स्याङ्गजा सहयोग समाज नेदरल्याण्ड्सको दोश्रो अधिवेशनबाट युबराज पौडेल निर्वाचित

नयाँ कुरा शनिबार ,११ नोबेमबर , आमस्ट्रडम,

स्याङ्गजा सहयोग समाज नेदरल्याण्ड्सको दोश्रो अधिवेशनबाट युबराज पौडेल निर्वाचित ।

समाजले नेदरल्याण्डस तथा मात्रीभुमिका लागि परोपकारी कामहरु गर्दै आईरहेको छ ।

स्याङ्गजा सहयोग समाज आईसिसी सल्लाहकार तथा एनसिसी नेदरल्याण्ड्सका प्रमुख संरक्षक शशी कान्त पौड्याल , एनसिसी प्रमुख सल्लाहकार केशवराज पाण्डे,आईसिसी अध्यक्ष टुकराज अर्याल , अधिवेशनमा केन्द्रीय प्रतिनिधि आईसिसी यूरोप संयोजक रामचन्द्र शर्मा , समन्वय मनकामना बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष गुप्त प्रसाद गैरे ले समाजले गरेका राम्रा कामको प्रसम्शा गर्नु भएको थियो ।

 

नबनिर्वाचित पदाधिकारीहरुलाई आफ्नो क्षेत्रको बिकासमा सहयोगका योजना तथा स्थानिय रुपमा समाजका गतिबिधिहरुमा सकृया भूमिकाको अपेक्षा पनि गरिएको छ ।

अधिबेशनको औपचारिक कार्यक्रम राजेन्द्र कुमार शर्मा (नेपाल प्रेमी )को अध्यक्षतामा समपन्न भएको हो । समाजको औपचारिक  कार्यक्रम साबित्री पौडेलले सन्चालन गर्नु भएको थियो ।

नवनिर्वाचित कार्यसमिती:
अध्यक्ष: युवराज पौडेल
उपाध्यक्ष(महिला): देवी शर्मा कोइराला
महासचिव: संसार कोइराला
कोषाध्यक्ष: भेषराज काफ्ले
महिला संयोजक: खुश्बू शर्मा भट्टराई
सदस्यहरु:
कृष्ण पौडेल
सबिता गुरुङ
ज्ञानीन आले

नबनिर्वाचित अध्यक्ष युबराज पौडेलले समाजको कार्ययोजना स्थानिय संघ सस्थाहरु सँग मिलेर काम गर्ने युबा नेत्रित्व लाई अबसर र चुनौती मिलेको छ ।

Please follow and like us: