नयाँ कुरा, ८ नोबेमबर,बुधबार,
“याद”
यादहरुको हुलमा
कति शुन्य बनिदिन्छ मन
बस याद नै यादहरु
बाँच्न कहाँ सकिन्छ र
यादहरु विना ?
अनि कहाँ सकिन्छ र
भुलीजान ?
हिजोका तिनै यादहरुको
डिलमा अल्झेको छ यो मन,
आज कतै
ती खेतहरु, खेतमा झुलेका धानका वाला,
ती बारीहरु,
पहेलै फूलेका तोरी संगै लहरै कोदाको वाला,
ती पुतलीहरु ती बाँसघारीहरु
त्यो धारा त्यो खोला
आमाको न्यानो काख
परिवारको प्यारो साथ
बिरामी पर्दा समाउनि हात
अस्पताल जाने साथ
आफ्नै पखेराको सुशेलीले पठाएको
याद बोकि
यो रङ्गीचङ्गी
तर विरानो शहरमा
को आफ्नो को विरानो पत्तै छैन
न चिन्न सकिन्छ न बुझ्न सकिन्छ
देखावटी सम्वन्ध, अवसरवादी मान्छे
हिजो सङ्गै हास्ने तर
रुदा साथ छोडनेहरुको
धरातलमा त बाँचेको छ
आजको जिन्दगी
यो शहरको गल्लिहरुमा
मुस्कुराइरहेको छ जिन्दगी
यादहरुकै यादमा।।
धन्यवाद।
देवी डोटेल, लिस्बोन पोर्तुगल