गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद,नेदरल्याण्डलसले सोमबार सास्कृतिक साझ आयोजना गर्ने

नयाँ कुरा,शुक्रबार,१७ नोबेमबर,आमस्ट्रडम,

गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद,नेदरल्याण्डलसले सोमबार बडा दसैंँ-तिहार,छठ ,नेपाल सम्बत शुभकामना तथा सास्कृतिक साझ आयोजना गर्ने भएको छ ।

 

जाजरकोट र पश्चिम रुकुममा गएको विनाशकारी भूकम्पबाट प्रभावितहरूको सहयोगार्थ गैरआवासीय नेपाली संघ नेदरल्याण्डसले राष्ट्रिय कलाकार राजु लामा , तुल्सी सिवाकोटी तथा स्थानिय कलाकारहरुले सास्कृतिक प्रस्तुत गर्ने भएका छन ।

राजु लामा (मंगोलियन हार्ट) र तुलसी सिवाकोटी (चटपटेको ठेला) को वेजोड सांगीतिक प्रस्तुति र नेपाली स्वादिस्ट परिकारहरुको तयारी गरेको संघले जनाएको छ ।

 

बिदेशमा हुकदै गरेका नेपाली बालबालिका तथा स्थानियहरुलाई नेपाली कला सस्क्रितीको प्रचार प्रसार तथा प्रबर्धन पनि हुने बताईएको छ ।

 

सास्कृतिक कार्यक्रम बाट उठेको रकम नेपालमा भुकम्पमा पीडित नेपाली दाजु-भाई तथा दिदी बहिनीहरुलाई सहयोग  पठाउने भएको छ

 

२० नोबेमबर सोमबार ४ बजे देखी साझ ११ बजे सम्म Party & Events -Isolatorweg 29, 1014 AS Amsterdam माहुने छ ।

Please follow and like us: