मानब अधिकारको ७५ औं बार्षिकोत्सवको अवसरमा Human Right Concert स्विजरल्यान्डको जेनेभा स्थिति अल हम्ब्रा थिएटरमा सम्पन्न

नयाँ कुरा ,डी ,पी, मैनाली , सोमबार ,२५ डिसेम्बर २०२३
द हेग, नेदरल्याण्ड्स

मानब अधिकारको ७५ औं बार्षिकोत्सवको अवसरमा ‘Human Right Concert  ’ स्विजरल्यान्डको जेनेभा स्थिति अल हम्ब्रा थिएटरमा डिसेम्बर १० का दिन सम्पन्न भएकोछ ।

कार्यक्रममा नेपालभाषालाई प्रतिनिधित्व गर्दै भ्वाइस अफ नेपाल सिजन ४ बिजेता करण राई र स्रष्टा प्रकाश आङदेम्बे आमन्त्रित थिएँ।

संसारभरीवाट आएका पाँचसय बढी दर्शकदिर्घा रहेको हलमा ख्यातिप्राप्त कलाकारहरूको उपस्थिति रहको थियो ।

पाँच पटक ग्रामी अवार्ड बिजेता एन्जेलिका कुडो, ओपेरा गायिका बारबरा हेन्ड्रिक्स, फ्रेन्च ¥यापर एम सि सोलार, ग्वाटेमालाकि गायिका सारा कुरुचिच, प्यालेस्टानी मुलका डच डान्सर अहमेद जौद, युक्रेनी भ्वाइलोनिस्ट यलिजावेथ जाइटसेभा, पियानिस्ट आर्थर ली लगायतले आफ्ना कला प्रस्तुत गरेका थिए । गायक करण राईले प्रकाश आङदेम्बेको शब्दमा रहेको गीत “ताँती छन् अझ धेरै जिउनलाई रहरहरू” बोलको गीत मंचमा गाएका थिए ।

 

 

 

गायक राईले नेपाली गीत गाउदाँ पाश्र्वमा चारजना नर्तकहरूले नाचेका थिए भने स्क्रिनमा बिभिन्न रङका लुङधर प्रोजेक्सन गरिएको थियो ।

कलाकारहरूले आफ्नो एकल प्रस्तुति दिएपछि अन्त्यमा ‘ओगोलोग’ भन्ने गीतमा एन्जेलिका कुडोसँग सामुहिक प्रस्तुति दिएर कार्यक्रम समापन गरिएको थियो ।

 

कार्यक्रममा सहभागी साहित्यकार प्रकाश आङदेम्बेले भने “एउटा प्रतिभालाई नेपाल दखि अमेरिका हुदै जेनेभाको यो विश्वस्तरीय मंचसम्म निरन्तर देख्न पाउनु जीवनको दुर्लभ अवसर हुने भनेका छन । जहाँसम्म लाग्छ (मलाई थाहा नहुन पनि सक्छ ।)ह्युमनराइटसका जेनेभामामा हुने आधिकारीक कन्सर्टमा नेपाली गायक र गीत गुन्जिएको सायद पहिलो हो । संगीत, कला र आत्मियता सिमानाभन्दा विसाल हुँदोरहेछ ।” आगामी दिनहरुमा कला संगितका लागि आफुले काम गर्ने बताउनु भएको छ ।

Please follow and like us: