पन्जिकृत सदस्यहरुको निर्णय मान्य हुन्छ बिरोधिले मिडियाबाजि गरेर केहि हुदैन एन आर एन ए नेदरल्यान्डस अध्यक्षका प्रत्यसि मिम पुर्जा

नयाँ कुरा, आमस्ट्रडम ,आईतवार ,

गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्स नबौ अधिबेशन तथा नयाँ नेतृत्वको माहोलले नेदरल्यान्ड्समा रहेका नेपालीहरुमा चुनावी सरगर्मी बढेको छ।

सरगर्मी बढे लगत्तै एनआरएन नेदरल्यान्ड्सको अध्यक्षका प्रमुख दाबेदारका रुपमा मैदानमा आफुलाई उभ्याएका छन मिम पुर्जाले। नेपाल म्याग्दी घर भै बिगत दुई दशक देखी नेदरल्यान्ड्स लाई कर्मथलो बनाउदै आएका समाजसेवी एबम सफल ब्यबासायी पुर्जा नेदरल्यान्ड्स स्थित नेपाली समाजमा चिर परिचित नाम हो।

मोना नेदरल्यान्ड्सका संस्थापक महासचिब हुँदै मोना आइसीसीमा महासचिब र् बरिष्ठ उपाध्यक्ष एबम एनआरएन नेदरल्यान्ड्समा कोषाध्यक्ष हुँदै बर्तमान बरिष्ठ उपाध्यक्षको जिम्मेवारी लाई सफलतापुर्बक निर्वाह गरेर लामो र् अर्थपूर्ण योगदान दिएका पुर्जा आगामी २०२१-२०२३ कार्यकालको नेतृत्वको लागि सबै भन्दा अब्बल मानिन्छन।

नेदरल्यान्ड्सको नेपाली समुदायमा आइपरेका हरेक सुख दु:खमा सदैब हातेमालो गर्दै पछील्लो समय पन्जिक्रित सदस्यहरुको मन जित्न सफल पुर्जा आगामी नेतृत्वका लागि सबै भन्दा भरोसायोग्य पात्र हुन।

के छन मिम पुर्जाले जित्ने आधार?

एनआरएन नेदरल्यान्ड्सको २०२१-२०२३ कार्यकालको लागि भएका सहमतिका प्रयास हरु सफल हुन नसके पछी यसपटक आगामी नेतृत्वका लागि चुनाव हुने करिब करिब निश्चित भैसकेको छ।

नेदरल्यान्ड्समा चुनाव हुन केही दिन बाँकी छ् यस्तोमा चुनाबि जोड घटाऊले यहाँको माहोल ह्वात्तै तातेको छ् तर पुर्जा आफ्नो जित सुनिश्चित हुनेमा निर्धक्क छन। कारण यसपटक अर्को पक्षबाट उम्मेद्बार बनेका पदम छेत्रीको पक्षमा संस्थापक अध्यक्ष एबम प्रमुख सम्रक्षक हरु आफ्नो पदिय मर्यादा र सिमालाई मिचेर सामाजिक सन्जाल मार्फत पुर्जा माथि अनेक बिषबमन गरिरहेका छन ।

ब्यक्ति गत आरोप प्रत्यारोप लाई पुर्जाले खासै महत्व दिएका छैनन किनकी नेदरल्यान्ड्सको नेपाली समाज अब न्याय र अन्याय छुट्याउन सक्ने भएको छ  । नेदरल्यान्ड्सको नेपाली समाजले आफुले गरेको सत्कर्म लाई आगामी निर्वाचन मार्फत अनुमोदन गर्ने उनको दाबी छ।

सरल र् मिजास स्वाभाबका धनी पुर्जा बिपक्षी हरुलाई कुन्ठाले होइन बिबेकले जवाफ फर्काउने गर्छन् यो नै नेदरल्यान्ड्सको नेपाली समाजमा उनको परिचय हो। सामाजिक सन्जाल र् केही सस्ता न्युज पोर्टलमा यतिबेला पुर्जा र् पुर्जाको टिम बिरुद्द भ्रमक र् अवाछन्निय आरोप लागाउदै अर्को समुहले अरजकता फौलाउदै हिंडेको बेला पुर्जा र उनको टिम सन्तुलित देखिएको छ।

के छ चुनाबि समिकरण? नेदरल्यान्ड्सको हरेक एनआरएन चुनावमा जनसम्पर्क समिती हावी हुने र अन्यले नेतृत्व गर्ने अबसर नपाएको भन्ने आरोप र यसपटक केन्द्रले पनि एनसिसी हरुमा कुनै पनि राजनैतीक समर्थन लिन र समुह वा प्यानल बनाएर चुनाव लड्न नपाउने निर्देशन पस्चत यसपटक जनसम्पर्क समितीले कुनै हस्तक्षेप नगर्ने निर्णय गरेपछी पन्जिकृत सदस्यहरुमा एक खालको आसा पलाएको छ।

एनआरएन लाई सधैं आफ्नो हात बाट फुत्कन दिनु हुँदैन भन्नेको बिरुद्द एनआरएन सबैको साझा सस्थ हो भन्ने हरुको आवाज बलियो हुँदै जादा त्यसको फाईदा मिम पुर्जा लाई हुने देखिएको छ।

पदम क्षेत्रीको समर्थनमा सस्थापक अध्यक्ष मात्र देखिनु र पूर्व अध्यक्ष हरी पौडेलले आफ्नो समर्थन क्षेत्री र् अच्युत कट्टेललाई मात्र भएको बताउदा उक्त टिममा पहिरो गएको छ् भने यता जनसम्पर्क समितिको लगभग ९० प्रतिशत समर्थन, प्रबसी नेपाली मन्चको अधिकामश सदस्यहरुको समर्थन, प्रबसी नेपाली एकता समाज, गुरुङ समाज, मोना नेदरल्यान्ड्स लगायत एनआरएन नेदरल्यान्ड्सका पूर्व बहुसन्ख्यक अध्यक्ष, आ इसिसी हरुको नैतीक समर्थनले मिम पुर्जा र् उनको टिममा उत्साह छाएको छ।

निती र् नेतृत्वमा आकंक्षा प्रकट गर्दै गर्दा नेतृत्व बर्ग र् उसलाई सहयोग गर्नेको व्यबहार कस्तो हुनु हुन्छ या हुँदैन त्यो आम पन्जिकृत  सदस्यहरुले  नजिक बाट नियालिरहेको बेलामा आफ्नो छबी लाई उच्च राख्दै नेतृत्व कस्तो हुनु पर्छ भन्ने गतिलो पाठ पढाउने प्रतिक्षामा छ मिम पुर्जा र  उनको टिम।

Please follow and like us: