बेल्जियममा बसोबास गर्ने गुरुङ समुदायका साथै बिभिन्न जातिय ,सामाजिक ,राजनैतिक र सामुदायिक संघ संस्थाहरुको सहभगिता रहेको थियो ।

विभिन्न परम्परागत भेषभुषामा सजिएका गुरुङ समुदायका महिला र पुरुषहरु एबम बालबालिकाहरुको उपस्थितिले कार्यक्रम निकै मनमोहक र भब्य देखिएको थियो । कार्यक्रमका प्रमुख अतिथी बेनेलक्स तथा युरोपियन युनियनका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारी , बिशेष अतिथि एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटा,आदिबासी जनजाती महासंघ बेल्जियमका अध्यक्ष बीरमान घर्ती मगर र समाजका अध्यक्ष होम गुरुङ , समाजका अग्रज अबिभाबक क्याप्टेन जोगमान गुरुङ, संस्थापक अध्यक्ष मिन गुरुङद्द्वारा बिशेष पूजा र दीप प्रज्वलन गरेर उद्घाटन गरिएको कार्यक्रम, नेपाली राष्ट्रिय गीत र गुरुङ भाषाको राष्ट्रिय गीत बजाउदै आरम्भ भएको थियो ।

तमु ल्होसारको शुभकामना दिदै प्रमुख अतिथि राजदुत राजभण्डारी साँस्कृतिक सम्पदाको धनी तमु समुदायले प्रबासमा आफ्नो कला र संस्क्रिति झल्कने गरी आयोजना गरेको भब्य कार्यक्रममा सहभागि हुँदा खुशी लागेको बताउनु भयो । गैर आबासीय नेपाली संघ बेल्जियमका अध्यक्ष सीता सापकोटा,नेपाल आदिबासी जनजाती महासंघ बेल्जियमका अध्यक्ष बिरमान मगरले तमु ल्होछारको शुभकामना दिनु भएको थियो । एनआरएनए आईसीसी ऊपाध्यक्ष गंगाधर गौतम ,निबर्तमान ग्लोबल युबा ऊपाध्यक्ष हिमाल गुरूंग लगायत नेदरल्यान्ड ,जर्मनी ,लक्जेम्बर्ग ,फ्रान्स ,पोर्चुगल ,माल्टा ,बेलायत लगायतबाट झन्डै १०० संघसंस्थाबाट कार्यक्रममा पाहुना र सहभागिता रहेको थियो ।

सोही कार्यक्रममा तमु समाज बेल्जियमको स्मारिकाको दोश्रो अंक ”आशिमाला-२” र समाजका पूर्व अध्यक्ष पदम गुरुङ ‘प्रबासी’ले लेख्नु भएको गुरुङ भाषाको अन्य तीन भाषा- नेपाली,अग्रेजी र नेदरल्यान्डमा अर्थ खोज्न मिल्ने शब्दकोष ‘नमस्ते’को बिमोचन गरिएको थियो । आशिमाला २ को सम्पादन मनिराज गुरुङले र प्रकाशनको संयोजन समाजका पूर्व अध्यक्ष बालेन्द्र गुरुङले गर्नु भएकोछ । कार्यक्रम ब्यबस्थापनमा सहयोग गर्ने र प्रायोजकहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । ल्होसार कार्यक्रममा उपस्थित अतिथिहरुलाई संस्थाको तर्फबाट उपाध्यक्ष सुर्य गुरुङ र आमा समुहकी प्रमुख मन्दिरा गुरुङले स्वागत गर्नु भएको थियो । उपाध्यक्ष चित्र गुरुङले तमु संस्क्रिति र संस्कारको बारेमा बिबेचना गर्नु भएको थियो ।

समाजका अध्यक्ष होम गुरुङले उपस्थित अतिथिहरु, प्रायोजकहरु र सहयोगिहरु लगायत कार्यक्रम सफल बनाउन योगदान दिने सबैलाई धन्यबाद दिदै मिलेर बसेको नेपाली समाजलाई बिभाजन गर्ने प्रयास कतैबाट पनि नहोस् भन्नु भयो । समाजका अध्यक्ष होम गुरूॅगको सभापतित्वमा भएको ल्होछार कार्यक्रमको संचालन महासचिब चित्रजङ गुरुङ, सचिब उमा गुरुङ र साँस्कृतिक कार्यकमको संचालन रिचा गुरुङले गर्नु भएको थियो ।

गायक नारायण धिताल, दुर्गा गुरुङ र गायिका अनु गुरुङ, अनिता घले गुरुङ लगायतले बिबिध प्रस्तुती दिएको कार्यक्रममा बिभिन्न साँस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको थिए ।

बेल्जियम,नेदरल्याण्डस ,स्पैन ,जर्मन तथा अन्य युरोपियन देशहरुमा तमु समाजले बिशेष सास्कृतिक कार्यक्रम स्थानियहरुका बिच आफ्नो सस्कृतिको प्रचार प्रसार तथा प्रबर्धन गरेका छन ।

Please follow and like us: