एन आर एन ए को केन्द्रिय समितिले पोर्तुगलमा साथीको आक्रमण बाट निधन भएका धन बहादुर क्षेत्री लाई दुई लाख सहयोग गर्ने

नयाँ कुरा,२७ नोबेमबर,सोमबार ,

काठमाडौँ- गैर आवासीय नेपाली संघको आईतबार ,२६ नोबेमबरका दिन बसेको अन्तराष्ट्रिय समन्वय परिषदको पूर्ण बैठकले निम्न संस्थागत तथा समसामयिक विभिन्न विषयवस्तुहरुमा गहन छलफल पश्चात निम्न निर्णयहरु गरेको  पबक्ता फडिण्द्र पन्तले जनाएका छन ।
१, निर्वाचनको प्राविधिक अडिट तथा छानवीन: संस्थाले अक्टोबर २०२३ मा सम्पन्न निर्वाचनको प्राविधिक पाटो लगायत अनलाइन भोटिंग विस्तृत आइटि अडिट गर्ने र जसको लागि एक अन्तराष्ट्रिय कम्पनीको छनौट तथा समन्वय गर्न ११ सदस्यीय विशेष समिति गठन गर्ने निर्णय भएको छ ।
उक्त समितीले आजको १५ दिन भित्र कम्पनी छनौट गरी २१ दिन भित्र काम शुरु गरी सम्पूर्ण पंजीकृत सदस्यको जानकारीको लागि विस्तृत विश्लेषण सहितको अडिट रिपोर्ट निकाल्ने छ । निश्चित कार्य तथा समयसिमा तोकिएको यस बिशेष समितिमा उपाध्यक्षहरु डा हेमराज शर्मा , राज रेग्मी , रोजिना प्रधान , महासचिब गौरी राज जोशी , उप महासचिब सोम सापकोटाको साथमा ६ वोटा क्षेत्रका क्षेत्रीयसंयोजकहरु डा चिरन्जिबी खड्का ( युरोप ) , बेद बस्नेत ( अमेरिका ) , हरि भट्टराई ( एसिया प्यासेफिक ), पुस्पराज भट्टराई ( अफ्रिका ) , राजेन्द्र अर्याल (मध्ये पुर्ब ) , दिनेश पोखरेल ( वोसेनिया ) हुनुहुन्छ ।
२, हालै नेपालमा गएको (जाजरकोट, रुकुम) भूकम्प सहयोग राहत तथा पुन निर्माणमा एनआरएनएको भूमिकाः क ) राहत तथा आर्थिक सहयोग: आपतकालीन उद्दार अन्तर्गत संघ ले तत्काल १ करोड १० लाख घोषणा गरी शुरु गरेको अभियानमा रु १ करोड ३० लाख राहत संकलन भएको छ । जसमध्य १० लाख प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको र करिब रु ५३ लाख राहत सामग्री बाडिएको छ । ख ) भूकम्पमा पुनःनिर्माण कार्यनीतिः नेपाल सरकारसंग समन्वय गरेर पुनःनिर्माणमा सहभागी हुने नीति निर्णय गरेको छ । संस्थाको नाममा विश्वभरबाट संकलन हुने राहत सहयोग सम्पूर्ण राष्ट्रिय समन्वय परिषदको आधिकारिक बैंक मार्फत नेपालमा हुने सहयोग तथा पुन निर्माणको कार्यमा संघ ले एकीकृत रुपमा प्रभाबकारी कार्य गर्ने भएको छ ।
३, विविध संवेदनशील मानबिय सहयोग सम्बन्धि निर्णय : क) पोर्तुगलमा भएको अपराधिक आक्रमणबाट निधन भएका मृतक धन बहादुर क्षेत्रीको परिवारमा संघ हार्दिक समबेदना प्रकट गर्दै तत्काल रु २ लाखको सहयोग गर्ने निर्णय भयो ।प्रवासका घटिरहेका यस किसिमका हत्या, मृत्यु तथा आत्माहत्याका कारुणिक घटना प्रति संघ जानकार र संवेदनशील रहेको छ । संघको बैदेशिक रोजगार कल्याणकारी राहात कोष अन्तर्गत रहेको कोषबाट नियमित सहयोग जारी राख्ने तथा नेपाल सरकारका बैदेशिक निकायहरुको समन्वयमा पनि यस्ता दुखद घटनाहरुको रोकथाम गर्न चेतनामुलक कार्यक्रमहरु पनि अघि सार्ने र कारुणिक घटनमा प्रभावकारी सहयोग गर्ने निर्णय भएको छ ।
क्षेत्रीय संयोजकहरु मार्फत आफ्नो क्षेत्रका नेपाल सरकारको निकायहरुको पनि सहभागिता र समन्वय रहनेगरी आफ्नो क्षेत्रका एनसीसीको सहभागितामा प्रबासका नेपालीको आपत बिपद् मा तत्काल सहयोग गर्न सकिने संरचना बनाउन पहल गर्ने निर्णय गरियो । ख) एनआरएनए महिला विभागको पहलमा युएईमा आत्महत्या गरी निधन भएको एक महिलाको पार्थिव शरीर नेपाल ल्याउनको लागि रु ९० हजार तत्काल युएईका अध्यक्ष विकास साहीजी मार्फत उपलब्ध भएको छ ।
४, एनआरएनए समाज कल्याण विभागको पहलमा गैर आवासीय नेपाली नागरिकता लागि सहजीकरण हेल्प डेस्क शुरु भएको छ ।
५) विभाग विस्तार : संघको विधानत विभिन्न अन्तर्गतका समिति र टास्क फोर्स कार्यदल गठन सुरु भएको छ। डिसेम्बर २०२३ भित्र विधानले व्यवस्था गरेको सम्पूर्ण मनोनयन नियुक्ति गरी कार्यसमितिलाई पूर्णता दिने निर्णय भयो। जनवरी २१, २२ मा नेपालमा वृहद बैठक “फेस टु फेस” को आयोजना गर्दै संघको आगामी दुइ वर्षे योजना गर्ने तथा ”२०५० एण्ड बियोंड भिजन” अघि सारिने निर्णय भएको छ । त्यसैगरी हाल संघको केन्द्र , क्षेत्र र राष्ट्रिय समन्वय परिषद्को राम्रो समन्वयको लागि ६ वटै क्षेत्रमा क्षेत्रीय समन्वय समितिले एनसीसीको सहभागितामा कार्यसमितिको वृहद क्षेत्रीय छलफल / मिटिंग तत्काल गर्ने निर्णय भएको छ ।
६) दोश्रो तथा युवा पुस्ता प्रोत्साहन स्वरुप माल्टामा रहेका नेपाली युवाहरु तथा पोर्तुगलमा रहेका खेलाडीहरु उक्त देशका राष्ट्रिय टिममा छनोट हुनुभएकोमा संघ उहाहरुलाइ हार्दिक बधाई सहित सम्मान गरियो । निशान हमाल पोर्तुगलबाट नेपाली फुटबल राष्ट्रिय टिममा छनोट हुनुभएको , माल्टा निबासी युबाहरु सुरज दराइ , माल्टाको राष्ट्रिय पुरुष क्रिकेट टिममा तथा , सुस्मा दाहाल , ज्योति न्यौपाने र प्रतिभा भण्डारी महिला माल्टाको राष्ट्रिय क्रिकेट टिम मा छनोट हुनुभएको मा जनही रु १ लाख तथा संघ उहाहरुलाइ हार्दिक बधाई सहित सम्मान गर्दछ । साथै नेपाली राष्ट्रिय क्रिकेट टिमले अन्तराष्ट्रिय टि २० मा छनोट भएकोमा हार्दिक बधाई सहित तत्काल नगद रु १० लाखले सम्मान गर्ने निर्णय भएको छ ।
७) सपथ ग्रहण : संस्थामा विभिन्न पदमा निर्वाचित तथा मनोनित भइ सपथ लिन बाकी केहि सदस्यहरुको सपथ ग्रहण आज पनि काठमाडौँमा उपस्तिथ भएर तथा विभिन्न स्थानबाट ( बाधा अड्चन फुकाउ भन्ने बैधानिक व्यवस्था अन्तर्गत आइ सी सी को निर्णय अनुसार ) अन्तराष्ट्रिय समन्वय परिषद्को बैठकमा सम्पन्न भएको छ । यो प्रक्रियालाइ निश्चित समयसम्म मात्रको लागि कायम राखी सबैलाई संस्था प्रति उत्तरदायीबनाउने निर्णय भएको छ । बैठकको पूर्ण जानकारी विस्तृत विवरण सहित माइनुटमा अभिलेखीकरण हुने साथसाथै संस्थाका सबै निकायलाई समयमै इमेल मार्फत पनि उपलब्ध हुनेछ ।
Please follow and like us: