नेपाल म्युजिक फाउण्डेसन नेदरल्याण्ड्सले संगीत कक्षा संचालन गर्ने  

नयाँ कुरा ,नेदरल्यान्डस ,आईतबार ,

नेपाल म्युजिक फाउण्डेसन नेदरल्याण्ड्सले निकट भविष्यमै नेदरल्यण्ड्सबासी नेपाली समूदायका वालवालिकाहरुलाई नेपाली लोकप्रिय संगीत वाद्द-वादन मादल, गीतार वा नेपाली मौलिक नृत्य प्रशिक्षण कक्षा संचालन गर्न गर्न गैरहेको कुरा फाउण्डेसनका महासचिव राजेन्द्र शर्मा(नेपाल प्रेमी) बाट जानकारी भएको छ।

आफ्ना वालवालिकालाई नेपाली संगीत सिकाउन इच्छुक अभिभावक वा सिक्न इच्छुक वालवालिकाका अभिभावकहरुले समयमै संपर्क गर्नुहुन सबैमा अनुरोध गरिएको छ।  

संगीत कक्षा नेपाली भाषामा दिइने हुंदा संगीत कक्षाले वालवालिकाहरुले नेपाली भाषा सिक्नमा समेत उल्लेखनीय भूमिका खेल्नेछ भन्ने कुरामा समेत विश्वास गरिएको छ।     

वालवालिकाहरुलाई मात्र नभै प्रौढहरुको समेत संगीत कक्षा प्रती रुची भएमा न्युनतम आवश्यक संख्यामा उपस्थित हुने भएमा प्रौढहरुलाई पनि कक्षा संचालन गर्न सकिने  कुराको जानकारी महासचिवबाट गराइएको छ। 

नेपाली समूदायको जनघनत्वको आधारमा पहिलो कक्षा आम्स्टर्डमबाट गरिने भए पनि सिक्न चाहने वालवालिकाको संख्या धेरै भएमा भविष्यमा अन्य शहरहरुमा पनि कक्षा संचालन गर्न सकिनेछ।  

कम्तिमा १० जना वालवालिकाको समूह भएमा पहिलो कक्षा तत्काल संचालन गर्न सकिने गरी प्रशिक्षक लगायत सम्पूर्ण व्यबस्थापकीय पक्ष तयारी अवस्थामा रहेको हुँदा आफ्ना वालवालिकालाई नेपाली संगीत सिकाउन इच्छुक अभिभावक वा सिक्न इच्छुक वालवालिकाका अभिभावकहरुले निम्न व्यक्तिहरुलाई सम्पर्क गरी नाम दर्ता गराउन सकिने तथा थप जानकारी लिन सकिने गरी निम्न सम्पर्क नम्बर उपलब्ध गराइएको छ। 

 

सम्पर्क 

साबु पौडेल  

फोन: 06 8371 0239 

अम्बिका गिरी  

फोन: 06 3959 3731 

शरद जोशी  

फोन: 06 4734 7878 

 रश्मिता पराजुली 

फोन: 06 2468 6325 

Please follow and like us: